
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
यो धन्दामा नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चितरञ्जन दासको समेत संलग्नता रहेको छ । यो घटना सार्वजनिक भए लगत्तै कार्यालय प्रमुख दास सम्पर्कविहिन भईसकेका छन् ।
पोखरा, २६ साउन । पेट्रोलियम पदार्थ बिक्री बितरणका नाममा हुँदैं आईरहेको अवैध धन्दामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएको ग२ख ८३६ नम्बरको ट्यांकर व्यवसायी बाबुराम जम्मरकट्टेलको भएको खुलासा भएको छ । नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो पोखराबाट व्यापारी जम्मरकट्टेलको पश्चिमाञ्चल ट्रेडर्स नामको पेट्रोल पम्पमा हिजो राती ल्याइएको पेट्रोलियम पदार्थ जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले खरिद गरिएको भन्दा धेरै परिमाणमा भेट्टाएको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले लेखनाथस्थित पेट्रोल पम्प नजिकैंबाट ट्यांकर समातेको थियो । टोलीले छानबिन गर्दा ट्यांकरमा खरिद गरिएको भन्दा धेरै पेट्रोलियम पदार्थ भेटिएपछि ट्यांकर चालक र ट्यांकरलाई डाँडाको नाक प्रहरी चौकीमा राखिएको थियो ।
वषौंदेखि हुँदैं आईरहेको यो धन्दामा संलग्न जम्मरकट्टेल लेखनाथ उद्योग वाणिज्य संघमा दुईपटक अध्यक्ष भईसकेका व्यक्ति हुन् । लेखनाथ जेसिजका संस्थापक अध्यक्ष समेत रहेका व्यापारी जम्मरकट्टेल नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।
यो धन्दामा नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चितरञ्जन दासको समेत संलग्नता रहेको छ । यो घटना सार्वजनिक भए लगत्तै कार्यालय प्रमुख दास सम्पर्कविहिन भईसकेका छन् । त्यसैगरी, यो घटनामा व्यापारी जम्मरकट्टेललाई बचाउन व्यापारीहरुको बैठक र चलखेल शुरु भईसकेको छ । केही हजारमा रोजगारी गर्दै आईरहेका ट्यांकर चालकलाई फसाएर मुख्य व्यापारी जम्मरकट्टेललाई बचाउने र पछि चालकलाई प्रहरी प्रशासनमा पैसा खुवाएर छुटाउने वचन दिदैं व्यापारीहरु चालकका आफन्तकोमा पुगिसकेको स्रोतले बताएको छ ।
‘एउटा ड्राइभरले पेट्रोलियम पदार्थ ट्यांकरबाट झिकेर बाटोमा बेच्न सक्ला,’ ड्राइभरका आफन्तले भने–‘तर हजारौं लिटर खरिद गरेर पेट्रोल पम्पमा बुझाउन सक्ने न त हैसियत हुन्छ, न त कार्यालय प्रमुखसँग सेटिङ मिलाउने खुबी । यो घटनामा ड्राइभरलाई फसाउने र मुख्य अपराधी बाबुराम जम्मरकट्टेललाई बचाउने काम हुँदैंछ, यसतर्फ जिल्ला प्रशासन कार्यालय कास्कीले ध्यान पुर्याओस् ।’
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन