
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
पक्राउ परेका पराजुलीले शुरुमा एक करोड २५ लाख रुपैयाँमा रकम अभिषेक काफ्ले, सञ्जय पौडेलका माध्यमबाट सहकारीका अध्यक्ष पौडेलबाट लिएका थिए । पराजुलीको मुक्तिनाथ विकास बैंकमा काफ्ले र पौडेलले विभिन्न मितिमा र विभिन्न व्यक्तिका नाममा पैसा पठाएको र सो को जानकारी पराजुलीलाई मोवाईलको म्यासेजमा दिएका थिए । अनुसन्धानका क्रममा दुवैतर्फ मोवाईल म्यासेजमा भएका कुराकानीहरु पनि प्रहरीले बरामद गर्न सफल भएको छ । १ करोड २५ लाख रुपैयाँ मध्ये २० लाख रुपैयाँ पराजुलीले पछि फिर्ता गरेका थिए ।
पोखरा, ११ पुस । पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीलाई प्रहरीले पर्वतबाट भर्खरैं आज दिउँसो १ बजे पक्राउ गरेको छ । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड भन्दा बढि नगद घुस लिएको आरोपमा पक्राउ पुर्जी जारी भएसँगैं पराजुली फरार भएका थिए । स्याङजा वालिङ नगरपालिका वडा नं. ११ धनपुरे स्थायी घर भई हाल जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं. ५ मा कार्यरत ५२ वर्षीय पराजुली कुश्मा नगरपालिकाको कार्यालयमा उपसचिव पदमा कार्यरत थिए ।
पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत पराजुलीलाई कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको थियो । सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा पूर्वरजिष्ट्रार पराजुलीलाई गत पुस ५ गते पक्राउ पुर्जी जारी गरिएको थियो ।
पक्राउ परेका पराजुलीले शुरुमा एक करोड २५ लाख रुपैयाँमा रकम अभिषेक काफ्ले, सञ्जय पौडेलका माध्यमबाट सहकारीका अध्यक्ष पौडेलबाट लिएका थिए । पराजुलीको मुक्तिनाथ विकास बैंकमा काफ्ले र पौडेलले विभिन्न मितिमा र विभिन्न व्यक्तिका नाममा पैसा पठाएको र सो को जानकारी पराजुलीलाई मोवाईलको म्यासेजमा दिएका थिए । अनुसन्धानका क्रममा दुवैतर्फ मोवाईल म्यासेजमा भएका कुराकानीहरु पनि प्रहरीले बरामद गर्न सफल भएको छ । १ करोड २५ लाख रुपैयाँ मध्ये २० लाख रुपैयाँ पराजुलीले पछि फिर्ता गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर अर्जुन पौडेलको नेतृत्वमा गएको टोलीले भर्खरैं पक्राउ गरेको हो । हाल कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत रहेका पराजुलीलार्ई पोखरा पठाउने तयारी भईरहेको पर्वत प्रहरीले जानकारी दिएको छ ।
मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा देखिएपछि फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएको थियो ।
२०७० मा आर्थिक कारोबार सुरु गरेको सहकारीले २०७७ पुस २२ गते पोखरा महानगरपालिका– १३ स्थित कसेरीमा पहिलो सदस्य सेवा केन्द्र र २०७९ असोज १४ गते स्याङ्जाको आँधीखोला गाउँपालिका-५ स्थित जुम्लेमा दोस्रो सदस्य सेवा केन्द्र विस्तार गरेको थियो । सहकारीले आफ्नो तेस्रो सेवा केन्द्र विस्तार गर्ने अन्तिम तयारी गर्दा गर्दै रोकिएको थियो । गण्डकी प्रदेशमा यस्तै सेवा केन्द्रहरु विस्तार गर्ने अनुमति दिने नाममा रजिष्ट्रार पराजुलीले घुस लिएको अनुसन्धानका क्रममा देखिएको हो ।
मित्रमिलन सहकारी ठगीमा हालसम्म ६ जना पक्राऊ
प्रहरीले यसअघि सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार/शेयर सदस्य राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेललाई पक्राउ गरिसकेको छ । पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीसहित सहकारी ठगीमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ । ३३ जनालाई पक्राउ पुर्जी जारी भएका मध्ये हालसम्म छ जनामात्र पक्राउ परेका छन् भने बाँकी सबै फरार छन् ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीको पोखरा–१७, विरौंटामा भएको कार्यालय । ‘जहाँ घुस खाने र सहकारीलाई खुलेआम लुट्नका लागि लाईसेन्स बाँड्ने’ काम हुने गरेको पीडित बचतकर्ताहरुले आरोप लगाउने गरेका छन् ।
सहकारी ठगीमा ३३ जनालाई पक्राउ पुर्जी जारी, हालसम्म ६ जना पक्राउ, २७ जना अझैं फरार
मित्रमिलन सहकारीका सञ्चालक समितिका उपाध्यक्ष विजय लम्साल, सचिव कुशल पौडेल, सदस्यहरु संगिता रेग्मी सुवेदी, रनिता थापा, लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी, लेखा समितिका सदस्यहरु प्रतिक लामिछाने र जनकराज पौडेल, पूर्वउपाध्यक्ष जिवनाथ पराजुली, कर्जा/बजार व्यवस्थापन प्रमुख सुजन आचार्य, केसरी सेवा केन्द्र प्रमुख भुवन पौडेल, गैह्रसदस्य लालबहादुर घर्ती, गैह्रसदस्य सञ्जय पौडेल, मूल्यांकनकर्ता (भ्यालुलेटर) अभिषेक भन्ने खुमानन्द काफ्ले, पूर्वलेखा समितिका सदस्य/प्रेस सल्लाहकार अर्जुन गिरी, सेयर सदस्य वडा नं. २१ क वडाध्यक्ष दीपकप्रसाद सुवेदी, सहकारीका बचतकर्ता विष्णुप्रसाद भण्डारी, एकराज पराजुली (पोखरा महानगरपालिका वडा नं. २३), संस्थापक सचिव/पूर्वअध्यक्ष भरत भट्टराई, गैह्र शेयर सदस्य सुवास अधिकारी, गैह्र शेयर सदस्य बामदेव सुवेदी, कानुनी सल्लाहकार जनकल्याण पराजुली, पूर्वअध्यक्ष कृष्णबहादुर राउत, शेयर सदस्य हरेराम भण्डारी, शेयर सदस्य कुमार मगर, गैह्र शेयर सदस्य सुरेशकुमार श्रेष्ठ र राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखराका पूर्वकर्मचारी सन्तोष घिमिरे हालसम्म पनि फरार रहेका छन् ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन