१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
जीबी समूहले पोखराको सूर्य दर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, बुटवलमा सुप्रिम सहकारी, वीरगन्जमा सानो पाइला, चितवनमा सहारा, काठमाडौंमै हाम्रो नयाँ कृषि सहकारी, नेपालगन्जमा समानता, काठमाडौंमै लालीगुराँस र ललितपुरमा कल्याण उपकार सहकारी सञ्चालनमा ल्याएका थिए । यी सबै सहकारीमा बचतकर्ताले रकम फिर्ता पाएका छैनन् । यी सबै सहकारीमा बचतकर्ताको १६ अर्बभन्दा बढी बचत रकम यो समूहले हिनामिना गरेको छ ।
पोखरा, २५ भदौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा र ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत रहेका गितेन्द्र राई (जीबी)को समूह विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पोखरादेखि देशभरका टोलेगुण्डाहरुसँग मिलेर सहकारीको रकम हिनामिना गर्दै आईरहेका जीबी राई समूहले १६ अर्बभन्दा बढी रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जीबी राई समूहका ७ जना विरुद्ध भदौं २२ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरेको हो । यो समूहले ९ सय ७१ जना बचतकर्ताहरुको १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रुपैयाँ रकम हिनामिना गरेका थिए । सो सहकारीको कुल कारोबार १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको नाममा यो समूहले पोखराबाट कारोबार शुरु गरेको थियो । हाल यस सहकारीको अध्यक्षमा थानबहादुर बुढा र कोषाध्यक्षमा जीबीका मुख्य सहयोगी कुमार रम्तेल रहेका छन् । ग्यालेक्सी टेलिभिजनमा रम्तेल पनि सञ्चालकको रुपमा रहेका छन् । प्रहरीले हालसम्म सहकारीका कुनै सञ्चालकलाई पक्राउ गर्न सकेको छैन ।
पोखराबाट सहकारी शुरु गर्दै देशका विभिन्न शहरहरुमा पुगेको यो समूहले सहकारीसँगैं मिडिया क्षेत्र, नेटवर्किङ व्यवसाय हुँदैं स्थानीय टोले गुन्डाहरुसँग मिलेर रात्रिकालिन व्यवसाय हुँदै होटल सञ्चालनमा नाममा पनि लगानी गर्दै आईरहेका थिए ।
सहकारीको रकम बिना धितो लाखौं रुपैयाँ टोले गुन्डाहरुलाई बाँड्ने र ठगी धन्दामा संलग्न यो समूहका बारेमा स्थानीय टोले गुन्डाहरुको सामाजिक सञ्जाल फेसबुक र उनीहरुसँगको तस्विरहरुबाट पनि प्रष्ट रुपमा बुझ्न सकिन्छ । पोखरामा मोस्ट वाण्टेडको सूचीमा रही अपराधिक धन्दामा संलग्न र हाल राजनीतिक दलका युवा संगठनमा आवद्ध केही समूहमा समेत यो गिरोहको लगानी छ ।
पोखरादेखि अन्य शहरमा खोलिएका सहकारीको रकम पनि हिनामिना