News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

बलात्कार आरोपी एमाले नेता बानियाँ पाँच लाख धरौटीमा छुटे

दाङ, ३ चैत । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा एमालेका नेता मोहन बानियाँ पाँचलाख धरौटीमा छुटेका छन् । जुम्लाकी ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एमाले नेता बानियाँलाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको हो । तोकेको रकम बुधबार बेलुका नै बुझाएपछि बानियाँ पुर्पक्षका लागि धरौटीमा रिहा भएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बानियाँले बाँकेस्थित होटल अप्सरामा पैसा दिन्छु भनेर बोलाई त्यहीँ बास बस्न लगाएर बिहानीपख जबरजस्ती करणी गरेको आरोप ती शिक्षिकाले लगाएकी थिईन् । बलात्कारको मुद्दामा धरौंटीमा रिहा भएका एमाले नेता बानियाँलाई यस अघि नै प्रतिनिधि सभा सांसदबाट निलम्बन गरिएको थियो ।