News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज डन न्यूज खोज प्रमुख समाचार

नेपाल आयल निगम गगनगौंडाका प्रमुख र व्यापारीको मिलेमतोमा हुने अवैध धन्दाको पर्दाफास !

मिलेमतोमा तोकिएको मात्रा भन्दा बढि पेट्रोलियम पदार्थ पठाउने र व्यापारीसँग सिधै पैसा असुल्ने

जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले आज पक्राउ गरेको टयांकर र चेकजाँच गर्दै कर्मचारीहरु । तस्विर : डन न्यूज

पोखरा, २५ साउन । नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चितरञ्जन दास, कर्मचारीहरु र पेट्रोलियम पदार्थ बेच्ने व्यापारी बिचको मिलेमतोमा हुने अवैध धन्दा पर्दाफास भएको छ । ट्यांकरहरुमा तोकिएको मात्रा भन्दा बढि पेट्रोलियम पदार्थ पठाउने र व्यापारीसँग सिधै पैसा असुल्ने धन्दाको पर्दाफास गर्न जिल्ला प्रशासन कार्यालय कास्की सफल भएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले आज यो धन्दाको पर्दाफास गर्दै तोकिएको मात्रा भन्दा बढि पेट्रोलियम पदार्थ बोकेर आईरहेको ग २ ख ८३६ नम्बरको टयांकर र त्यसका चालकलाई पक्राउ गर्न सफल भएको हो । यस विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीले केही पनि सूचना दिन नमिल्ने बताएको छ । अनुसन्धान कैं क्रममा रहेकोले यस विषयमा केही पनि बताउन नमिल्ने प्रशासनको भनाई छ ।

नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखरा

निगमको स्रोतका अनुसार निगमका कार्यालय प्रमुख, केही कर्मचारी र व्यापारीको मिलेमतोमा वर्षौंदेखि यो भन्दा सञ्चालन हुँदैं आईरहेको थियो । यस धन्दामा संलग्न व्यापारीहरुले खरिद गर्ने मूल्यभन्दा केही कम रकममा सम्झौंता गर्ने र त्यो रकम कार्यालय प्रमुख र कर्मचारीहरु अनि व्यापारीहरु मिलेर बाँडफाँड गरेर लिने गरेको निगम कैं एक कर्मचारीले बताए ।

एकातर्फ, पेट्रोलियम पदार्थको परिमाणमा चुहावट भएको भन्दैं केही वर्ष अघि नेपाल आयल निगम गगनगौंडा डिपो पोखराले भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने ट्रयांकरहरुमा लकिङ सिस्टम (टयांकरमा ताला) लगाउन सुरु गरेको थियो । तर आज डिपो कैं संलग्नतामा पेट्रोलियम पदार्थको चुहावट हुने र व्यापारीसँग लाखौं रुपैयाँ असुल्ने गरेको नयाँ  तथ्य सार्वजनिक भएको छ ।

निगमका एक कर्मचारीले डन न्यूजलाई भने–‘यहाँबाट १० हजार लिटर पेट्रोलियम पदार्थको पैसा तिरिन्छ र भरिन्छ । तर कार्यालय प्रमुख र कर्मचारीको मिलेमतोमा ट्यांकरमा १३ हजार पेट्रोलियम पदार्थ हालिन्छ । त्यो बाँकी ३ हजार पेट्रोलियम पदार्थको पैसा व्यापारीसँग छुट्टैं लिएर गिरोहले तह अनुसार बाँडेर खाने गर्दछन् ।’

राज्यको सम्पत्तिमाथिको यो ब्रह्मलुटमा संलग्न निगमका कार्यालय प्रमुख, कर्मचारी र व्यापारीलाई हदैंसम्मको कारवाही गर्नुपर्ने निगमका केही कर्मचारीहरु नैं बताउँछन् । ‘प्रहरी प्रशासनले यस घटनामा दोषीलाई बचाउने काम नगरोस्’, ती कर्मचारीहरुले भने–‘यो धन्दामा डिपोका कार्यालय प्रमुख र केही कर्मचारीहरु, कालोबजारी गर्ने पेट्रोलियम व्यापारीहरु, पोखराका गुन्डादेखि तस्करहरुको संलग्नता छ, घटना मिलाउन आर्थिकदेखि अनेक चलखेल हुन सक्छ । प्रशासनले खुट्टा नकमाओस् र दोषीलाई कारवाही गरोस् ।’

नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखरा

अर्का एक निगमका कर्मचारीले आशंका व्यक्त गर्दै डन न्यूजसँग भने–‘प्रशासनले यो धन्दामा संलग्न भएको पेट्रोलियम पदार्थ बोकेको टयांकर त पक्राउ गर्न सफल भयो, तर प्रहरीकोमा राख्दा विशेष ध्यान दिनु पर्नेछ । मिलेमतोमा रातभरमा जे पनि हुन सक्छ । यसतर्फ प्रशासन सचेत बनोस् र त्यहाँको सिसिक्यामेराको समेत निगरानी गरोस् ।’

आज पक्राउ गरिएको ट्यांकरले कुन पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ लैजाँदैं थियो, त्यस पेट्रोल पम्प सञ्चालकको नाम, ठेगाना र चालकको बयान लगायतका विषयमा अनुसन्धान कैं क्रममा रहेको भन्दैं सूचनाहरु दिन प्रशासनले नमाने पनि थप विवरण छिट्टैं सार्वजनिक होला नैं । तर आर्थिक चलखेल गरी यो गिरोहमा संलग्नहरुलाई प्रशासनले बचाउने काम भने नगरोस् ।

पोखराका केही पेट्रोल पम्प सञ्चालकहरुको मिलेमतोमा हुने यो धन्दा बाहेक टोले गुन्डाहरुसँगको सेटिङमा बर्षौंदेखि चल्दैं आईरहेको मिटरव्याजको कालोधन्दामा पनि पेट्रोल पम्प सञ्चालकहरुमाथि जिल्ला प्रशासन कार्यालय कास्कीले थप अनुसन्धान र खोजी गर्न आवश्यक रहेको पीडितहरुको भनाई छ । जसका लागि पोखराका सब्जीमन्डीदेखि इण्डियन व्यापारीहरुसँग प्रशासनले सोधपुछ गर्ने हो भने डरलाग्दो सञ्जालको पर्दाफास हुने निश्चित छ ।