News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

मानव वेचबिखन मुद्दामा गोरखाकी पार्वती पक्राउ

पोखरा, २१ साउन । नावालिका तथा महिलाहरुलाई ललाई फकाई वेटरको राम्रो काम लगाई दिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी यौनजन्य क्रियाकलापमा लगाउँदैं आईरहेको आरोपमा गोरखा पालुङटारकी पार्वती काराखेतीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा वडा नं. ८ सिर्जनाचोकस्थित होटल सञ्चालन गर्दै आईरहेकी ६० वर्षीय पार्वतीलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

नावालिका तथा महिलाहरुलाई ललाई फकाई वेटरको राम्रो काम लगाई दिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी बोलाउने र उनीहरुलाई यौनजन्य क्रियाकलापमा लगाउने गरेको सूचनाको आधारमा पक्राउ गरिएको थियो । पक्राउ परेकी पार्वतीलाई मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरिक्षक श्रवणकुमार विकले जानकारी दिएका छन् ।