
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
पोखरा, १५ कार्तिक । इन्धन चोरीको आरोपमा फरार नेपाल आयल निगम प्रादेशिक कार्यालय गगनगौंडा डिपो पोखराका तत्कालिन डिपो प्रमुख चित्तरञ्जन दास अदालतमा उपस्थित हुँदैं पाँच लाख धरौंटी बुझाएर तारेखमा छुटेका छन् ।
गत साउन २५ गतेदेखि फरार मुख्य अभियुक्त डिपो प्रमुख दास आइतबार कास्की जिल्ला अदालतमा उपस्थित भएका थिए । आइतबार नै बयान लिएर थुनछेक बहसपछि न्यायाधीश ऋषिराम आचार्यको एकल इजलासले धरौंटी तारेखमा छोड्ने आदेश दिएको थियो ।
मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६८ र ७२ अनुसार तत्कालिन कार्यालय प्रमुख दासलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो । यस अघि सोही घटनामा संलग्न तीनजनालाई धरौटी तारेखमा थुनामुक्त भएका थिए ।
इन्धन चोरीको घटनामा ट्यांकर मालिक तथा पेट्रोल पम्प सञ्चालक पश्चिमाञ्चल ट्रेडर्स पोखरा–२७ का सञ्चालक बाबुराम जम्कट्टेल, पेट्रोलपम्प व्यवसायीहरूका तर्फबाट ट्यांकरमा लोड भएको पेट्रोलियम पदार्थ डिप गर्दा हेर्न राखिएका गण्डकी धौलागिरि पोट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगाना र ट्यांकरचालक निर्मल थापा २४ भदौमा धरौटी तारेखमा छुटेका थिए। जम्कट्टेलले एक लाख ५० हजार, ढुंगानाले एक लाख र थापाले ७५ हजार धरौटी बुझाएका थिए ।
डिपोबाट इन्धन चोरी भएको गोप्य सूचना २/३ महिनाअघि नैं जिल्ला प्रशासन कार्यालय कास्कीमा आएको थियो । प्रशासन कार्यालयले सप्रमाणसहित घटनामा संलग्नहरुलाई पक्राउ गर्न विशेष टोली नै खटाएको थियो । डिपोबाट इन्धन अपचलन गर्ने कार्यमा प्रमुख दास नै सक्रिय थिए । अन्य कर्मचारीलाई समेत आफ्नो डयूटी गर्न नदिई सबै काम प्रमुख दासले नैं गर्दथे । विवादित पात्र दासका गतिविधि शंकास्पद देखेपछि कर्मचारीहरुले नै प्रशासनमा खबर गरेका थिए । जसको पिछा गर्दै जाँदा प्रशासनले सप्रमाण पक्राउ गर्न सफल भएको थियो ।
गत साउन २५ गते डिपोबाट १२ हजार लिटर डिजेल खरिद गरेको भौंचर बोकेर ग २ ख ८३६ नम्बरको ट्यांकरबाट पम्पसम्म डिजेल लैजाँदै गर्दा डिपोमा रकम बुझाएकोभन्दा तीन हजार दुई सय लिटर बढी इन्धन जिल्ला प्रशासन कार्यालय कास्कीबाट खटिएको टोलीले चेकजाँच गर्दा भेटेको थियो । प्रशासनले ट्यांकर पक्राउ गरी चेकजाँच गर्न कार्यालय प्रमुख दासलाई पनि बोलाएपछि उनी कार्यालयमा चाबी लगाएर फरार भएका थिए । पहिलोपटक दास विरुद्ध साउन ३० गते पक्राउ पुर्जी जारी भएको थियो ।
आरोपपत्र दर्ता भइसक्दासमेत फरार रहेका दासविरुद्ध अदालतले पुनः भदौ २५ गते पक्राउ पुर्जी जारी गरेको थियो । दुईपटकसम्म पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका दास अन्ततः आफैँ अदालतमा उपस्थित भएर धरौंटीमा रिहा भएका हुन् ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन