
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
यो सहकारीको विषय कस्तो हो भने पहिला नै सहकारी विभागहरुले, प्रदेश लेवलले, पालिकाका विभागहरुले बेस्सरी अनुसन्धान गरेर, हेरेर अब तिमीहरुको उपाय छैन हैं, अब प्रहरीले मुद्दा चलाउँछ भनेर जानकारी दिईसकेपछि यिनीहरु भाग्ने भए त, प्रहरीलाई मात्र दोष दिएर भएन । उनीहरुलाई एक खालको कारवाहीको प्रक्रियाले नै भगाउने काम गरिसकेको छ । यिनीहरुलाई पूर्वजानकारी दिईसकेको छ । अनि त्यस्तो अवस्थामा तत्काल फेला पर्न गारो परेको हो । तर कारवाहीको प्रक्रियासँग को भागेर बच्न सक्छ र ? भागेर बच्न सक्दैन । कुनै न कुनै हिसाबमा भोलि त कारवाहीको प्रक्रियामा आईनहाल्छ ।
सहकारी सञ्चालकहरु फरार हुने र प्रहरीले पक्राउ गर्न नसक्नुका पछाडि कुनै राजनीतिक दलको दवाव, आर्थिक प्रभाव वा प्रहरीको अनुसन्धान फितलो भएर हो कि भन्ने हाम्रो प्रश्नमा नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआईजी बुद्धिबहादुर गुरुङसँग भएको संवाद यहाँ प्रस्तुत गरेका हौं । सम्पादक
सर्वसाधारण जनताले बचत गरेको रकम हिनामिना पारेर फरार भएका सहकारी सञ्चालकहरुलाई पक्राउ नगर्न भनेर राजनीतिक दवाव भने छैन । प्रहरीले पक्राउ गर्नेछ । अर्को मुद्दा दर्ता भईसकेका कुराहरु छन् । अदालतमा दर्ता भएको कुरा चाँहि अदालतले म्याद बुझी जारी गरिसकेपछि प्रहरीले फेरि खोजी गर्छ । अब अनुसन्धानको सिलसिलामा अलिकति पक्राउ गर्न गारो भएकै हो । फेला नपरेकैं हो ।
अनुसन्धान गर्ने सिलसिलामा थोरै म्याद हुन्छ । त्यतिखेर यिनीहरु अलिकति साईड लागे । हामीले खोजी गर्ने सिलसिलामा फेला नपरेका हुन् । फेला परेसम्मका प्रतिवादीहरुलाई पक्राउ गरेकै छन् । फेला नपरेसम्मका प्रतिवादीहरुलाई पक्राउ गरेकै छन् । हाम्रो काम भनेकैै पक्राउ गरेरै उपस्थित गराउँदा हाम्रो श्रीवृद्धि हुने, नेपाल प्रहरीको कार्य दक्षता देखिने र जनताले न्यायको महसुस गर्ने कुरामा हामीलाई केही राजनीतिक मान्छेहरुले भन्यो भन्दैंमा हामीले त्यो गैरदृश्य काम गर्दैनौं ।
अदालतले पक्राउ पुर्जी जारी गर्छ । त्यस्ता मानिसहरु विदेशमा छन् भन्ने भयो भने रेडकर्नर नोटिस जारी गरिन्छ । सामान्य अपराधहरुमा यस्तो हुँदैन । सबैमा संगठित अपराधको रुपमा मुद्दा दर्ता नभएको पनि हुन सक्छ । सरकारी वकिलले कसरी पेश गर्छन्, त्यसमा भर पर्छ । पक्राउ पुर्जी जारी भएको अवस्थामा हामी प्रहरीले खोजतलास गरेर पक्राउ गर्छौं । कतिपय सामान्य खालका अपराधमा अदालतले पक्राउ पुर्जी जारी नगरिकन सूचना मात्र जारी गरेर उपस्थित हुन भनेर फरमान जारी गर्न सक्छ ।
फरमान जारी गरेको अवस्थामा प्रहरीले पक्राउ गर्दैन । त्यसैले अब अदालतमा दायर भईसकेको अवस्थामा प्रतिवादीको नाममा फरमान जारी छ, त्यस्तो अवस्थामा तिम्रो यस्तो मुद्दा छ, तिमी हाजिर हुन आउनु अदालतमा आफ्नो भनाई लिएर भनेर जारी गर्ने चिज हो । प्रहरी कैं नाममा सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न आउँदा प्रहरीसँग आउन वा फेला परेमा जहाँ फेला पर्छ, त्यहींबाट पक्राउ गरेर ल्याउनु भनेर अदालतले प्रहरीलाई आदेश दियो भने प्रहरीले त्यसको खोजतलास गर्छ ।
अब यो यहाँ गण्डकी प्रदेशमा मात्र होइन, अरु तिर पनि सहकारीका प्रतिवादीहरु कम पक्राउ भएको देखिंदा खेरी त्यो खालको अनुमान गर्न सकिने खालको परिस्थिति छ । तर यर्थाथतामा चाँहि त्यो छैन । अब यो कस्तो हो भन्दा खेरी अरु मुद्दाहरुमा मुद्दा चल्दैंछ भन्ने कुरा सामान्यतया थाहा हुँदैन । झ्यापझुप हामीले प्रतिवादी तत्कालै समाउँछौं ।
हामी उहाँहरुलाई के अनुरोध गर्न चाहन्छौं भने त्यस्तो छ भने हामीलाई यहाँहरुले पाउनु भएको र जान्नु भएको सूचना दिनुस्, हामी त्यहाँबाट पनि नियन्त्रणमा लिन्छौं, आरोपमात्र लगाउने भन्दा पनि मिलेर काम गर्ने हो । पीडित, प्रहरी र समाज मिलेर गर्ने काम हो । त्यसमा सबैले सहयोग गरिदिनु हुनका लागि अनुरोध गर्दछौं ।
यो सहकारीको विषय कस्तो हो भने पहिला नै सहकारी विभागहरुले, प्रदेश लेवलले, पालिकाका विभागहरुले बेस्सरी अनुसन्धान गरेर, हेरेर अब तिमीहरुको उपाय छैन हैं, अब प्रहरीले मुद्दा चलाउँछ भनेर जानकारी दिईसकेपछि यिनीहरु भाग्ने भए त, प्रहरीलाई मात्र दोष दिएर भएन । उनीहरुलाई एक खालको कारवाहीको प्रक्रियाले नै भगाउने काम गरिसकेको छ । यिनीहरुलाई पूर्वजानकारी दिईसकेको छ । अनि त्यस्तो अवस्थामा तत्काल फेला पर्न गारो परेको हो । तर कारवाहीको प्रक्रियासँग को भागेर बच्न सक्छ र ? भागेर बच्न सक्दैन । कुनै न कुनै हिसाबमा भोलि त कारवाहीको प्रक्रियामा आईनहाल्छ ।
हामीले पनि खोजीतलास गरिरहेका छौं । तर यो सहकारीको केसमा कम मानिस पक्राउ हुनुको पछाडी एउटा कारण के हो भने प्रहरीकोमा उजुरी आउनु भन्दा अगाडि नै यी सहकारी विभागहरुले अनुसन्धान गर्ने, छानबिन गर्ने, तिमीहरुको अरु उपाय छैन अब सरकारवादी फौजदारी मुद्दामा जान्छ, अब हामीले त्यहीं लेखेर पठाउँछौं भनेर भनिसकेको हुन्छ उनीहरुलाई । अनि त्यतिबेलासम्म प्रहरीकोमा आईपुग्दा यिनीहरु सबै आ–आफ्नो म्यानेजमेन्ट गरेर भाग्ने व्यवस्था मिलाई सकेको हुन्छ । यहीं नै भएको हो । सबैलाई जगजाहेर नै छ । त्यसले गर्दा दोष अन्तिममा चाँहि प्रहरीलाई आईरहेको छ ।
हामी कसैको दवाव, प्रभावमा पर्दैनौं । फेला परेको मान्छेलाई हामी पक्राउ गरिहाल्छौं । तर सजिलो के भन्ने लाग्छ भने कतिपय पीडितहरुले चाँहि, होइन तिनीहरु (प्रतिवादी) त घरमा नै बसिरहेका छन् नि, प्रहरीले हेर्दै हेर्दैन भन्छन् । हामी उहाँहरुलाई के अनुरोध गर्न चाहन्छौं भने त्यस्तो छ भने हामीलाई यहाँहरुले पाउनु भएको र जान्नु भएको सूचना दिनुस्, हामी त्यहाँबाट पनि नियन्त्रणमा लिन्छौं, आरोपमात्र लगाउने भन्दा पनि मिलेर काम गर्ने हो । पीडित, प्रहरी र समाज मिलेर गर्ने काम हो । त्यसमा सबैले सहयोग गरिदिनु हुनका लागि अनुरोध गर्दछौं ।
–डिआईजी बुद्धिबहादुर गुरुङ, प्रमुख, गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन