
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
राजनीतिक दल र प्रहरीप्रशासनसम्मको संरक्षण प्राप्त गीतेन्द्र बाबु (जीवी) राईको गिरोहले सूर्यदर्शन सहकारीमा १९ हजार बचतकर्ताहरुको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेका थिए ।
पोखरा, १८ पुस । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतमा सोमबार थुनछेक बहस सकिएसँगै न्यायाधीश रामचन्द शर्माको एकल इजलासले दर्लामीलाई धरौटीमा छाड्न इन्कार गर्दै थुनामा पठाउने आदेश दिएको हो ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका-७ घर भएका दर्लामीलाई पुस १२ गते रामेछापबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा ल्याएको थियो । यसअघि पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई कास्की अदालतले २१ असोजमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
राजनीतिक दल र प्रहरीप्रशासनसम्मको संरक्षण प्राप्त गीतेन्द्र बाबु (जीवी) राईको गिरोहले सूर्यदर्शन सहकारीमा १९ हजार बचतकर्ताहरुको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेका थिए । सहकारीको रकम हिनामिना गर्ने कार्यमा टोलेगुन्डादेखि पूर्वउपप्रधान तथा गृहमन्त्रीसँगको संलग्नता देखिएको छ । सूर्यदर्शन सहकारीको शुरु कैं छानबिन पूर्ण रुपमा हुन नसकेको, त्यसपछि प्रहरी प्रतिवेदनदेखि सरकारी वकिलको कार्यालयसम्मको प्रक्रियामा कमजोरी देखिएको जानकारहरुले बताउँदै आईरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र गितेन्द्रबाबु (जीबी) राईको संलग्नतामा सुर्यदर्शन सहकारीको १० करोड भन्दा बढि रकम गोरखा मिडिया नेटवर्कमार्फत् ग्यालेक्सी टेलिभिजनमा खर्च गरिएको छानबिनका क्रममा पुष्टि भएको छ । सहकारी ठगीमा राजनीतिक पहुँच भएका गुन्डादेखि अनेकन् पात्रहरुको संलग्नता भएपछि प्रहरी प्रशासनले आर्थिक प्रलोभन र दवावमा परेर आजसम्म कोही कसैंलाई पनि पक्राउ गरेको थिएन ।
सहकारीका सञ्चालकहरूले बचतकर्ताको रकम हिनामिना गरी भएको ठगी प्रकरणको अनुसन्धानपछि १९ जनाको संलग्नता देखिएपछि प्रहरीले १६ असोजमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले १८ असोजमा जिल्ला अदालतमा सहकारी ऐन ०७४ अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।
सहकारीमा भएको ठगीका सम्बन्धमा पोखरा महानगरपालिकाबाट आवश्यक कारबाहीका लागि ३ साउनमा पत्र प्राप्त भएपछि आवश्यक अध्ययन गरी कास्की प्रहरीले मुद्दा दर्ता गरेको थियो । प्रहरीले गरेको उजुरी मागपछि एक हजार ३६ बचतकर्ताको जाहेरी परेको थियो । जाहेरीमा ठगिएको रकम एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ पुगेको थियो ।
सहकारीको अर्बौं रुपैयाँ हिनामिना गरेर जीवी राई, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, थानबहादुर बुढामगर, भूपेन्द्र राई, अनुज नकर्मी, शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका, सृष्टि मानन्धर, बुद्धि गुरुङ र सुरज श्रेष्ठ फरार भएका छन् । उनीहरु विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलिरहेको छ । ठगीमा सहकारीका उपाध्यक्ष दर्लामी र कोषाध्यक्ष रम्तेलमात्र पक्राउ परेका छन् ।
जीबी राईसहित फरार भएका पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर तथा पूर्वसञ्चालक समिति सदस्य महेन्द्र भोटे भनिने शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्दैछ । पूर्वअध्यक्ष जीबी राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् ।