
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
पोखरा, १८ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापन एवं शान्तिसुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित प्रदेश शान्तिसुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीतिसहितको गुरुयोजना निर्माणसम्बन्धी गोष्ठीमा उहाँले उच्च मनोबलका साथ काम गर्न सुरक्षा समितिका सदस्यहरूलाई निर्देशन दिनुभयो ।
भौगोलिक विकटताका कारण शान्तिसुरक्षा कायम गर्न र विपद् जोखिमको न्यूनीकरण, राहत, उद्धार, पुनस्र्थापना जस्ता काममा समस्या भोग्नुपरेको उहाँले बताउनुभयो ।
जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति गराउने र विपद् जोखिम न्यूनीकरणका सवालमा प्रदेश सरकार सधैँ सँगै रहेको बताउँदै उहाँले भन्नुभयो, “विपद् व्यवस्थापन, जोखिम न्यूनीकरणमा हामी सबैको पहिलो प्राथमिकता हुनुपर्छ, हाम्रो साधन स्रोतले भ्याएसम्म प्रदेश सरकारसँगै छ, रहन्छ ।”
विपद् जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारले रु १० करोडको विपद् कोष बनाएको उल्लेख गर्दै उहाँले जिल्ला तहमा पनि प्रदेशले १०/१० लाख नघट्ने गरी विपद् कोषमा रकम पठाएको बताउनुभयो ।
सुरक्षा निकाय प्रदेश मातहत हुँदा यस्ता काममा अझै सहज हुने भन्दै उहाँले अहिले पनि सहयोग र सहकार्यबाट काम भइरहेको बताउनुभयो ।
शान्तिसुरक्षाको अनुभूति हुने गरी नागरिकको सेवा गर्नु राष्ट्रसेवक सबैको कर्तव्य भएको बताउँदै मुख्यमन्त्री पाण्डेले पोखरालगायत पर्यटकीय सहरहरूमा रात्रिकालीन व्यवसायलाई सहजरूपमा सञ्चालन हुन दिनुपर्ने र चौबिसै घण्टा खोल्ने वातावरण बनाउन सुरक्षा समितिलाई सुझाव दिनुभयो ।
गोष्ठीमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शान्तिसुरक्षाको अवस्था, चुनौती, विपद्को जोखिम, प्रदेश सरकारसँगको अपेक्षालगायतका बारेमा जानकारी गराउनुभएको थियो ।
गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेशस्थित प्रमुखहरूले बोल्नुभएको थियो ।
गोष्ठीमा भएको छलफल र आएका सुझावलाई केन्द्रित गरेर प्रदेश शान्तिसुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीतिसहितको गुरुयोजना निर्माण गरिने सचिव बद्रीनाथ अधिकारीले बताउनुभयो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश