
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
६प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा, २५ भदौं । नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय गगनगौंडा डिपो पोखराका डिजेल चोरी घटनाका मुख्य अभियुक्त तत्कालिन डिपोप्रमुख चितरञ्जन दास विरुद्ध जिल्ला अदालत कास्कीले आज पक्राउ पुर्जी जारी गरेको छ भने अन्य तीनजनालाई धरौंटीमा आइतबार नैं रिहा गरेको छ ।
मुख्य अभियुक्त दास फरार रहेकाले उनको नाममा ३५ दिनभित्र अदालतमा हाजिर गराउने गरी पक्राउ पुर्जी जारी भएको जिल्ला अदालतका शाखा अधिकृत दुर्गाप्रसाद रिजालले जानकारी दिएका छन् । सोमबार दिउँसो अदालतले जिल्ला प्रहरी कार्यालय कास्कीलाई पक्राउ पुर्जी पठाई सकेको छ । घटना भएकै दिनदेखि फरार रहेका कार्यालय प्रमुख दासलाई यस अघि प्रहरीले पक्राउ पुर्जी जारी गरी खोजतलास गरे पनि भारततर्फ भागेको हुँदा पक्राउ गर्न भने सकेन ।
‘अदालतमा आरोपपत्र दर्ता भइसक्दासमेत फरार रहेका दासविरुद्ध अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो । अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ५८ र उपदफा ७ अन्तर्गत रहेर अनुसूची २५ बमोजिम पक्राउ पुर्जी जारी गरेको हो,’ रिजालले भने ।
प्रहरी प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । आईतबार भएको थुनछेक बहसका क्रममा पश्चिमाञ्चल ट्रेडर्सका पेट्रोलपम्प सञ्चालक बाबुराम जम्कट्टेललाई डेढ लाख रुपैयाँ, गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगानालाई एक लाख रुपैयाँ र ट्यांकरचालक निर्मल थापालाई ७५ हजार रुपैयाँ धरौंटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । अदालतमा दायर भएको आरोप पत्रमा जम्कट्टेल, ढुंगाना र थापालाई समान तीन वर्षसम्म कैद वा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय माग गरिएको छ ।
जिल्ला अदालतमा दायर भएको आरोप–पत्रमा दासलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना गर्नुपर्ने माग दाबी गरिएको छ । त्यस्तै, सरकारी सेवामा रहेर सरकारी सम्पत्तिमा हानीनोक्सानी पु¥याएकाले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) सम्बन्धी नियमावली ०७५ को दफा १५ (२) को ङ अनुसार हुने सजायको डेढी सजायको पनि माग गरिएको छ ।
दासलाई पक्राउ गरेपछि वा आफैँ अदालतको सम्पर्कमा आएपछि सुरुमा आरोपितसँग बयान लिइने र बयानपछि थुनछेक बहस सुरु हुनेछ । त्यसक्रममा पक्ष र विपक्षको बहस सुनेर धरौटीमा छाड्ने वा हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्ने भन्ने निर्णय अदालतले गर्नेछ ।
डिपोबाट यहीं साउन २५ गते १२ हजार लिटर डिजेल बिक्री गरेको बिल बनाई १५ हजार तीन सय लिटर पठाएको भन्दैं जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले ट्यांकरसहित चालकलाई पक्राउ गरेको थियो । चालक र ट्यांकर पक्राउ परेसँगैं सोही साँझ दास कार्यालयमा चावी लगाई सम्पर्कविहिन भएका थिए ।
विवादित दास सम्पर्कमा पनि नआएपछि तत्कालै नेपाल आयल निगमले सेवाबाट निलम्बन गरेको थियो । एकातर्फ जिल्ला प्रशासन कार्यालय कास्कीले यो मुद्दाको अनुसन्धान गर्न फाईल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा पठाएको थियो । अर्कोतर्फ घटनाबारे लेखनाथमा रहेको ईलाका प्रहरी कार्यालय, हंसपुरले विस्तृत छानबिन गरी ठगी कसुरमा मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ