
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
आमाको माईतीले दिएको जग्गामा होटल बाराही शुरु गरेका पुजारीका छोरा भनेर चिनिने पर्यटन व्यवसायी विप्लव पौडेल लगायतले निर्माण गरेको यो पाँच तारे होटलदेखि यो समूहको विभिन्न व्यवसायमा नेता माधवकुमार नेपाल, वाईडवडीदेखि एनसेल लगायतका काण्डमा भ्रष्टाचारको आरोप लागेका स्वर्गीय नेता रवीन्द्र अधिकारी र सुन तस्करी आरोपमा कारवाहीमा परेका झलकराम अधिकारी लगायतका नेताहरुको कालोधन लगानी भएको भन्ने आरोप पनि लाग्दैं आईरहेको छ ।
पोखरा, १५ भदौं । वाराही सेदी प्रा.लि.ले पोखरा वडा नं. १८ सेदीमा नियम विपरित निर्माण गरिरहेको पाँच तारे होटल सेदी लक्जरीले राज्यलाई १५ लाख रुपैयाँ जरिवाना तिरेको छ । वन तथा वातावरण मन्त्रालय सिंहदरबार काठमाडौले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत नगरी सेदी लक्जरी होटलले भौतिक संरचनाहरु निर्माण तथा डाँडा कटान गर्ने कार्य गरेको हुँदा १५ लाख रुपैयाँ जरिवाना गराएको हो ।
वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी राजनीतिक शक्ति, पहुँच, गुण्डागर्दी र आर्थिक चलखेलको आधारमा धमाधम डोजर र मेशिन प्रयोग गरी डाँडा कटान गर्दै आधा भन्दा बढी भौतिक संरचनाहरु निर्माणको काम सम्पन्न गरेसँगैं जरिवाना गराईएको हो । यहीं वैशाख २४ गते वाराही सेदी प्रा.लि.ले १५ लाख रुपैयाँ जरिवाना तिरेको हो ।
फेवाताल भन्दा तीनसय ३० मिटर नजिक बन्न बनिरहेको यो होटलले विना स्वीकृति डोजर र मेशिन प्रयोग गरी डाँडा कटान गर्नुका साथैं त्यहाँको माटोले फेवातालको सिमसार क्षेत्र पुर्ने काम गर्दै आईरहेको थियो । फेवातालका अधिकांश सिमसार क्षेत्र यहीं डाँडो कटान गरिएको माटोले पुरिएपछि यसको स्थानीयले विरोध समेत गरेका थिए ।

वातावरणीय प्रभाव मूल्यांकन समेत नगरी विना स्वीकृति नक्सा पनि पास नगरी वाराही सेदी प्रा.लि.ले डाँडोमा डोजर र मेशिन प्रयोग गरी धमाधम बनाएको संरचनाहरु । तस्विर राजेन्द्र अधिकारी/डन न्यूज
५२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटलले राजनीतिक शक्ति, पहुँच र गुण्डागर्दीको बलमा प्रचलित कानुन विपरित निर्माण कार्य शुरु गरेको थियो । पोखरा महानगरपालिकाका तत्कालिन मेयर मानबहादुर जिसी र हालका मेयर धनराज आचार्यसँगको राजनीतिक सम्बन्ध र पहुँचका कारण नियम विपरित बनाईएको यो संरचनाको न त पोखरा महानगरपालिकाले कहिल्यैं अनुगमन गरेको थियो, न त यहाँका सम्पदा संरक्षणकर्ता तथा अभियन्ताहरुले नै केही बोल्न सकेका थिए ।

वातावरणीय प्रभाव मूल्यांकन समेत नगरी यसरी डाँडामा वाराही सेदी प्रा.लि.ले डोजर र मेशिन प्रयोग गरी यहाँको माटो फेवातालको सिमसार क्षेत्र पुर्न प्रयोग गरिएको थियो । दुवै काम अवैधानिक थियो। तस्विर: डन न्यूज
‘सामान्य एउटा नागरिकले बनाएको झुप्रोमा मेयर र वडाध्यक्ष स्वयम् उपस्थित भएर डोजर लगाउँदै भत्काउने काम हुन्छ यहाँ,’ स्थानीयवासीहरुले एकै स्वरमा भने–‘नेताको कालोधन लगानी भएका यस्ता संरचनाहरु निर्माण गर्दा न त राज्यको नियम पालना गर्नुपर्ने, न त कानुन नै लाग्ने । यसरी राज्यको पुरै नियम विपरित डाँडा कटान गर्दै यति ठुला र धेरै संरचनाहरु निर्माण हुँदा समेत सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरुले देखे नदेखेको झैं गरिरहे ।’

‘सानालाई ऐन, ठुलाई चैन’ : यहाँ राजनीतिक शक्ति, पहुँच र दादागिरीका कारण यसरी खुलेआम डाँडा कटान गर्ने र भवन निर्माण गर्ने काम हुँदा समेत कोही बोल्न सकेन । तस्विर: डन न्यूज
मापदण्ड विपरित होटलको भवन निर्माणको ५० प्रतिशत भन्दा बढी कार्य सम्पन्न गरेपछि मात्र यस होटलले लाखौं रुपैयाँ जरिवाना तिरेर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन यहीं जेठ ३ गते स्वीकृत गराएको थियो । फेवातालको नजिकै र राष्ट्रिय वन क्षेत्रसँगैं रहेको यो जंगलले भरिएको डाँडा कटान गर्दा स्थानीय निकायका प्रमुख तथा जिम्मेवार व्यक्तिहरु आर्थिक चलखेलमा परेर मौंन बसेको आरोप पोखरेलीहरुले लगाउँदैं आईरहेका पनि थिए ।
वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरेपछि मात्र भवन निर्माण कार्य गर्नु पर्नेमा नियम विपरित डोजर तथा मेशिन प्रयोग गरेर डाँडा कटान गर्ने र भौतिक संरचनाहरु निर्माण गर्ने अवैधानिक कार्यबाट यो प्रा.लि.मा रहेका पात्रहरुको बारेमा प्रष्ट बुझ्न सकिन्छ । नियम र कानुनलाई बलमिच्याई गर्दै मापदण्ड विपरित भएका गतिविधिहरुका कारण यो होटल विवादमा परेको छ । भर्खरैं जरिवाना तिरेर ईआईए गरेको यस कम्पनीले साधारण शेयर निष्कासन र बिक्री गर्ने काम गरेपनि नियम विपरित भईरहेका कम्पनीका गतिविधिका कारण यस प्रा.लि.प्रति सर्वसाधारणहरु संशकित बन्न पुगेका छन् ।
आज अर्बौ रकममा खेलिरहेका पोखराका पर्यटन व्यवसायी तथा होटल बाराहीका मालिक विप्लव पौडेलले जनयुद्धको बेलामा होटल धान्न नसकेको भन्दै सरकारसँग करिब ७०/८० लाख रुपैयाँ भन्दा बढि ऋण मिनाहा गराएका थिए । २० वर्षको अवधिमा शंकास्पद तथा अकल्पनीय कारोबार गरिरहेका विप्लव पौडेलको समूहले काठमाडौं, चितवनदेखि पोखरामा अनेकन् यस्ता होटल तथा व्यवसायहरु सञ्चालनमा ल्याएका छन् । जसमा नेताको र तस्करको कालो धनको लगानी भएको छ भन्ने चर्चा पोखरामा व्याप्त छ ।
के छ त वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धि कानुनमा ?
वातावरण संरक्षण ऐन, २०७६ को दफा ३ को उपदफा (१) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ३ को खण्ड ६ (१) तथा अनुसूची ३ (६) (१) अनुरुप १०० बेड भन्दा बढीको होटल वा रिसोर्ट निर्माण, स्थापना तथा सञ्चालन गर्नका लागि वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य रुपमा गर्नुपर्दछ । २५० बेड क्षमता भएको यस होटलले वातावरणीय प्रभाव मूल्यांकन नै नगरी धमाधम संरचनाहरु वर्षौंदेखि निर्माण गर्दै आईरहेको थियो ।
स्थानीय जनताहरुले कसैलाई काखा, कसैलाई पाखा गर्ने र राज्यको नियम सबैलाई बराबर लागू नगरिएको भन्दैं डाडाँ कटान कार्य शुरु भईरहँदा व्यापक विरोध गरेका थिए । तर तत्कालिन नेकपा एमालेका मेयर मानबहादुर जिसी र वर्तमान मेयर धनराज आचार्यको टिमले जनताको आवाजलाई सुन्दैं नसुनी धमाधम डोजर लगाएर डाँडा कटान गर्न उल्टै सहयोगी भूमिका खेल्दैं आईरहेको थियो ।

‘ले हेर्नुस् विप्लव समूहको दादागिरी’ : पोखरा महानगरपालिकाले मापदण्ड कि त पहुँच नभएका, कि त प्रतिशोध साँध्नका लागि मात्र लागू गराउँछ भन्ने कुरा यो दृश्यले पनि पुष्टि गर्छ । विवादित सेदी लक्जरी होटलले खुलेआम सडक मापदण्ड मिचेर बनाएको संरचना ।
वृक्षारोपणका लागि २ लाख रुपैयाँ छुट्टयाएको यो होटलले जैविक वातावरण खलबलिने गरी त्यहाँ डाँडामा भएका रुखहरु धमाधम काट्ने र माटो लगेर फेवातालको सिमसार क्षेत्र पुर्ने काम गर्दै आईरहेको छ । प्रतिवेदनमा त्यस डाँडामा र क्षेत्रमा ठुला रुख नभएको साथै स्तनधारी जनावरको वासस्थान नभएको र चारसय ५० मिटरको दुरीमा जंगल रहेको भन्दै सरासर ढाँट्ने काम पनि गरिएको छ । तर प्रतिवेदन भने पास भईसकेको अवस्था छ ।

गरिबको झुपडी र सामान्य नागरिकका घरहरु भत्काउन हिड्ने पोखरा महानगरपालिका र यसको पिछलग्गु भएर देखा पर्ने कथित नागरिक समाज लगायतको टोली मौंन बस्नु पछाडिको मुख्य कारण आर्थिक चलखेल र त्रास नैं हो । तस्विर: डन न्यूज
आमाको माईतीले दिएको जग्गामा होटल बाराही शुरु गरेका पुजारीका छोरा भनेर चिनिने पर्यटन व्यवसायी विप्लव पौडेल लगायतले निर्माण गरेको यो पाँच तारे होटलदेखि यो समूहको विभिन्न व्यवसायमा नेता माधवकुमार नेपाल, वाईडवडीदेखि एनसेल लगायतका काण्डमा भ्रष्टाचारको आरोप लागेका स्वर्गीय नेता रवीन्द्र अधिकारी र सुन तस्करी आरोपमा कारवाहीमा परेका झलकराम अधिकारी लगायतका नेताहरुको कालोधन लगानी भएको भन्ने आरोप पनि लाग्दैं आईरहेको छ ।

‘काम सकिएपछि बल्ल ईआईए’: डाँडा कटान तथा भवन निर्माण कार्य शुरु गर्नु अघि गर्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) होटलका सम्पूर्ण भौतिक संरचनाहरुको निर्माणको ५० प्रतिशत भन्दा बढि काम सम्पन्न गरेको ३/४ वर्षपछि बल्ल गरिएको छ । कानुन नै नमान्ने र नियम विपरितका कार्यहरु गर्ने विप्लव पौडेल समूहको दादागिरी यतिबेला सेदी लक्जरी होटल निर्माणका क्रममा छताछुल्ल भएको छ ।
बैंकलाई ऋण तिर्न नसकेपछि रुग्ण उद्योगमा होटल बाराहीको ऋण मिनाहा गराएका थिए विप्लवले
आज अर्बौ रकममा खेलिरहेका पोखराका पर्यटन व्यवसायी तथा होटल बाराहीका मालिक विप्लव पौडेलले जनयुद्धको बेलामा होटल धान्न नसकेको भन्दै सरकारसँग करिब ७०/८० लाख रुपैयाँ भन्दा बढि ऋण रुग्ण उद्योगका नाममा घाटामा देखाएर मिनाहा गराएका थिए । २० वर्षको अवधिमा शंकास्पद तथा अकल्पनीय कारोबार गरिरहेका विप्लव पौडेलको समूहले काठमाडौं, चितवनदेखि पोखरामा अनेकन् यस्ता होटल तथा व्यवसायहरु सञ्चालनमा ल्याएका छन् । जसमा नेताको र तस्करको कालो धनको लगानी भएको छ भन्ने चर्चा पोखरामा व्याप्त छ ।

विप्लव पौडेलले जनयुद्धको बेलामा तस्विरमा देखिएको होटल बाराही सञ्चालन गर्न नसकेपछि बैंकबाट लिएको ऋण रुग्ण उद्योगका नाममा मिनाहा गराएका थिए । ७०/८० लाख रुपैयाँ तिर्न नसकेर सरकारसँग छुट माग्दैं हिड्ने विप्लव समूहका गतिविधि र आर्थिक कारोबारहरु शंकास्पद छन् । यसतर्फ राज्यले उचित छानबिन गर्नुपर्ने देखिन्छ ।
‘पोखरामा विप्लवसँगैं पर्यटन व्यवसायमा उदाएका हस्तीहरु धेरै पलायन भईसके’, एक स्थानीयले भने–‘जनयुद्धका बेलामा होटल बाराही सञ्चालन गर्न नसकेर सरकारले ऋण मिनाहा गरेको यो परिवारले यति छोटो अवधिमा गरेको यो आर्थिक कारोबारको घेरा शंकास्पद छ । यसको अनुसन्धान राज्यका निकायले गर्नैपर्छ ।’
‘धमाधम पर्यटन व्यवसायीहरु विस्थापित हुने र आत्महत्या गर्नुपर्ने स्थितिमा पुगिरहेको बेलामा, यो वा त्यो वाहनामा खोलिएका यस्ता संरचनाहरुको भित्री लगानी नेताहरुको कालोधन र तस्करहरुको पैसा नै हो ।’ उनले भने–‘पोखरामा कोही बोल्न नै नसक्ने स्थिति बनाईएको छ । एकातर्फ राजनीतिक संरक्षण छ । अर्कोतर्फ केही त्यस्तै मिडियामा यो ग्रुपको लगानी छ । अनि जनतालाई आतंकित पार्ने मोस्ट वान्टेण्ड सूचीमा रहेका अपराधिक पृष्ठभूमि भएका पात्रहरुसँगको उठबस छ । अनि कसले विरोध गर्ने खुलेर ?’
रुग्ण उद्योग सम्बन्धी मौजुदा नीति तथा कानूनी व्यवस्था :
(क) औद्योगिक व्यवसाय ऐन–२०४९
– लगातार ५ वर्षदेखि घाटामा संचालन भई कूल उत्पादन क्षमताको २० प्रतिशत वा सो भन्दा कम उत्पादन गर्ने उद्योगलाई नेपाल सरकारले उचित देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी रुग्ण उद्योग घोषणा गर्न सक्नेछ ।
– त्यस्ता उद्योगले त्यस्तो उद्योग विस्तार तथा विविधिकरण गर्नको लागि आयात गरिने मेसिनरीमा कुनै महसूल, शुल्क तथा कर लाग्ने छैन ।
(ख) रुग्ण उद्योग पुनर्कर्जा निर्देशिका–२०६०
– न्यूनतम ३ वर्षदेखि संचालनमा रही लगातार २ वर्षदेखि नगद घाटामा गएको ।
– लगातार २ वर्षदेखि पारविन्दु (Break even) मा संचालन हुन नसकेको ।
– रु.२५ लाखभन्दा कम ऋण लिने उद्योगका सन्दर्भमा विगत ३ वर्षको कारोबार क्रमशः २५ प्रतिशतको दरले घटेको ।
(ग) औद्योगिक नीति–२०६७
– रुग्ण उद्योगको पुनरुत्थान तथा पुननिर्माण सम्बन्धी व्यवस्थामा सबै स्तरका रुग्ण उद्योगको पहिचान र पुनरुत्थान तथा पुननिर्माण गर्न कानूनमा व्यवस्था गरी सम्बन्धित क्षेत्रका विशेषज्ञहरु रहेको एक अधिकार सम्पन्न र उच्चस्तरिय न्यायिक अधिकार सहितको आयोग गठन गरी रुग्ण उद्योग सम्बन्धी समस्याको समाधान गरिनेछ। आयोगको संरचना, काम, कर्तव्य र अधिकार कानूनले निर्धारण गरे बमोजिम हुनेछ ।

‘रुख ढालेर डाँडा कटान गर्दाको शुरुको दृश्य’: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उडानको लागि अवरोध हुन पुगेको रिठ्ठेपानी डाँडा काट्ने अनुमति लिन राज्यलाई नैं महिनौं लागेको थियो । तर, यहाँ गुण्डागर्दी, दादागिरी र बल मिच्याई गर्नेहरुले पनि जे गरे पनि हुन्छ भन्ने ज्वलन्त उदाहरण हो सेदी लक्जरी होटलमा विप्लव पौडेल समूहले देखाएको तमासा ।

‘पोखरा महानगरपालिकाको अनुगमनमा वेथिति’: यसरी मापदण्ड विपरित र नक्सा स्वीकृतिको लागि पूरा प्रक्रिया नै पुरा नगरी बनाईएका संरचनाहरु ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन