News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

बालिकाको फोटो र भिडियोलाई अश्लिल बनाएर व्ल्याकमेल गर्ने बालक पक्राउ

पोखरा, २३ मंसिर । नक्कली फेसबुक आईडी बनाएर एक बालिकाको फोटो तथा भिडियोलाई अश्लिल बनाई ब्ल्याकमेल गरेको आरोपमा एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा वडा नं. २७ बस्ने वर्ष १६ कि बालिकालाई सोही विद्यालयमा पढ्ने वर्ष १६ कैं एकजना बालकले डर, धम्की देखाई मानसिक यातना दिने र व्ल्याकमेल गर्ने गरेको उजुरी परेपछि प्रहरीले उक्त बालकलाई पक्राउ गर्दै उसले प्रयोग गर्ने दुईवटा मोवाईल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले पठाइएको ईमेलमा उल्लेख छ ।

ती बालकले आफ्नै केटी साथीको तस्विर र भिडियो अश्लिल बनाई फेसबुकमा पोष्ट गरिदिन्छु, आफन्तलाई समेत पठाई बेईज्जत गरिदिन्छु भन्दै डर र त्रास देखाउँदै व्ल्याकमेल गर्दै आईरहेका थिए । प्रहरीले ती बालकलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

डनन्यूज ट्रेन्डिङ