
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
घटनाको पाँच महिनापछि पीडित महिलाका कानुन व्यवसायी र परिवार बिहीबार इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी राई र एक असईविरुद्ध जबर्जस्ती करणी आरोपको जाहेरी लिएर जिल्ला प्रहरी सप्तरी पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता नगरी उनीहरूलाई फर्काइदिएको छ ।
राजविराज, ९ भदौं । प्रहरी हिरासतमा रहेकी महिलालाई बलात्कार गर्ने डीएसपी दीपक राई विरुद्ध प्रहरीले जाहेरी दर्ता गर्न नमान्दा यसको चौतर्फी रुपमा विरोध भईरहेको छ । थुनुवा महिलालाई बलात्कार गरेको घटना पाँच महिनापछि सार्वजनिक भएको हो ।
कर्तव्य ज्यान मुद्दामा हिरासतमा रहेकी एक महिलामाथि मुद्दा मिलाइदिने र जागिर लगाइदिने प्रलोभन देखाएर प्रहरी कार्यालयभित्रै सप्तरीस्थित इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपक राईले जबर्जस्ती करणी गरेको घटना प्रहरीले नै लुकाएको तथ्य सार्वजनिक भएको हो ।
२०७९ कात्तिक ६ मा पतिको हत्या आरोपमा प्रहरीले ती महिलासहित तीन जनालाई गत चैत ४ मा पक्राउ गरेको थियो । पक्राउ परेको दुई दिनपछि चैत ६ गते राति इलाका प्रहरीका डीएसपी राईले कार्यालयभित्रै जबर्जस्ती करणी गरेको ती महिलाको आरोप लगाएकी छिन् ।
वैशाख ११ मा प्रहरी हिरासतबाट जिल्ला कारागार सप्तरीमा पुर्पक्षका लागि थुनामा पठाइएकी उनले आफू बिरामी भएको बताएपछि भोलिपल्टै १२ गते उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । उनले अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा आफूमाथि प्रहरी कार्यालयभित्रै बलात्कार भएको बयान लेखाएकी थिइन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुर
हिंसामा परेका पीडितको उद्धार, उपचार, मनोपरामर्श र कानुनी उपचारको पहल गर्नका लागि अस्पतालभित्र स्थापना गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्रमा ती महिलाले आफूमाथि प्रहरी कार्यालयभित्रै बलात्कार भएको बयानसमेत लेखाएकी थिइन् ।
केन्द्रकी स्रोत व्यक्ति मनीषा सिम्खडाले रजिस्टरमा ती महिलाको बयान लेखेकी थिइन् । तर त्यसबारे केन्द्रले प्रहरीमा केही जानकारी उपलब्ध गराएन । स्रोत व्यक्ति सिम्खडाले महिलाले हिरासतमा बलात्कार भएको बताएको सञ्चारमाध्यमसँगको कुराकानीमा स्विकार गरेकी छिन् ।
उनले सञ्चारमाध्यमहरुमा भनेकी छिन्–‘मैले उपचारका लागि लिएर आएका प्रहरीलाई त यसबारे बताए तर उच्च प्रहरी अधिकृतसम्म कुरा लग्न सकिन । त्यो कमजोरी भयो ।’ पीडित महिलाको बिरामी पुर्जामा पेट दुखेको र अढाई महिनादेखि महिनावारी नभएको उल्लेख छ ।
पीडितका अनुसार थुनामा रहेका बेला चैत ६ गते राति १२ बजे हाकिम साहेबले बोलाउनुभएको छ भन्दै एक प्रहरीले उनलाई डीएसपीको कोठामा लगेका थिए । सप्तरी जिल्ला कारागारमा रहेकी ती महिलाले आफूलाई कुटपिट गरी निर्वस्त्र पारेर जबर्जस्ती करणी गरेको आरोप लगाएकी छिन् । उनका अनुसार यस्तो क्रम दोस्रो पटक पनि भएको थियो । डीएसपी राईले मुद्दाबाट मुक्त गराएर जागिरसमेत लगाइदिने प्रलोभन दिएको उनले बताइन् ।
‘करणीपश्चात् यो कुरा बाहिर ल्याए २० वर्षसम्म जेलमा सडाइदिने धम्की दिने र नभने मुद्दाबाट मुक्त गराई जागिरसमेत लगाइदिने प्रलोभन दियो,’ सप्तरी कारागारमा रहेकी उनले एक सञ्चारमाध्यमसँगको कुराकानीमा भनिन्, ‘प्रहरी कार्यालयमा मेरो अस्मिता लुटिँदा पनि कसैलाई भन्ने अवस्था थिएन । उक्त घटनापछि म मानसिक तनावमा छु ।’
घटनाको पाँच महिनापछि पीडित महिलाका कानुन व्यवसायी र परिवार बिहीबार इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी राई र एक असईविरुद्ध जबर्जस्ती करणी आरोपको जाहेरी लिएर जिल्ला प्रहरी सप्तरी पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता नगरी उनीहरूलाई फर्काइदिएको छ ।
घटनाका आरोपी इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपक राईले आफूमाथि लागेको आरोप निराधार भएको दाबी गरिरहेका छन् ।
अहिले तालिममा रहेको बताउँदै उनले एक सञ्चारमाध्यमसँगको प्रश्नमा भने, ‘हामी आफैं कानुन कार्यान्वयन गर्ने मान्छे, कहाँ त्यस्तो गर्न मिल्छ ?’ सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले उजुरी आएको स्विकार्दै आन्तरिक रूपमा छानबिन भइरहेको र त्यसपछि मात्र दर्ताका विषयमा केही हुने बताए । तर एसपी कार्की आन्तरिक छानबिनका वाहनामा हिरासतमैं थुनुवा महिलालाई डीएसपीले बलात्कार गरेको घटनामा संवेदनशिल भने देखिएका छैनन् । प्रहरी नैं यो घटनामा बलात्कारको आरोप लागेका डीएसपीलाई जोगाउन र प्रमाणहरु नष्ट गर्न लागिपरेको छ ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !