
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
९‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१०मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
११निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
१२नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
पोखरा, ५ साउन । विभिन्न सन्दर्भ पारी बृक्षारोपण गर्ने तर संरक्षणमा ध्यान नदिने गरिएको वास्तविकतामा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ ले आज यस अघि बृक्षारोपण गरिएको स्थानका बोटबिरुवा गोडमेल गरेको छ ।
पार्टीका तर्फबाट यस अघि २०७६ साल भदौ २४ गते विपी जयन्तीका अवसरमा उक्त स्थानमा बृक्षारोपण गरिएको नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का कार्यबाहक सभापति दिनेश आचार्यले जानकारी दिनुभयो ।
बोटबिरुवा रोपिने तर त्यसको संरक्षण नहुने गरेको अवस्थालाई दृष्टिगत गर्दै विपी स्मृति दिवसका अवसरमा गोडमेल कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री डा.शशांक कोइरालाले विपीका विचार बर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै काँग्रेसले उहाँको चिन्तनलाई आत्मसात गरी जनता माझ जान सक्नुपर्ने बताउनुभयो । पार्टीका हरेक गतिविधि उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले जनताको जीवनस्तर परिवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव बास्तोला(मधु)ले काँग्रेसको विकल्प खोज्दा राष्ट्रियता, लोकतन्त्र नै गुम्ने खतरा हुने बताउँदै काँग्रेसको नभै काँग्रेस भित्र विकल्प खोज्न सकिने धारणा राख्नुभयो ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले काँग्रेस परिचालन हुँदा समुदाय नै परिचालन हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
महासमिति सदस्य देवराज चालिसेले बिरुवाको गोडमेल भए जस्तै समय समपेक्ष विपी विचारको गोडमेल गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ का सचिव देवकृष्ण पराजुली, वडा नं ९ का वडाअध्यक्ष दीपेन्द्र मर्सानी, उमा ठकुरी लगायतले विपी विचारलाई आत्मसात गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उक्त अवसरमा पूर्व महामन्त्री शशांक कोइरालाले बृक्षारोपण गरिएको स्थललाई विपी बनबाटिका घोषणा गर्नुभएको थियो ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ