
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
६घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
७पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
८चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
पोखरा, २५ भदौं । नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय गगनगौंडा डिपो पोखराका डिजेल चोरी घटनाका मुख्य अभियुक्त तत्कालिन डिपोप्रमुख चितरञ्जन दास विरुद्ध जिल्ला अदालत कास्कीले आज पक्राउ पुर्जी जारी गरेको छ भने अन्य तीनजनालाई धरौंटीमा आइतबार नैं रिहा गरेको छ ।
मुख्य अभियुक्त दास फरार रहेकाले उनको नाममा ३५ दिनभित्र अदालतमा हाजिर गराउने गरी पक्राउ पुर्जी जारी भएको जिल्ला अदालतका शाखा अधिकृत दुर्गाप्रसाद रिजालले जानकारी दिएका छन् । सोमबार दिउँसो अदालतले जिल्ला प्रहरी कार्यालय कास्कीलाई पक्राउ पुर्जी पठाई सकेको छ । घटना भएकै दिनदेखि फरार रहेका कार्यालय प्रमुख दासलाई यस अघि प्रहरीले पक्राउ पुर्जी जारी गरी खोजतलास गरे पनि भारततर्फ भागेको हुँदा पक्राउ गर्न भने सकेन ।
‘अदालतमा आरोपपत्र दर्ता भइसक्दासमेत फरार रहेका दासविरुद्ध अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो । अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ५८ र उपदफा ७ अन्तर्गत रहेर अनुसूची २५ बमोजिम पक्राउ पुर्जी जारी गरेको हो,’ रिजालले भने ।
प्रहरी प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । आईतबार भएको थुनछेक बहसका क्रममा पश्चिमाञ्चल ट्रेडर्सका पेट्रोलपम्प सञ्चालक बाबुराम जम्कट्टेललाई डेढ लाख रुपैयाँ, गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगानालाई एक लाख रुपैयाँ र ट्यांकरचालक निर्मल थापालाई ७५ हजार रुपैयाँ धरौंटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । अदालतमा दायर भएको आरोप पत्रमा जम्कट्टेल, ढुंगाना र थापालाई समान तीन वर्षसम्म कैद वा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय माग गरिएको छ ।
जिल्ला अदालतमा दायर भएको आरोप–पत्रमा दासलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना गर्नुपर्ने माग दाबी गरिएको छ । त्यस्तै, सरकारी सेवामा रहेर सरकारी सम्पत्तिमा हानीनोक्सानी पु¥याएकाले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) सम्बन्धी नियमावली ०७५ को दफा १५ (२) को ङ अनुसार हुने सजायको डेढी सजायको पनि माग गरिएको छ ।
दासलाई पक्राउ गरेपछि वा आफैँ अदालतको सम्पर्कमा आएपछि सुरुमा आरोपितसँग बयान लिइने र बयानपछि थुनछेक बहस सुरु हुनेछ । त्यसक्रममा पक्ष र विपक्षको बहस सुनेर धरौटीमा छाड्ने वा हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्ने भन्ने निर्णय अदालतले गर्नेछ ।
डिपोबाट यहीं साउन २५ गते १२ हजार लिटर डिजेल बिक्री गरेको बिल बनाई १५ हजार तीन सय लिटर पठाएको भन्दैं जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले ट्यांकरसहित चालकलाई पक्राउ गरेको थियो । चालक र ट्यांकर पक्राउ परेसँगैं सोही साँझ दास कार्यालयमा चावी लगाई सम्पर्कविहिन भएका थिए ।
विवादित दास सम्पर्कमा पनि नआएपछि तत्कालै नेपाल आयल निगमले सेवाबाट निलम्बन गरेको थियो । एकातर्फ जिल्ला प्रशासन कार्यालय कास्कीले यो मुद्दाको अनुसन्धान गर्न फाईल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा पठाएको थियो । अर्कोतर्फ घटनाबारे लेखनाथमा रहेको ईलाका प्रहरी कार्यालय, हंसपुरले विस्तृत छानबिन गरी ठगी कसुरमा मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित