News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

‘म तिम्रो फिगरको फ्यान हुँ’ भन्दैं महिला प्रहरीको नङ्ग्न तस्विर माग्ने इन्सपेक्टरका विरुद्ध छानबिन शुरु

उक्त इन्स्टाग्राम अकाउन्ट ह्याक भएको र आफूले नचलाएको इन्सपेक्टर तिमिल्सिनाको दावी

पोखरा, १८ असार । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्सपेक्टर सुवास तिमिल्सिनाले मातहतकैं महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको विषयमा छानबिन शुरु भएको छ । आफू असुरक्षित भएको भन्दैं ती महिला प्रहरीले कारवाहीका लागि इन्सपेक्टर तिमिल्सिनाले पठाएका म्यासेजहरु ट्वीटरमार्फत् सार्वजनिक गर्दै कारवाहीको लागि विभिन्न निकायहरुमार्फत् दवाव सिर्जना गरेकी थिईन् ।

कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले घटना थाहा पाउने वित्तिकै तत्कालै इलाका प्रहरी कार्यालय शिसुवामा कार्यरत डिएसपी प्रकाश दाहालको संयोजकत्वमा इन्स्पेक्टरदेखि प्रहरी जवानसम्म सदस्य रहेको ५ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए । एसपी केसीले भने–‘छानबिन समितिले अनुसन्धान शुरु गरिसकेको छ । थप अनुसन्धानका लागि साईबर ब्यूरोको सहयोग र ल्याबबाट समेत परिक्षण गर्दैछौं ।’

‘अब बोल्ने’ नामको ट्वीटर ह्याण्डल मार्फत् इन्स्टाग्राममा इन्सपेक्टर र ती महिला प्रहरी बिच भएका संवादहरुको स्क्रिन सर्टहरु सार्वजनिक गरिएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय, अनलाइन खबर, कान्तिपुर दैनिक र पहिलोपोष्ट र सेतोपाटीलाई समेत उल्लेख गर्दै सुरक्षा सेवक भएर उनले नेपाल प्रहरीको शक्तिबाट महिलाका लागि असुरक्षाको वातावरण सिर्जना गरिरहेका स्टाटस समेत लेखिएको छ ।

‘अब बोल्ने’ नामको ट्वीटर ह्याण्डल मार्फत् इन्स्टाग्राममा इन्सपेक्टर र ती महिला प्रहरी बिच भएका संवादहरुको स्क्रिन सर्टहरु सार्वजनिक गरिएको थियो ।

स्क्रिनसटमा उल्लेख भएअनुसार इन्सपेक्टर तिमिल्सिनाले राति ११ बजे फोटो पठाउन भनेका छन् । तिमिल्सिनाले ती महिला प्रहरीको शरीरको फ्यान भएको, नङ्ग्न फोटो पठाउन अनुरोध गरेका लगायत म्यासेज स्क्रिनसटमा उल्लेख छन् । ‘ट्रस्ट मी, इट्स विट्विन अस (विश्वास गर, यो दुईजनाबीच मात्र रहनेछ)’ इन्सपेक्टर सुवासले भनेका छन् । महिलाले आफू र आफ्नो शरीरबारे आफू एकदम ‘प्राइभेट’ रहेको भन्दै नपठाउने भनेकी छन् ।

‘आई ह्याभ ड्यू रेस्पेक्ट टुवार्डस् यू’ भन्दै उनले फेरि फोटो पठाउन भनेका छन् । जवाफमा महिलाले ‘म कसरी विश्वास गर्नसक्छु, अहिलेसम्म भेट पनि भएको छैन’ भनेकी छन् । तिमिल्सिनाले आफ्नो ‘क्लासले पनि नराम्रो गर्न नदिने’ भन्दै उनलाई फोटो पठाउन दबाब दिएको देखिन्छ । तिमिल्सिनाले फेरि तिमी भिडियो कलमा सहज महसुस गर्छौं भन्दै प्रश्न गरेका छन् ।

यता, इन्सपेक्टर तिमिल्सिनाले पनि एसपी केसीलाई निवेदन दिदैं उक्त इन्स्टाग्राम अकाउन्ट ह्याक भएको र आफूले नचलाएको दावी गरेका छन् । ‘मैले चलाउँदै आएको इन्स्टाग्राम आइडी अन्य कसैले ह्याक गरी चलाइरहेको र उक्त आइडीबाट मेरो आफन्त, मित्रहरूलाई अश्लिल खालका म्यासेज गरी रहेको हुँदा उक्त व्यक्तिलाई खोजतलास गरी कानुनी कारबाही गरी पाउँ,’ उनले निवेदनमा भनेका छन् ।