
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
यो धन्दामा नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चितरञ्जन दासको समेत संलग्नता रहेको छ । यो घटना सार्वजनिक भए लगत्तै कार्यालय प्रमुख दास सम्पर्कविहिन भईसकेका छन् ।
पोखरा, २६ साउन । पेट्रोलियम पदार्थ बिक्री बितरणका नाममा हुँदैं आईरहेको अवैध धन्दामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएको ग२ख ८३६ नम्बरको ट्यांकर व्यवसायी बाबुराम जम्मरकट्टेलको भएको खुलासा भएको छ । नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो पोखराबाट व्यापारी जम्मरकट्टेलको पश्चिमाञ्चल ट्रेडर्स नामको पेट्रोल पम्पमा हिजो राती ल्याइएको पेट्रोलियम पदार्थ जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले खरिद गरिएको भन्दा धेरै परिमाणमा भेट्टाएको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले लेखनाथस्थित पेट्रोल पम्प नजिकैंबाट ट्यांकर समातेको थियो । टोलीले छानबिन गर्दा ट्यांकरमा खरिद गरिएको भन्दा धेरै पेट्रोलियम पदार्थ भेटिएपछि ट्यांकर चालक र ट्यांकरलाई डाँडाको नाक प्रहरी चौकीमा राखिएको थियो ।
वषौंदेखि हुँदैं आईरहेको यो धन्दामा संलग्न जम्मरकट्टेल लेखनाथ उद्योग वाणिज्य संघमा दुईपटक अध्यक्ष भईसकेका व्यक्ति हुन् । लेखनाथ जेसिजका संस्थापक अध्यक्ष समेत रहेका व्यापारी जम्मरकट्टेल नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।
यो धन्दामा नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चितरञ्जन दासको समेत संलग्नता रहेको छ । यो घटना सार्वजनिक भए लगत्तै कार्यालय प्रमुख दास सम्पर्कविहिन भईसकेका छन् । त्यसैगरी, यो घटनामा व्यापारी जम्मरकट्टेललाई बचाउन व्यापारीहरुको बैठक र चलखेल शुरु भईसकेको छ । केही हजारमा रोजगारी गर्दै आईरहेका ट्यांकर चालकलाई फसाएर मुख्य व्यापारी जम्मरकट्टेललाई बचाउने र पछि चालकलाई प्रहरी प्रशासनमा पैसा खुवाएर छुटाउने वचन दिदैं व्यापारीहरु चालकका आफन्तकोमा पुगिसकेको स्रोतले बताएको छ ।
‘एउटा ड्राइभरले पेट्रोलियम पदार्थ ट्यांकरबाट झिकेर बाटोमा बेच्न सक्ला,’ ड्राइभरका आफन्तले भने–‘तर हजारौं लिटर खरिद गरेर पेट्रोल पम्पमा बुझाउन सक्ने न त हैसियत हुन्छ, न त कार्यालय प्रमुखसँग सेटिङ मिलाउने खुबी । यो घटनामा ड्राइभरलाई फसाउने र मुख्य अपराधी बाबुराम जम्मरकट्टेललाई बचाउने काम हुँदैंछ, यसतर्फ जिल्ला प्रशासन कार्यालय कास्कीले ध्यान पुर्याओस् ।’