
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
पर्वत, १७ मंसिर । पर्वत जिल्लामा पनि सहकारी सञ्चालकहरुको आर्थिक वेथिति उदाङ्गिएको छ । तपाई हाम्रो बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था र ग्रामीण विकास कृषि सहकारी संस्थाका सञ्चालकहरु पक्राउ परेसँगैं सहकारी भित्रको वेथिति बाहिरिएको हो ।
बचतकर्ताको उजुरी पश्चात् जिल्ला प्रहरी कार्यालय पर्वतले ठगीको आरोपमा दुई सहकारीका आठजनालाई पक्राउ गरिसकेको छ । साथै सहकारी रजिष्ट्रारको कार्यालय पोखराले विज्ञ टोली नै खटाएर दुई सहकारीको आर्थिक गतिविधिको पुरै छानबिन गरिरहेको जिप्रका पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालले जानकारी दिए ।
पर्वत जिल्लाको सदरकुमाम कुश्मा बजारमा सञ्चालित तपाई हाम्रो बहुउद्देश्यीय सहकारीका ३ जना र ग्रामीण विकास कृषि सहकारीका ५ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई सहकारी ऐन २०७४ बमोजिम सहकारी ठगी गरेको कसुरमा अनुसन्धान अघि बढाईएको डीएसपी भुसालले बताए ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, सचिव विकास विश्वकर्मा र सहसचिव ओमकार कर्माचार्य रहेका छन् । त्यसैगरी ग्रामीण विकास कृषि सहकारी संस्थाका अध्यक्ष लेखनाथ शर्मा, उपाध्यक्ष विष्णु तिवारी, पूर्व अध्यक्ष राजु शर्मा र सल्लाहकार शालिग्राम शर्मा तथा ऋण समिति संयोजक धनपति आचार्य पक्राउ परेका हुन् । फरार रहेका अन्य सञ्चालकहरुको व्यापक खोजीकार्य भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले मंसीर १३ गते सामाजिक सञ्जालमार्फत् सूचना सार्वजनिक गर्दै दुवै सहकारीका बचतकर्तालाई सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट मुद्दति प्रमाणपत्र लगायतका सक्कल कागजातसहित प्रहरी कार्यालयमा आउन आह्वान गरिसकेको छ ।
