
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
पक्राउ परेका पराजुलीले शुरुमा एक करोड २५ लाख रुपैयाँमा रकम अभिषेक काफ्ले, सञ्जय पौडेलका माध्यमबाट सहकारीका अध्यक्ष पौडेलबाट लिएका थिए । पराजुलीको मुक्तिनाथ विकास बैंकमा काफ्ले र पौडेलले विभिन्न मितिमा र विभिन्न व्यक्तिका नाममा पैसा पठाएको र सो को जानकारी पराजुलीलाई मोवाईलको म्यासेजमा दिएका थिए । अनुसन्धानका क्रममा दुवैतर्फ मोवाईल म्यासेजमा भएका कुराकानीहरु पनि प्रहरीले बरामद गर्न सफल भएको छ । १ करोड २५ लाख रुपैयाँ मध्ये २० लाख रुपैयाँ पराजुलीले पछि फिर्ता गरेका थिए ।
पोखरा, ११ पुस । पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीलाई प्रहरीले पर्वतबाट भर्खरैं आज दिउँसो १ बजे पक्राउ गरेको छ । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड भन्दा बढि नगद घुस लिएको आरोपमा पक्राउ पुर्जी जारी भएसँगैं पराजुली फरार भएका थिए । स्याङजा वालिङ नगरपालिका वडा नं. ११ धनपुरे स्थायी घर भई हाल जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं. ५ मा कार्यरत ५२ वर्षीय पराजुली कुश्मा नगरपालिकाको कार्यालयमा उपसचिव पदमा कार्यरत थिए ।
पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत पराजुलीलाई कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको थियो । सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा पूर्वरजिष्ट्रार पराजुलीलाई गत पुस ५ गते पक्राउ पुर्जी जारी गरिएको थियो ।
पक्राउ परेका पराजुलीले शुरुमा एक करोड २५ लाख रुपैयाँमा रकम अभिषेक काफ्ले, सञ्जय पौडेलका माध्यमबाट सहकारीका अध्यक्ष पौडेलबाट लिएका थिए । पराजुलीको मुक्तिनाथ विकास बैंकमा काफ्ले र पौडेलले विभिन्न मितिमा र विभिन्न व्यक्तिका नाममा पैसा पठाएको र सो को जानकारी पराजुलीलाई मोवाईलको म्यासेजमा दिएका थिए । अनुसन्धानका क्रममा दुवैतर्फ मोवाईल म्यासेजमा भएका कुराकानीहरु पनि प्रहरीले बरामद गर्न सफल भएको छ । १ करोड २५ लाख रुपैयाँ मध्ये २० लाख रुपैयाँ पराजुलीले पछि फिर्ता गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर अर्जुन पौडेलको नेतृत्वमा गएको टोलीले भर्खरैं पक्राउ गरेको हो । हाल कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत रहेका पराजुलीलार्ई पोखरा पठाउने तयारी भईरहेको पर्वत प्रहरीले जानकारी दिएको छ ।
मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा देखिएपछि फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएको थियो ।
२०७० मा आर्थिक कारोबार सुरु गरेको सहकारीले २०७७ पुस २२ गते पोखरा महानगरपालिका– १३ स्थित कसेरीमा पहिलो सदस्य सेवा केन्द्र र २०७९ असोज १४ गते स्याङ्जाको आँधीखोला गाउँपालिका-५ स्थित जुम्लेमा दोस्रो सदस्य सेवा केन्द्र विस्तार गरेको थियो । सहकारीले आफ्नो तेस्रो सेवा केन्द्र विस्तार गर्ने अन्तिम तयारी गर्दा गर्दै रोकिएको थियो । गण्डकी प्रदेशमा यस्तै सेवा केन्द्रहरु विस्तार गर्ने अनुमति दिने नाममा रजिष्ट्रार पराजुलीले घुस लिएको अनुसन्धानका क्रममा देखिएको हो ।
मित्रमिलन सहकारी ठगीमा हालसम्म ६ जना पक्राऊ
प्रहरीले यसअघि सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार/शेयर सदस्य राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेललाई पक्राउ गरिसकेको छ । पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीसहित सहकारी ठगीमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ । ३३ जनालाई पक्राउ पुर्जी जारी भएका मध्ये हालसम्म छ जनामात्र पक्राउ परेका छन् भने बाँकी सबै फरार छन् ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीको पोखरा–१७, विरौंटामा भएको कार्यालय । ‘जहाँ घुस खाने र सहकारीलाई खुलेआम लुट्नका लागि लाईसेन्स बाँड्ने’ काम हुने गरेको पीडित बचतकर्ताहरुले आरोप लगाउने गरेका छन् ।
सहकारी ठगीमा ३३ जनालाई पक्राउ पुर्जी जारी, हालसम्म ६ जना पक्राउ, २७ जना अझैं फरार
मित्रमिलन सहकारीका सञ्चालक समितिका उपाध्यक्ष विजय लम्साल, सचिव कुशल पौडेल, सदस्यहरु संगिता रेग्मी सुवेदी, रनिता थापा, लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी, लेखा समितिका सदस्यहरु प्रतिक लामिछाने र जनकराज पौडेल, पूर्वउपाध्यक्ष जिवनाथ पराजुली, कर्जा/बजार व्यवस्थापन प्रमुख सुजन आचार्य, केसरी सेवा केन्द्र प्रमुख भुवन पौडेल, गैह्रसदस्य लालबहादुर घर्ती, गैह्रसदस्य सञ्जय पौडेल, मूल्यांकनकर्ता (भ्यालुलेटर) अभिषेक भन्ने खुमानन्द काफ्ले, पूर्वलेखा समितिका सदस्य/प्रेस सल्लाहकार अर्जुन गिरी, सेयर सदस्य वडा नं. २१ क वडाध्यक्ष दीपकप्रसाद सुवेदी, सहकारीका बचतकर्ता विष्णुप्रसाद भण्डारी, एकराज पराजुली (पोखरा महानगरपालिका वडा नं. २३), संस्थापक सचिव/पूर्वअध्यक्ष भरत भट्टराई, गैह्र शेयर सदस्य सुवास अधिकारी, गैह्र शेयर सदस्य बामदेव सुवेदी, कानुनी सल्लाहकार जनकल्याण पराजुली, पूर्वअध्यक्ष कृष्णबहादुर राउत, शेयर सदस्य हरेराम भण्डारी, शेयर सदस्य कुमार मगर, गैह्र शेयर सदस्य सुरेशकुमार श्रेष्ठ र राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखराका पूर्वकर्मचारी सन्तोष घिमिरे हालसम्म पनि फरार रहेका छन् ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण