
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, २८ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति कास्कीले पोखराको न्यूरोडमा रहेको विवादित अलब्राइट एकेडेमीमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । पोखरा–८, न्यूरोडमा रहेको अलब्राइट एकेडेमीकी सञ्चालिका सनिषा श्रेष्ठले विगत लामो समयदेखि आन्तरिक रुपमा सेटिङ मिलाई परीक्षाका नाममा अमर्यादित क्रियाकलाप गरी अभिभावकहरुसँग लाखौं रुपैयाँ असुल्दै आएकोमा पछिल्लो समय विद्यार्थीहरु पक्राउ पर्न थालेपछि यसको रहस्य खुलेको हो ।
नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाईसेन्स) परीक्षण परीक्षामा पास गराई दिन्छु भन्दै विद्यार्थीहरुलाई प्रश्नको फोटो खिच्न लगाई उक्त प्रश्नको उत्तर स्वयं संस्थाले भाइबर मार्फत् विद्यार्थीलाई उपलब्ध गराउँदै आएको थियो । सो क्रममा यहीं असार २३ गते शनिबारका दिन काठमाडौं महानगरपालिका–१६ बनस्थलीस्थित सिद्धार्थ बनस्थली इन्स्टिच्युटबाट परीक्षा दिईरहेका अलब्राइट एकेडेमी पोखराका ३ जना विद्यार्थीलाई सप्रमाण प्रहरीले पक्राउ गरेको थियो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति कास्कीले पोखराको न्यूरोडमा रहेको विवादित अलब्राइट एकेडेमीमा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।
शनिबार बिहान ९ बजेदेखि साढे ११ बजेसम्म सञ्चालन भएको नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता परीक्षण परीक्षामा अलब्राइट एकेडेमी पोखराकी २० वर्षीया समिक्षा थापा, २० वर्षीया भावना गुरुङ र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ की २३ वर्षीया सबिना आलेमगरलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले सोही एकेडेमीका सञ्चालक एवं सनिसाका श्रीमान् तनहुँ व्यास नगरपालिका वडा नं. ५ का ५० वर्षीय चिजकुमार श्रेष्ठ जसलाई राजकुमार भनेर चिनिनेलाई पनि हिरासतमा लिएको थियो ।
ती तीनजना विद्यार्थीले अलब्राइट एकेडेमीका सञ्चालकको योजनामा प्रश्नपत्र खिचेर बाहिर पठाउनुका साथै म्यासेन्जर ग्रुपमा राखेका थिए ।
त्यसपछि सोही प्रश्नको आधारमा एकेडेमीका योजनाकारहरुले प्रश्नको उत्तर गरेर उनीहरुलाई पठाएका र सोही उत्तर उनीहरुले उत्तरपुस्तिकामा सारेका थिए । प्रहरीले परीक्षार्थीका साथबाट प्रमाणसहित मोबाइल पनि बरामद गरेको थियो । प्रहरीले साईबर क्राइम अन्तर्गत मुद्दा लगाई ती विद्यार्थीहरुलाई हिरासतमा राखेको छ भने सञ्चालक एवं सनिसाका श्रीमानलाई तारेखमा छोडिदिएको छ ।

तत्कालै प्रश्नपत्र लिक भएको सूचना पाएसँगैं परीक्षार्थी पक्राउ गरी काउन्सिलको आकस्मिक बैठक बसेर परीक्षाको नतिजा सूचना जारी गर्दै स्थगन गरेको थियो ।
तत्कालै प्रश्नपत्र लिक भएको सूचना पाएसँगैं परीक्षार्थी पक्राउ गरेर काउन्सिलको आकस्मिक बैठक बसेर परीक्षाको नतिजा सूचना जारी गर्दै स्थगन गरेको थियो । यसरी पक्राउ परेका विद्यार्थीहरुलाई अलब्राइट एकेडेमीका सञ्चालकहरुले योजनामा विभिन्न प्रलोभन दिएर फसाएको पुष्टि भएको छ । अनेरास्ववियु (क्रान्तिकारी)ले योजनावद्ध ढंगले यसरी फसाईएका विद्यार्थीहरुको तत्कालैं रिहाई र दोषी अलब्राइट एकेडेमीकी सञ्चालिका सनिषा श्रेष्ठलाई कारवाहीको माग गरेको छ । नर्सिङको पढाई पुरा गरेर लाइसेन्स लिनका लागि पढ्न पुगेका विद्यार्थीबाट अलब्राइट एकेडेमीले चर्को शुल्क लिने मात्र नभई उनीहरुलाई गलत कार्यमा पनि प्रयोग गर्दै आईरहेको पुष्टि भएपछि आम अभिभावकहरुमा त्रास फैलिएको छ ।

पोखरा–८, न्यूरोडमा रहेको अलब्राइट एकेडेमीकी सञ्चालिका सनिषा श्रेष्ठ
अलब्राइट एकेडेमीका सञ्चालिका सनिषा श्रेष्ठ यतिबेला यहीं मुद्दा मिलाउन काठमाडौंमा पुगेकी छिन् । हामीले यस विषयमा उनलाई बारम्बार फोन गर्दा आफू काठमाडौं भएको र केही कुरा गर्न नसक्ने म्यासेज पठाएकी थिईन् । केही विद्यार्थीलाई प्रयोग गरेर अन्य विद्यार्थीका अभिभावकहरुबाट मोटो रकम असुल्दैं आएकी सञ्चालिका सनिषासहित यो धन्दामा संलग्न अन्य मुख्य योजनाकारहरुलाई प्रहरीले पक्राउ गर्छ वा छुटकरा दिन्छ त्यो भने प्रतिक्षाको विषय बनेको छ ।
एक अभिभावकले डन न्यूजसँग यो विषयमा गम्भिर हुँदैं भने–‘सोझा विद्यार्थीलाई प्रयोग गरेर अलब्राइट एकेडेमीका सञ्चालकहरुले गरेको यो धन्दाबाट विद्यार्थीलाई जोगाएर गिरोहलाई कारवाही गर्न पाए हुन्थ्यो । नत्र ती सोझा विद्यार्थीहरुको भविष्य बर्बाद हुने भयो । यस्तो विश्वासले पठाएको ठाउँमा यस्तो कालो धन्दा हुनेरहिछ, कसरी अब यो संस्थामा आफ्ना छोराछोरी पठाउने हो डर पो लाग्न थाल्यो ।’

१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन