
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
नेपाली कांग्रेस निकट डेमोक्रयाटिक लयर्स एशोसियसन कास्की र उच्च अदालत बार एशोसियसन पोखराका पूर्वअध्यक्ष रोहितराज बाँस्तोला र नेकपा एमालेको युवा संगठनका नेता अपराधिक पृष्ठभूमिका पात्र शिव बहादुर गुरुङ ‘महेन्द्र भोटे’को समूहसँगको सम्बन्ध विल्कुलै फरक स्वार्थ र उद्देश्यले गाँसिएको प्रष्ट देखिन्छ ।
पोखरा, १७ पुस । तत्कालिन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलको सिफारिशमा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता भएका कानुन व्यवसायी रोहितराज बाँस्तोला जिल्ला अदालत कास्कीमा सहकारी ठगीमा फरार अपराधिक पृष्ठभूमिका पात्र शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ र भविश्वर आचार्यसँगैं आज मंगलबार उपस्थित भए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसमेतको सेटिङमा लुकेर बसेका महेन्द्र भोटे गण्डकीका निवर्तमान मुख्य न्यायाधिवक्ता बाँस्तोलासँगैं अदालतमा उपस्थित भईरहँदा न्यायको प्रतिक्षामा उभिएका पीडित सहकारी बचतकर्ताहरु भने निराश देखिएका थिए । अपराधिक पृष्ठभूमिका पात्र महेन्द्र भोटे प्रहरीको मोस्ट वाण्टेड सूचीमा परेका र गुन्डागर्दीमा संलग्न पात्र हुन् । राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव समेत रहेका महेन्द्र भोटेलाई आजसम्म पनि न त संगठनले निलम्बन गरेको छ, न त नेकपा एमाले पार्टीले नैं । यतिबेला सहकारी ठगीमा संलग्नहरुलाई बचाउन सिङ्गो पार्टी नै लागेको प्रष्ट देख्न सकिन्छ ।
सहकारीको आर्थिक हिनामिनाको सन्दर्भमा पोखरा महानगरपालिकाले गरेको बित्तीय छानबिनमाथि नै पीडित बचतकर्ताहरुले आशंका व्यक्त गरेका छन् । यता, यहीं छानबिन प्रतिवेदनका आधारमा मात्र प्रहरीले अनुसन्धान गर्दा रकम हिनामिना गर्ने दोषीहरुले सजिलै उन्मुक्ति पाउने त होइनन् भन्ने प्रश्न बचतकर्ताहरुले गरिरहेका छन् । शुरुको बित्तीय छानबिन नै बलियो रुपमा हुन नसक्दा प्रहरी हुँदैं सरकारी वकिलको कार्यालयबाट अदालतमा पेश भएको फाईलहरु कत्तिको बलियो र पीडितको पक्षमा छ त ? भन्ने विषयमा नै चिन्तित देखिएका बचतकर्ताहरु आज जिल्ला अदालत कास्कीमा देखिएको यो दृश्यले धेरैले सेटिङमा छानबिनको नाटक त मञ्चन भएको छैन भन्ने तथ्य सोच्न बाध्य भएका थिए ।
कास्कीको मादी गाउँपालिका वडा नं. १० स्थायी घर भई हाल पोखरा–१२ लालिगुँरास टोल बस्ने ३९ वर्षीय महेन्द्र भोटे र स्याङ्जा गल्याङ नगरपालिका वडा नं.९ बस्ने ४२ वर्षीय अर्यालको आज बयान नसकिए पछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
गीतेन्द्र बाबु (जीवी) राई र महेन्द्र भोटेको विभिन्न व्यवसायमा साझेदारी रहनुका साथै सहकारी ठगिमा दुवैको शुरुवातदेखि नैं संलग्नता देखिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । महेन्द्र भोटेले मात्र सहकारीको देखिने गरी करिब ९ करोड हिनामिना गरेका छन् । यता, सहकारी कैं कर्मचारीहरु राम्रोसँग अनुसन्धान र छानबिन हुने हो भने महेन्द्र भोटेको नाममा ३० करोड रुपैयाँ भन्दा बढि रकम हिनामिना भएको देखिने दावी गर्दै आईरहेका छन् ।

पोखरामा ओजन डिस्को बार सञ्चालन गर्दै आएका महेन्द्र भोटेले जीवी राईसँग मिलेर सहकारीको करोडौं रुपैयाँ ट्रेजर लाउञ्च बार, हिडन क्याम्प रिसोर्ट, नेक्सेस क्लब (निर्माण हुँदैं), पाँच तारे सेदी लक्जरी होटल लगायत विभिन्न हाउजिङ र घरघडेरीमा बिना धितो बेहिसाब खर्च गर्दै आईरहेका थिए ।
तत्कालिन पोखराको एलजी ग्रुपमा टोले गुन्डामा रुपमा कुटपिट र झैझगडा सामेल हुँदैं महेन्द्र भोटेलाई नेकपा एमालेका नेता रवीन्द्र अधिकारी र राजिव पहारी लगायतले संरक्षण प्रदान गरेका थिए । पछिल्लो समय उनलाई नेकपा एमालेका नेता महेश बस्नेत लगायतले संरक्षण दिदैं आईरहेका छन् ।
‘महेन्द्र भोटे र वकिल रोहितराज बाँस्तोलाको सम्बन्ध !’
नेपाली कांग्रेस निकट डेमोक्रयाटिक लयर्स एशोसियसन कास्की र उच्च अदालत बार एशोसियसन पोखराका पूर्वअध्यक्ष रोहितराज बाँस्तोला र नेकपा एमालेको युवा संगठनका नेता अपराधिक पृष्ठभूमिका पात्र शिव बहादुर गुरुङ ‘महेन्द्र भोटे’को समूहसँगको सम्बन्ध विल्कुलै फरक स्वार्थ र उद्देश्यले गाँसिएको प्रष्ट देखिन्छ ।
फरक–फरक विचारधाराका तर एकैं उद्देश्य भएका अनेकन् पेशामा आवद्ध पात्रहरुको यो समूहमा निकै धेरै वर्षदेखि बाँस्तोलाले कानुनी व्यवसायीको रुपमा पैसाका लागि काम गर्दै आईरहेको देखिन्छ । पोखराका एक कानुन व्यवसायीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने–‘पोखरामा यस्तै ठगठाग गर्ने, हाटहुट गर्ने र राजनीतिक संरक्षणमा जस्तो सुकै अपराध पनि गर्न पछि नपर्ने यो महेन्द्र भोटेको ग्रुपसँग रोहित सरको के अरु सम्बन्ध हुन सक्ला र, आर्थिक बाहेक ? यति सारै गिरेर पनि कमाउनु पर्ने स्थितिको मान्छे उहाँ त होइन जस्तो लाग्छ ? तर के हो सम्बन्ध बुझिनसक्नु छ ।’

नेपाली कांग्रेस निकट डेमोक्रयाटिक लयर्स एशोसियसन कास्की र उच्च अदालत बार एशोसियसन पोखराका पूर्वअध्यक्ष रोहितराज बाँस्तोला
यस विषयमा जिज्ञासा राख्दा वकिल बाँस्तोलाले आफू महेन्द्र भोटेका लागि निकै धेरै वर्षदेखि कानुनी सल्लाहकारका रुपमा काम गर्दै आईरहेको स्वीकार गरे । अहिले सहकारी ठगी मुद्दाको विषयमा महेन्द्र भोटे लगायतको पक्षमा पनि बाँस्तोला लगायतको टिमले वकालत गरिरहेको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश