News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

बाबुआमाको झगडामा दुई महिनाको नाबालकको गयो ज्यान

स्केच साभार

बागलुङ, २२ साउन । बाबुआमाको झैझगडाका कारण दुई महिनाको नाबालकको ज्यान गएको छ । बच्चालाई खोसाखोस र तानातान गर्ने क्रममा बच्चा भुईँमा बजारिदाँ घटनास्थलमा नै मृत्यु भएपछि प्रहरीले आमाबाबु दुवैलाई पक्राउ गरेको छ ।

निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय बाबु विरु विक र  ३० वर्षीया आमा सविनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिएका छन् ।

यहीं साउन १८ गते बिहीबार राति भएको उक्त घटनाको जानकारी प्रहरीले ३ दिन पछि पाएसँगैं बाबुआमालाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा मुद्दा अघि बढाएको हो । जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।