
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
३ हजार ४ सय ४६ जना पीडित बचतकर्ताहरुले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको आरोपमा जाहेरी दिएका थिए । सहकारीको वित्तीय विवरण सम्बन्धमा गरिएको अनुसन्धानका क्रममा २६ करोड ८३ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो । प्रहरी कार्यालयले ३१ करोड विगो दावीसहित सहकारी ऐन, २०४७ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा थप कारवाही गर्न अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
पोखरा, ९ पुस । जिल्ला प्रहरी कार्यालय कास्कीले मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अपचलन गर्ने ३२ जना विरुद्ध ३१ करोड विगो दावीसहितको प्रतिवेदन हिजो आइतबार सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको छ ।
कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार ३२ जना विरुद्ध ३१ करोड भन्दा बढि रकम विगो दावी गर्दै प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाईएको हो । डीएसपी विकले भने–‘अनुसन्धान प्रतिवेदन भन्दा बढि बिगो थपेर अभियोग दायर गरिएको छ । अब त्यो प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गर्नेछ ।’
पक्राउ पुर्जी जारी भएका मध्ये हालसम्म पाँचजनामात्र पक्राउ, बाँकी सबै फरार
प्रहरीले सञ्चालक समितिका अध्यक्ष रमण पौडेल (पक्राउ), उपाध्यक्ष विजय लम्साल, सचिव कुशल पौडेल, सदस्यहरु संगिता रेग्मी सुवेदी, रनिता थापा, गोपाल खनाल, लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी, लेखा समितिका सदस्यहरु प्रतिक लामिछाने र जनकराज पौडेल, पूर्वउपाध्यक्ष जिवनाथ पराजुली, कार्यकारी अधिकृत किरण अधिकारी (पक्राउ), कर्जा/बजार व्यवस्थापन प्रमुख सुजन आचार्य, केसरी सेवा केन्द्र प्रमुख भुवन पौडेल, गैह्रसदस्य लालबहादुर घर्ती, गैह्रसदस्य सञ्जय पौडेल, मूल्यांकनकर्ता (भ्यालुलेटर) अभिषेक भन्ने खुमानन्द काफ्ले, पूर्वलेखा समितिका सदस्य/प्रेस सल्लाहकार अर्जुन गिरी, सेयर सदस्य वडा नं. २१ क वडाध्यक्ष दीपकप्रसाद सुवेदी, सहकारीका बचतकर्ता विष्णुप्रसाद भण्डारी, संस्थापक सचिव/पूर्वअध्यक्ष भरत भट्टराई, गैह्र शेयर सदस्य सुवास अधिकारी, गैह्र शेयर सदस्य बामदेव सुवेदी, कानुनी सल्लाहकार जनकल्याण पराजुली, शेयर सदस्य बुद्धिसागर पौडेल, सल्लाहकार/शेयर सदस्य राजु बराल (पक्राउ), पूर्वअध्यक्ष कृष्णबहादुर राउत, शेयर सदस्य हरेराम भण्डारी, शेयर सदस्य कुमार मगर, गैह्र शेयर सदस्य सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखराका कर्मचारी सन्तोष घिमिरे र तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुली लगायत ३२ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ । पक्राउ पुर्जी जारी भएका मध्ये हालसम्म पाँचजनामात्र पक्राउ परेका छन् भने बाँकी सबै फरार छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखराका कर्मचारी सन्तोष घिमिरे र तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुली लगायत ३२ जनालाई पक्राउ पुर्जी जारी
३ हजार ४ सय ४६ जना पीडित बचतकर्ताहरुले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको आरोपमा जाहेरी दिएका थिए । सहकारीको वित्तीय विवरण सम्बन्धमा गरिएको अनुसन्धानका क्रममा २६ करोड ८३ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो । प्रहरी कार्यालयले ३१ करोड विगो दावीसहित सहकारी ऐन, २०४७ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा थप कारवाही गर्न अनुसन्धान प्रतिवेदन बुझाएको छ ।