
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
पोखरा, ७ चैत । मध्यराती फोन गरेर नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई धम्क्याउँदै महासंघ कास्की शाखाको कार्यालयमा आगो लगाई ध्वस्त पारिदिने धम्की दिएका एमालेका कार्यकर्ता अर्जुन गिरीका विरुद्धमा पत्रकारहरुका विभिन्न संघसंगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् ।

राती ११ बजेर ८ मिनेट जाँदा अध्यक्ष विमला भण्डारीलाई फोन गरेर धम्क्याउने एमालेका कार्यकर्ता अर्जुन गिरी
नेपाल प्रेस युनियन कास्कीका सचिव प्रदिप पौडेल, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी, समाजवादी प्रेस संगठन कास्कीका अध्यक्ष गणेश बराल, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम र प्रेस सेन्टर पोखरा महानगर समितिका अध्यक्ष शिवराज बस्ताकोटी ‘शिव दाइ’ले संयुक्त रुपमा प्रेस विज्ञप्ति निकाल्दै घटनाप्रति खेद प्रकट गरेका छन् ।
मिति २०७८ चैत ५ गते मध्यराति ११ बजेर आठ मिनेट जाँदा नेकपा एमालेका जिल्ला सदस्य, वडा नं. २१ का इञ्चार्ज र प्रेस चौतारी कास्कीका अध्यक्ष समेत रहेका अर्जुन गिरीले आमपत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ कास्कीको भवनमा आगो लगाउने भन्दै नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष विमला भण्डारीलाई फोनमार्फत् धम्की दिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘खेलकुद पत्रकार मञ्च गण्डकीको निर्वाचनपछि नयाँ कार्यसमितिलाई नेपाल पत्रकार महासंघको सभाहलमा पदस्थापना गराउन खेलकुद पत्रकार मञ्चका निवर्तमान अध्यक्षकैं प्रस्तावमा निर्वाचन समितिले गरेको आग्रहलाई नेपाल पत्रकार महासंघले स्वीकार गरेको हो ।’ विज्ञप्तिमा भनिएको छ–‘यस विषयलाई लिएर पत्रकारहरुको छाता संस्थामाथि धावा बोल्ने निकृष्ट कार्यको हामी कास्कीमा क्रियाशिल पत्रकारसँग सम्बन्धित संघसंगठनहरु खेद प्रकट गर्दछौं ।’
पत्रकारसँग सम्बन्धित एउटा संगठनको जिम्मेवार व्यक्तिले नै देखाएको यस प्रकारको असभ्य र अशोभनीय गतिविधिप्रति भत्र्सना गर्दै आत्मालोचना गर्न समेत विज्ञप्तिमा सचेत गराईएको छ । ‘आगामी दिनमा उत्तेजित र यस्ता खाले अभिव्यक्तिहरुले प्रेस स्वतन्त्रता र महासंघ कैं गरिमामा आँच आउने हाम्रो ठहर छ । चित्त नबुझे वार्ता, छलफल र संवादमार्फत् समस्या समाधान खोज्न सकिने छ ।’ विज्ञप्तिमा भनिएको छ ।
पत्रकार महासंघको भवन समग्र पत्रकारसँगै सबै पोखरेलीहरुको सम्पत्ति भएको हुँदा यसलाई संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको ठहर पनि विज्ञप्तिमा गरिएको छ ।

१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश