
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
८प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
११पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेलकी श्रीमती सौजना अधिकारीको नाममा रहेको कास्की बेगनास वडा नं. १ (सिट नं. ०९४१०५१) कित्ता नम्बर १४६१ के क्षेत्रफल १२–५–०–० (रोपनी) को २०७८ असार ३१ गते वडाध्यक्ष सुवेदीले आफ्नो नाममा रोक्का राखेका छन् । यो जमिनसँगसँगैं कास्कीकोटमा रहेको साढे २ रोपनी र सराङकोट हाउजिङ नजिकको २० आना जग्गा पनि वडाध्यक्ष सुवेदीले पास गरेको भेटिएको छ । तर जग्गा बेचेबापत सहकारी सञ्चालक पौडेलले पैसा पाएको देखिदैंन । अध्यक्ष पौडेलले जे सुकै भनेपनि यसमा दुवैजनाको मिलेमतो प्रष्ट र नियत गलत देखिन्छ ।
पोखरा, १५ कार्तिक । पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदीले ‘नटवरलाल’ शैलीमा एक सहकारीको करोडौं मूल्य पर्ने जमिनहरु आफ्नो नाममा कब्जा गरी राखेको थप अर्को रहस्य खुलेको छ । जग्गा दलालीमा पनि संलग्न नटवरलाल दीपक सुवेदीको ठगी धन्दाको छानबिन तत्कालै प्रहरीले थाल्नु पर्ने माग सहकारी पीडितहरुले राखेका छन् ।
पोखरा वडा नं. ९, नयाँबजारमा रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेल तथा प्रबन्धक किरण अधिकारी बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीको थुनामा रहेका छन् । सोही सहकारीका अध्यक्ष पौडेलकी श्रीमती सौजनाको नाममा रहेको १५ रोपनी भन्दा बढि जमिन वडाध्यक्ष सुवेदीले सेटिङमा हडपेको तथ्य सप्रमाण भेटिएको हो ।
सौजनाको नाममा रहेको कास्की बेगनास वडा नं. १ (सिट नं. ०९४१०५१) कित्ता नम्बर १४६१ के क्षेत्रफल १२–५–०–० (रोपनी) को २०७८ असार ३१ गते वडाध्यक्ष सुवेदीले आफ्नो नाममा रोक्का राखेका छन् । यो जमिनसँगसँगैं कास्कीकोटमा रहेको साढे २ रोपनी र सराङकोट हाउजिङ नजिकको २० आना जग्गा पनि वडाध्यक्ष सुवेदीले आफ्नो नाममा पास गरेको भेटिएको छ । तर जग्गा बेचेबापत सहकारी सञ्चालक पौडेलले पैसा पाएको देखिदैंन । अध्यक्ष पौडेलले जे सुकै भनेपनि यसमा दुवैजनाको मिलेमतो प्रष्ट र नियत गलत देखिन्छ ।

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेलकी श्रीमती सौजना अधिकारीको नाममा रहेको यो १२ रोपनी क्षेत्रफल भएको जमिन यतिबेला वडाध्यक्ष दीपक सुवेदीको नाममा रोक्का राखिएको छ ।
सहकारीका अध्यक्ष र प्रबन्धक प्रहरी थुनामा पुगेपछि बचतकर्ताहरुले आफ्नो रकम डुब्न नदिन कहाँ–कहाँ लगानी भएको छ भन्ने खोजबिन गर्दा वडाध्यक्ष सुवेदीको नाममा पोखरा र लेखनाथमा गरेर झण्डै १५ रोपनी जमिन पास भएको प्रमाण भेटिएको हो । त्यसो त जग्गा दलालीमा पनि संलग्न वडाध्यक्ष सुवेदीले सहकारी कैं ऋणीले धितो राखेको ३२ कठ्ठा जमिन पनि यसैगरी हडपेको समाचार डन न्यूजले यस अघि नैं प्रकाशित गरिसकेको थियो ।
डुब्दै गरेको सहकारीको पैसाले परिवारका नाममा अध्यक्षले किनेका घडेरीहरु वडाध्यक्ष सुवेदीले सेटिङ मिलाएर आफ्नो नाममा पास गराएको सप्रमाण भेटिएको हो । पोखराको नयाँबजारमा मुख्य कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारीका अध्यक्ष रमण पौडेलले श्रीमतीको नाममा सहकारीको पैसाबाट किनेको जमिन धमाधम वडाध्यक्षको नाममा पास गरेको तथ्य भेटिएको हो ।
यस विषयमा प्रश्न गर्दा वडाध्यक्ष सुवेदीले भने–‘सहकारीको जग्गा भन्ने मलाई के थाहा ? तपाईले जबरजस्ती सेटिङ भनेर सेटिङ हुने हो कि मैले आफ्नो क्यास तिरेर लिएको हो कि कसरी चोरेर लिएको हो, ठगेर ऊ गरेको हो कि मलाई के थाहा हुन्छ । तपाई आफैं हुनुभयो भने के थाहा हुन्छ सर भन्नु त ? त्यत्तिकैं कसैले पास गर्दिन्छ ।’
‘हेर्दा कागजी प्रक्रिया मिलाए जस्तो देखिए पनि यो सिधैं सहकारी ठग्ने उद्देश्यले खेलिएको ठगी धन्दा हो,’ सहकारीका एक कर्मचारीले भने–‘प्रहरीले छानबिन गर्नुपर्छ, यी सबै जग्गा सहकारी कैं नाममा पुनः फिर्ता नगरी सुखैं छैन र वडाध्यक्ष ठगी मुद्दामा जेल जान्छन् नैं ।’ ‘वडाध्यक्ष सुवेदीले पोखराको १५ रोपनी जमिन र चितवनको करिब ३२ कठ्ठा जमिन किनेको आर्थिक स्रोत र पैसा तिरेको कागज के देखाउन सक्छन् ?’ , कर्मचारीले भने–‘सक्दैनन्, पुरै सेटिङमा भएको ठगी हो । यसमा अरु पनि तानिन्छन् । तत्कालै छानबिन शुरु होस् ।’
जग्गा दलाली, मिटर ब्याजदेखि त्यस्तै धन्दा गर्ने गिरोहसँग आवद्ध रहेका वडाध्यक्ष सुवेदीले डुब्न लागेको सहकारीका अध्यक्ष पौडेललाई चेपुवामा पारेर कारोबार मिलाउने नाममा थप पैसा दिने आश्वासन देखाएर ठगी गरेको सहकारीका सबै कर्मचारीहरु खुलेरै बताउँछन् । जुन विषय संस्थाका अध्यक्ष र प्रबन्धकले भारत भाग्नु अघि २०७९ मंसिर १५ गते लेखेको एक पत्रमा स्पष्टसँग वडाध्यक्ष सुवेदीको हर्कत, उनले गरेको ठगि र उनले दिनुपर्ने रकम सबै खुलाईएको छ । जुन प्रमाण सहकारीको बचत डुबाउने सञ्चालकहरुमाथि छानबिन हुँदा प्रत्यक्ष अध्यक्ष र प्रबन्धकले बोल्ने र त्यो पत्रका विषयमा पनि प्रहरीले छानबिन गर्नेमा बचतकर्ताहरु आशावादी छन् ।
यस विषयमा प्रश्न गर्दा वडाध्यक्ष सुवेदीले भने–‘सहकारीको जग्गा भन्ने मलाई के थाहा ? तपाईले जबरजस्ती सेटिङ भनेर सेटिङ हुने हो कि मैले आफ्नो क्यास तिरेर लिएको हो कि कसरी चोरेर लिएको हो, ठगेर ऊ गरेको हो कि मलाई के थाहा हुन्छ । तपाई आफैं हुनुभयो भने के थाहा हुन्छ सर भन्नु त ? त्यत्तिकैं कसैले पास गर्दिन्छ ।’
सहकारीको करोडौं बचत डुबाएका सञ्चालकहरुले भाग्नु भन्दा केही समय अघि सहकारीको पैसाले आफ्नो परिवारका नाममा किनिएका घरघडेरी र जग्गाहरु सेटिङमा वडाध्यक्षको नाममा पास गरेको सहकारीका एक कर्मचारीले नैं डन न्यूजलाई बताए ।
ती कर्मचारीले भने–‘वडाध्यक्ष दीपक सुवेदी, मिटरव्याजी गुन्डाहरुको टिममा संलग्नमात्र होइन, पैसाका लागि जे पनि गर्ने दलाल हुनु हुँदोरहिछ । उहाँको खाताबाट ५० लाख रुपैयाँ पनि सहकारीमा आएको देखिदैंन, तर उहाँले १० करोड भन्दा बढि मूल्य पर्ने सहकारीको पैसाले किनिएका जमिन, घडेरी र धितोमा राखेको ३२ कठ्ठा जमिन सबै सेटिङमा हडप्नु भएको छ । प्रहरीले छिटो भन्दा छिटो अनुसन्धान गरोस् र बचतकर्ताको लगानी डुब्नबाट बचाओस् ।’
सहकारीका कर्मचारीहरुले डन न्यूजसँग भने–‘सहकारीका अध्यक्ष रमण पौडेल सरको श्रीमती सौजना अधिकारीको नामको लेखनाथमा रहेको १२ रोपनी जमिनमात्र होइन, कास्कीकोटमा रहेको साढे २ रोपनी र सराङकोट हाउजिङ नजिकको २० आना जग्गा पनि वडाध्यक्ष सुवेदीले बिना पैसा पास गरेको छ ।’
ती कर्मचारीले भनेको भनाई र यस अघि सोही सहकारीमा धितो राखेर शान्ती केसीको चितवनको जमिन हड्प्ने विषयमा पनि एउटै पैसा बारम्बार वडाध्यक्षले दावी गर्दै आईरहेको देखिन्छ । पोखरा र लेखनाथको गरेर १५ रोपनी र चितवनको झण्डै ३२ कण्ठा जमिन वडाध्यक्ष सुवेदीले आफ्नो नाममा पास गरेर राखेका छन् ।
यस अघि डन न्यूजले चितवनको गर्दी वडा नं. ३ मा रहेको जमिन साविक कित्ता नं. ६८ (०–३–१३–५–० विघा), ८१९(०–३–१२–० विघा) र ८२१ (०–१०–५.५–० विघा) करिब साढे ३२ कठ्ठा जमिन २०७९ भदौं २९ गते वडाध्यक्ष सुवेदीले आफ्नो नाममा पास गराएको समाचार प्रकाशित गरेको थियो ।
यस विषयमा प्रहरीले पक्राउ गर्नुअघि बिना पैसा किन जग्गा पास गरेर दिएको भन्ने हाम्रो प्रश्नमा सहकारीका अध्यक्ष पौडेलले जम्मा ५० लाख रुपैयाँमात्र वडाध्यक्षले दिएको तर बाँकी पैसा दिनुस् भन्दा जे गर्न सक्छस् गर भनेर धम्क्याउने गरेको बताए । अध्यक्ष पौडेलले सहकारीको व्यवहार लथालिङ्ग भएको बेलामा मिलाउन भनेर विश्वासमा परेर जग्गा पास गरिदिए तर न पैसा पाईयो, न त जग्गा नै फिर्ता, वडाध्यक्षले विश्वासघात गर्ने काम गरेको बताएका थिए ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेलले सहकारी डुबेपछि भारत भाग्नु अघि लेखेको पत्रको एक अंश ।
मित्र मिलन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएपछि सहकारी रजिष्ट्रारको कार्यालय पोखराले आवश्यक छानबिन तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्राचार समेत गरिसकेको छ । ‘सहकारी ठगीको यो घटनामा अझैं अन्य मिटरव्याजी, टोले गुन्डा र नेताहरुको पनि संलग्नता रहेको दावी सहकारीका कर्मचारीहरुले गरिरहेका छन्’, एक बचतकर्ताले डन न्यूजसँग भने–‘जसको छानबिन प्रहरीले शुरु गरेपछि सत्यतथ्य अझै सार्वजनिक हुने नै छ । प्रहरीले छिटो भन्दा छिटो छानबिन सुरु गरिदिए हुन्थ्यो ।’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ