
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पोखरा, १८ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापन एवं शान्तिसुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित प्रदेश शान्तिसुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीतिसहितको गुरुयोजना निर्माणसम्बन्धी गोष्ठीमा उहाँले उच्च मनोबलका साथ काम गर्न सुरक्षा समितिका सदस्यहरूलाई निर्देशन दिनुभयो ।
भौगोलिक विकटताका कारण शान्तिसुरक्षा कायम गर्न र विपद् जोखिमको न्यूनीकरण, राहत, उद्धार, पुनस्र्थापना जस्ता काममा समस्या भोग्नुपरेको उहाँले बताउनुभयो ।
जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति गराउने र विपद् जोखिम न्यूनीकरणका सवालमा प्रदेश सरकार सधैँ सँगै रहेको बताउँदै उहाँले भन्नुभयो, “विपद् व्यवस्थापन, जोखिम न्यूनीकरणमा हामी सबैको पहिलो प्राथमिकता हुनुपर्छ, हाम्रो साधन स्रोतले भ्याएसम्म प्रदेश सरकारसँगै छ, रहन्छ ।”
विपद् जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारले रु १० करोडको विपद् कोष बनाएको उल्लेख गर्दै उहाँले जिल्ला तहमा पनि प्रदेशले १०/१० लाख नघट्ने गरी विपद् कोषमा रकम पठाएको बताउनुभयो ।
सुरक्षा निकाय प्रदेश मातहत हुँदा यस्ता काममा अझै सहज हुने भन्दै उहाँले अहिले पनि सहयोग र सहकार्यबाट काम भइरहेको बताउनुभयो ।
शान्तिसुरक्षाको अनुभूति हुने गरी नागरिकको सेवा गर्नु राष्ट्रसेवक सबैको कर्तव्य भएको बताउँदै मुख्यमन्त्री पाण्डेले पोखरालगायत पर्यटकीय सहरहरूमा रात्रिकालीन व्यवसायलाई सहजरूपमा सञ्चालन हुन दिनुपर्ने र चौबिसै घण्टा खोल्ने वातावरण बनाउन सुरक्षा समितिलाई सुझाव दिनुभयो ।
गोष्ठीमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शान्तिसुरक्षाको अवस्था, चुनौती, विपद्को जोखिम, प्रदेश सरकारसँगको अपेक्षालगायतका बारेमा जानकारी गराउनुभएको थियो ।
गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेशस्थित प्रमुखहरूले बोल्नुभएको थियो ।
गोष्ठीमा भएको छलफल र आएका सुझावलाई केन्द्रित गरेर प्रदेश शान्तिसुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीतिसहितको गुरुयोजना निर्माण गरिने सचिव बद्रीनाथ अधिकारीले बताउनुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप