
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
नक्कली सेयर सदस्य र विभिन्न कम्पनी खडा गरेर पैसा निकालेर जीबी र भोटेको समूहले सहकारीको रकम हिनामिना गरेका थिए । जीबी राई अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख रकम हिसाब नैं नराखी हिनामिना गरेका थिए । त्यसैगरी संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख रुपैयाँ हिनामिना गरेका थिए । त्यसैगरी, थानबहादुर बुढाको २७ करोड ४८ लाख रुपैयाँ हिनामिना गरेका छन् । त्यसैगरी महेन्द्र भोटेले ९ करोड रुपैयाँ हिनामिना गरेको देखिएको छ ।
पोखरा, १६ असोज । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराको रकम हिनामिना गरेर फरार रहेका १८ जना अभियुक्तहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष टोलीको परिचालन गरेको छ । प्रहरी प्रमुख एसपी मोहन कुमार थापाले इन्सपेक्टरको नेतृत्वमा विशेष टोली नै परिचालन गरिएको बताए ।
प्रहरी प्रमुख एपसपी थापाले भने–‘देशको सबै ठाउँमा सूचना पठाई सकिएको छ । यी व्यक्तिहरु जहाँ भेटिन्छन्, त्यहीं प्रहरीले पक्राउ गर्छ । सहकारी ठगेर कानुन विपरितका गतिविधि गर्नेहरु जो कोहीलाई पनि हामी छाड्दैनौं ।’ सहकारी ठगेर फरार भएका १८ जनालाई जो कोहीले देखे पनि प्रहरीलाई गोप्य सूचना दिन एसपी थापाले आग्रह गरे ।
कास्की प्रहरीले सहकारीको अर्बौं रुपैयाँ ठगी गर्ने गिरोहका १९ लाई ८ वर्षदेखि १० वर्षसम्मको कैद सजायको माग दावी गर्दै सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको छ । यता, सहकारीका वचतकर्ता जो अहिले मर्कामा परेका छन्, उनीहरुले सरकारी वकिलको कार्यालयमा सेटिङ मिलाउन पोखराको लोकल पत्रिका समाधान दैनिकमा कार्यरत पत्रकार रामकृष्ण ज्ञवालीको अर्को टिम सक्रिय हुन सक्ने भन्दैं यसतर्फ सचेत रहन मिडिया, प्रहरी प्रशासन र सरकारी वकिलको कार्यालय प्रमुखदेखि न्यायाधीशसम्मलाई आग्रह गरेका छन् ।
सूर्यदर्शन सहकारी पोखराको अर्बौं ठगी-काण्ड
‘विगत देखि यो गिरोहमा समस्या परे प्रहरी, प्रशासन, वकिल र न्यायाधीशसम्मको सेटिङ मिलाउने काम मिडिया सञ्चालकको आवरणमा रहेका सोही समूहका ज्ञवालीले नै गर्दै आईरहेका थिए’, सूर्यदर्शन सहकारीका वचतकर्ताहरुले डन न्यूजसँग भने–‘फरार रहेको टिमका सन्दर्भमा बाहिर बसेर सारा सेटिङ मिलाउने र केन्द्रदेखि नेताहरुको दवाव दिने काममा ज्ञवालीसहित केही वकिलहरु सक्रिय हुने भएको हुँदा यसतर्फ सचेत रहन हामी आग्रह गर्दछौं ।’ पोखराको लोकल पत्रिका समाधान दैनिक टोले गुन्डा महेन्द्र भोटे, जीबी राई समूह, स्वर्गीय नेता रवीन्द्र अधिकारी, सुन तस्करीमा संलग्न सरकारी कर्मचारी झलकराम अधिकारी र बाराही ग्रुपका विप्लव पौडेल समूह लगायतको भित्री लगानीमा सञ्चालित पत्रिका हो ।
कास्की प्रहरीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गर्ने तत्कालिन अध्यक्ष गितेन्द्र (जीबी)बाबु राई, शिबबहादुर गुरुङ उर्फ महेन्द्र भोटे लगायत १९ जनालाई पटक–पटक गरेर पक्राउ पूर्जी गरिसकेको छ । प्रहरीले पक्राउ पूर्जी जारी गरेसँगैं सहकारीका सञ्चालकहरु भूपेन्द्र राई, थानबहादुर बुढा, कैलाश दर्लामी, धिरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार रहेका छन् ।
पोखराको लोकल पत्रिका समाधान दैनिक टोले गुन्डा महेन्द्र भोटे, जीबी राई समूह, स्वर्गीय नेता रवीन्द्र अधिकारी, सुन तस्करीमा संलग्न सरकारी कर्मचारी झलकराम अधिकारी र बाराही ग्रुपका विप्लव पौडेल समूह लगायतको भित्री लगानीमा सञ्चालित पत्रिका हो ।
त्यसैगरी, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध पनि सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएसँगैं फरार छन् । फरार भएकाहरुमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका उपमहासचिव महेन्द्र भोटे र आइस्मा तामाङ मादी–६ भाचोक निवासी हुन् । ललिता तामाङ र सुरज श्रेष्ठ लेखनाथ र बुद्धि गुरूङ मादी–९ मिजुरेडाँडा निवासी हुन् । बाँकी सबै कास्की बाहिरका रहेको र सम्बन्धित ठाउँहरुमा खोजी भईरहेको प्रहरीले जनाएको छ ।
सहकारीका तत्कालिन अध्यक्ष गितेन्द्र बाबु (जीबी) राई र टोले गुन्डा महेन्द्र भोटेको समूहले सहकारीको १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको निष्कर्षसहित १९ जनालाई विपक्षी बनाई सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । सहकारी ऐन अनुसार १ अर्ब रुपैयाँ भन्दा बढी ठग्नेलाई ८ वर्षदेखि १० वर्षको कैद सजायको व्यवस्था गरिएको छ । यता, पोखरा महानगरपालिकाको विज्ञ टोलीले विश्लेषण गर्दा थप सहकारीको २० करोड ५२ लाख ८२ हजार रुपैयाँ हिनामिना गरिएको देखिएको थियो ।
सहकारीको रकम पदाधिकारी तथा पूर्वसञ्चालकहरु मिलेर हिनामिना गरेको घटना बाहिरिएपछि कास्की प्रहरीले उजुरीको आह्वान गरेको थियो । सहकारीमा १८ हजर ७ सयजना बचतकर्ता रहेको देखिए पनि १ हजार ३६ जनाले मात्र उजुरी दिएका थिए । सोही उजुरीका आधारमा ठगी भएको रकमको हिसाबकिताब प्रहरीले निकालेको थियो । जीबी राई र महेन्द्र भोटेको समूहले कृतिम शेयर सदस्य र खाता खोलेर सहकारीको रकम हिनामिना गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा राखिएको प्रहरीको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
नक्कली सेयर सदस्य र विभिन्न कम्पनी खडा गरेर पैसा निकालेर जीबी र भोटेको समूहले सहकारीको रकम हिनामिना गरेका थिए । जीबी राई अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख रकम हिसाब नैं नराखी हिनामिना गरेका थिए । त्यसैगरी संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख रुपैयाँ हिनामिना गरेका थिए । त्यसैगरी, थानबहादुर बुढाको २७ करोड ४८ लाख रुपैयाँ हिनामिना गरेका छन् । त्यसैगरी महेन्द्र भोटेले ९ करोड रुपैयाँ हिनामिना गरेको देखिएको छ ।
जीबी राई र महेन्द्र भोटेको समूहले कृतिम शेयर सदस्य र खाता खोलेर सहकारीको रकम हिनामिना गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा राखिएको प्रहरीको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
देशभरका विभिन्न सहकारीबाट गरेर झण्डैं १६ अर्ब रुपैयाँ लुटेको यो समूहले नेटवर्क बनाएर विभिन्न क्षेत्रमा लगानी गरेको जीबी राई समूहले पोखरामा पनि कागजातबिनै विभिन्न सहायक कम्पनीका नाममा पैसा अपचलन गरेको देखिएको प्रहरीले जनाएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन