
१सहकारी क्षेत्रमा आमूल परिवर्तन
२रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
३‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
४‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
५नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
६स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
७जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
८हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
९८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
१०पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१२पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
आफूले आजसम्म न त ताण्डव न्यूजका बारेमा सुनेको, न त पत्रकार अर्जुन गिरीलाई नै चिनेको, मलाई देख्दैं नदेखेको मान्छेले मनगढन्ते कथा रचेर सहकारी ठगीको मुद्दा र हाम्रो आवाजलाई अन्तैं मोड्ने काम गरेको भन्दैं सहकारी पीडित महिला पोखरा–५, मालेपाटन बस्ने गोमा चापागाईले पत्रकार गिरीलाई कडा कारवाहीको माग गरेकी छिन् ।
पोखरा, ४ कार्तिक । गलत आरोप लगाएको भन्दैं ताण्डव न्यूज डटकम र यसका सञ्चालक अर्जुन गिरी लगायतको समूहलाई कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की र नेपाल पत्रकार महासंघ कास्कीमा पीडित महिलाले आज उजुरी दिएकी छिन् । आफूले आजसम्म न त ताण्डव न्यूजका बारेमा सुनेको, न त पत्रकार गिरीलाई नै चिनेको, मलाई पनि देख्दैं नदेखेको मान्छेले मनगढन्ते कथा रचेर सहकारी ठगीको मुद्दा र हाम्रो आवाजलाई अन्तैं मोड्ने काम गरेको भन्दैं सहकारी पीडित महिला चापागाईले पत्रकार गिरीलाई कडा कारवाहीको माग गरेकी हुन् ।
स्याङ्जा घर भई हाल पोखरा–५, मालेपाटन बस्ने गोमा चापागाईले ताण्डव न्यूजमा यहीं कार्तिक ३ गते प्रकाशित ‘महिलाको पैसामा पत्रकार राजेन्द्रको बार्गेनिङ ! यस्तो छ घटनाक्रम’ भन्ने समाचारलाई लिएर आपत्ति जनाउँदैं कारवाहीको माग गरेकी हुन् । साथैं यो समूहबाट आफ्नो र तीनवटा साना सन्तानको पनि जिउज्यानको खतरा महसुस भएको भन्दैं प्रहरीमा शान्ति सुरक्षाको माग पनि गरेकी छिन् ।

सहकारी पीडित, स्याङ्जा घर भई हाल पोखरा–५, मालेपाटन बस्ने गोमा चापागाई प्रहरीमा पत्रकार अर्जुन गिरी विरुद्ध उजुरी दर्ता गरेपछि ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापा र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई उजुरी बुझाएकी हुन् । कास्की प्रहरी प्रमुख थापा र पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष भण्डारीलाई उजुरी बुझाउँदैं पत्रकारिताको आवरणमा सहकारी लुट्ने, गुण्डागर्दी गर्ने, आफ्नो पोल खोलिन्छ भन्ने डरले मलाई चिन्दैं नचिनेको व्यक्तिले निस्वार्थ सहयोग गर्ने डन न्यूजका सम्पादक राजेन्द्र अधिकारीका विषयमा मनगढन्ते आरोप लगाउने काम ताण्डव न्यूज र त्यसका सम्पादक भनिने गिरीले गरेको भन्दैं कडा कारवाहीको माग गरेको जानकारी दिईन् ।
चापागाईले फोनमा डन न्यूजसँग भनिन्–‘सहकारीको रकम हिनामिना गर्ने ताण्डवका कथित पत्रकारहरुले मेरो चरित्र हत्या गर्ने र हाम्रो रकम झिक्नका लागि निस्वार्थ सहयोग गर्नेमाथि झुठो आरोप लगाउने र मुद्दालाई अन्यत्र मोड्न खोजेको देखेपछि सहन नसकेर बच्चाहरु गाउँमैं आफन्तकोमा छाडेर कारवाहीको माग गर्दै स्याङ्जाबाट आज विहानै पोखरा आएर उजुरी दिएकी हुँ ।’
‘सहकारीको रकम हिनामिना गर्ने ताण्डवका कथित पत्रकारहरुले मेरो चरित्र हत्या गर्ने र हाम्रो रकम झिक्नका लागि निस्वार्थ सहयोग गर्नेमाथि झुठो आरोप लगाउने र मुद्दालाई अन्यत्र मोड्न खोजेको देखेपछि सहन नसकेर बच्चाहरु गाउँमैं आफन्तकोमा छाडेर कारवाहीको माग गर्दै स्याङ्जाबाट आज विहानै पोखरा आएर उजुरी दिएकी हुँ ।’ -गोमा चापागाई
जिल्ला प्रहरी कार्यालय कास्की र नेपाल पत्रकार महासंघ कास्कीमा दिइएको उजुरीमा उनले लेखेकी छिन्–‘मैले १ वर्ष अघि देखि पोखराका अधिकांश पत्रकारहरुलाई मित्र मिलन बचत तथा ऋण सहकारी पोखरा–९, नयाँबजारमा मेरो लिनु पर्ने पैसा पनि दिएनन्, मलाई हप्कीदप्की लगाएर फर्काउँछन् भन्दैं रुँदैं खोज्दैं आफ्ना कुराहरु राख्दैं आईरहेकी थिए । अधिकांश पत्रकारले समाचार लेख्ने र फोन गरेर यो दिदीको पैसा किन दिएनौंसम्म भन्ने आँट गर्न सकेनन् ।’
‘त्यसपछि मैले सोधीखोजी गर्दा डन न्यूजका सम्पादक राजेन्द्र अधिकारी भाइसँग भेट भयो । मेरा साना ३ वटा बालबालिका रहेको र मेरो बाँच्ने आधार त्यहीं सहकारीमा जम्मा गरेको पैसा भएको हुँदा मलाई यति सहयोग गरिदिनुस् भनेर रुँदैं भनेपछि हुन्छ दिदी किन रोकेका रहेछन्, म बुझ्छु भनेर सहकारीका अध्यक्ष रमण पौडेल र उपाध्यक्ष विजय लम्साललाई मेरै उपस्थितिमा फोन गरी एउटा असहाय महिला अनि ३ जना बालबालिकाहरुको पढ्ने, बस्ने र खाने गाँस नै तिमीहरुले खोस्ने काम नगर, जम्मा गरेको पैसा नियमसंगत फिर्ता गरिदेऊ यो पाप नबोक भनेर भन्नुभएको हो’ उनले दिइएको उजुरीमा लेखिएको छ ।

भ्रामक र कपोकल्पित समाचार लेख्ने पत्रकार अर्जुन गिरीलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई उजुरी बुझाउँदैं पीडित महिला गोमा चापागाई ।
‘म विदेशमा अर्काको घरमा काम गरेर दुःखसुख, खाई नखाई आफ्ना ३ सन्तानका लागि भनेर जम्मा गरेको पैसा थियो त्यो । विदेशमा कति दुःख र हण्डर खाएर कमाएको त्यो पैसा, जसको आधारमा यी साना छोराछोरीहरु हुर्काउनु छ, कोठा भाडा तिर्नु छ र त्यसैले बालबच्चा पढाउनु पनि छ ।’
पीडित चापागाईले दिइएको निवेदनमा भनिएको छ–‘त्यस्तो अवस्थामा रहेकी एक महिलालाई सहकारीसँग पनि आवद्ध भएका ताण्डव न्यूजका भाइहरुले सहयोग गर्नुका साटो झुटो समाचार लेखेर मेरो चरित्र हत्या गर्ने र सहयोग गर्ने पत्रकार राजेन्द्र अधिकारीमाथि उल्टैं झुठो, मनगढन्ते आरोप लगाउँदैं बदनाम गर्ने निकृष्ट र अमानवीय काम गरेका हुँदा ताण्डव न्यूजका प्रधान सम्पादक अर्जुन गिरी, सम्पादक सन्तोष सुवेदी र समाचार लेख्ने संवाददातालाई पक्राउ गरी कारवाही गर्न उजुरी दिएकी हुँ ।’

डन न्यूज डटकममा मित्र मिलन सहकारी ठग्ने पत्रकार र वकिलसहितको यो गिरोहको बारेमा समाचार प्रकाशित भएपछि ताण्डव न्यूजमा पनि आवद्ध पत्रकार अर्जुन गिरीले आफ्नो कर्तुतहरु सार्वजनिक हुने डरले घटनालाई मोड्न प्रायोजित समाचार सम्प्रेषण गरेका थिए ।– सम्पादक
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म