
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
संखुवासभा, २९ फागुन । संखुवासभा भोटखोलाकी बिममाया तामाङलाई वृद्धभत्ता कार्ड बनाइदिने भन्दै मालपोत पुर्याएर उनको जग्गा वडाध्यक्ष किङसाङ भोटेले निकटस्थ कल्पना भोटे, नासु महेन्द्र पराजुलीले श्रीमती कविता र बिममायाका भदा पर्ने सुरेन्द्रले श्रीमती ङिमा लाजुङ भोटेको नाममा पास गराए
संखुवासभामा ७५ वर्षीयालाई वृद्धभत्ताका लागि कार्ड बनाइदिने आश्वासनमा झुक्याएर मालपोत पुर्याई करोडौँको २७ रोपनी जग्गा वडाध्यक्षसहित तीनजनाले हत्याएका छन् । भोटखोला गाउँपालिका– ४ सिप्रङकी बिममाया तामाङको जग्गा किर्ते गरी वडाध्यक्ष किङसाङ भोटे, खाँदबारी मालपोत कार्यालयका नायब सुब्बा महेन्द्रकुमार पराजुली र बिममायाका भदा पर्ने सुरेन्द्र तामाङले परिवार तथा आफन्तको नाममा पास गराएका हुन् ।
संखुवासभाका डिएसपी लालध्वज सुवेदी भन्छन्–
गाउँकी सोझी निरक्षर वृद्धा, त्यसमाथि आँखा कम देख्ने र कान पनि कम सुन्ने बिममाया तामाङलाई वृद्धभत्ताका लागि कार्ड बनाउनुपर्छ भनेर भदा पर्ने सुरेन्द्र तामाङले खाँदबारी मालपोत कार्यालय लगेको भेटियो । वडाध्यक्ष, मालपोतका कर्मचारीलगायतको मिलेमतोमा जग्गा नै हत्याएछन् । यसमा भूमाफियाको गिरोह नै लागेको अनुमान गरेका छौँ, अनुसन्धान जारी छ ।
वडाध्यक्ष किङसाङले निकटस्थ कल्पना भोटे, नासु महेन्द्रकुमारले श्रीमती कविता पराजुली र सुरेन्द्रले पनि श्रीमती ङिमा लाजुङ भोटेको नाममा पास गराएको खुलेको छ । सुरुमा २ फागुनमा जग्गा पास गर्दा नासु महेन्द्रले खाँदबारीस्थित आफ्नै घरमा बस्ने पासाङ शेर्पाको नाममा राखेका थिए । तर, दुई सातापछि १६ फागुनमा पासाङबाट श्रीमती कविताको नाममा सारेका थिए ।
बिममायाको उक्त जग्गा निर्माणको चरणमा रहेको १,०६८ मेगावाटको अपर अरुण जलविद्युत् आयोजनास्थलमा पर्छ । सर्भे भइसकेको उक्त जग्गाको मुआब्जा खाने लोभमा हत्याएको देखिन्छ । उनीहरूले बिममायाको नाममा रहेको कित्ता नम्बर १००, २७४, २७५, २८०, २९२ र ३४८ मध्ये मुआब्जा पाउने दुईवटा कित्ता नम्बर २७५ र २८० मात्रै रजिस्ट्रेसन पास गरेका छन् । सरकार आफैँले निर्माण गर्ने आयोजनाले मुआब्जाको दररेट निर्धारण गरिसकेको छैन । तर, स्थानीयले आयोजनासँग प्रतिरोपनी १० देखि १५ लाख रुपैयाँ पाउनुपर्ने माग गर्दै आएका छन् । प्रतिरोपनी १० लाखका दरले मुआब्जा तोकिए उक्त जग्गाको दुई करोड ७० लाख र १५ लाख तोकिए चार करोड पाँच लाख आउँछ । यसअनुसार मूल्यांकन गर्दा उक्त जग्गाको औसतमा तीन करोड मुआब्जा आउने देखिन्छ ।
जग्गा किर्ते गरी झुक्याएर पास गर्ने कार्यमा संलग्न सातजनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । वडाध्यक्ष किङसाङ भोटे, सुब्बा महेन्द्रकुमार पराजुली र ३० वर्षीय सुरेन्द्र तामाङसहित २१ वर्षीया कल्पना भोटे, २० वर्षीया ङिमा लाजुङ भोटे, चैनपुरका ३५ वर्षीय पासाङ शेर्पा र खाँदबारी मालपोतका लेखापढी व्यवसायी अनिश गुरुङ पक्राउ परेका हुन् । उनीहरूलाई अदालतमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए ।
‘गाउँकी सोझी निरक्षर वृद्धा, त्यसमाथि आँखा कम देख्ने र कान पनि कम सुन्ने बिममाया तामाङलाई वृद्धभत्ताका लागि कार्ड बनाउनुपर्छ भनेर भदा पर्ने सुरेन्द्र तामाङले खाँदबारी मालपोत कार्यालय लगेको भेटियो । वडाध्यक्ष, मालपोतका कर्मचारीलगायतको मिलेमतोमा जग्गा नै हत्याएछन्,’ डिएपी सुवेदीले भने, ‘यसमा भूमाफियाको गिरोह नै लागेको अनुमान गरेका छौँ, अनुसन्धान जारी छ ।’ प्रचलित कानुनअनुसार जग्गा किर्ते र ठगीकाण्डमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान हुन्छ ।
प्रहरीका अनुसार सुरेन्द्रले जग्गा पास गर्न वडा कार्यालयमा सिफारिस लिन जाँदा वडाध्यक्ष किङसाङ भोटेसँग सल्लाह गरेको र सोहीअनुसार मालपोत कार्यालयबाट पास गर्न पुरानै चिनजानका कर्मचारी महेन्द्रकुमार पराजुलीसँग योजना बनाई कसैले थाहै नपाउने गरी जग्गा पास गरेको अनुसन्धानमा खुलेको छ ।
बिममाया निरक्षर भएको फाइदा उठाए भूमाफियाले
भोटखोला– ४ सिप्रङका दलबहादुर तामाङको १५ माघ ०५८ मा मृत्यु भयो । दलबहादुरकी एक मात्र सन्तान हुन् बिममाया । दलबहादुरको मृत्युपछि उनको नाममा रहेको जग्गा एक मात्र हकवाला बिममायाको नाममा आउने भयो ।
बिममायाको सुरुमा भोटखोला– ४ कै भक्त तामाङसँग विवाह भएको थियो । भक्त तामाङपट्टि उनका तीन सन्तान छन् । तर, उनले केही समयपछि दोस्रो विवाह गरिन् । उनी अहिले दिलबहादुर तामाङसँग विवाह गरी खाँदबारी नगरपालिका– ५ रमितेमा बस्दै आएकी छन् । उनले अहिलेसम्म बुबाको नामको जग्गा खोजखबर गरेकी थिइनन् ।
अपर अरुणको मुआब्जामा जग्गा परेको जानकारी पाएपछि भदा पर्ने सुरेन्द्रले सबै खोजी गरे । उनले बिममायालाई भेटेर उनको नाममा रहेको जग्गा किर्ते गरी पास गर्ने योजना बनाए । त्यसका लागि उनले वडाध्यक्ष र मालपोत कर्मचारीसँग साँठगाँठ गरे ।
जग्गा हत्याउन सुरेन्द्रले बिममायालाई खाँदबारी ल्याएर तीन दिन आफ्नै कोठामा राखेका थिए । उनले वृद्धभत्ता बनाउन समय लाग्छ भन्दै तीन दिन राखेर मालपोत कार्यालय पुर्याउने गरेका थिए ।
बिममायाले आफूसँग नागरिकता नै नभएको जानकारी दिएपछि सुरेन्द्रले १ फागुनमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रतिलिपि बनाए । नागरिकता प्राप्त भएपछि मालपोत कार्यालयमा लगेर दिवंगत बुबा दलबहादुरको नाममा रहेको सम्पूर्ण जग्गा बिममायाको नाममा २ फागुनमा नामसारी गराए । सुरुमा सबै जग्गा बिममायाको नाममा लगेपछि कित्ता नम्बर २७५ सुरेन्द्र तामाङले आफ्नी श्रीमती ङिमा लाजुङ भोटेको नाममा रजिस्ट्रेसन पास गरे । कित्ता नम्बर २८० वडाध्यक्ष किङसाङ भोटेको तर्फबाट कल्पना भोटेको नाममा पास गराए । त्यसैबाट पासाङ शेर्पाको नाममा पनि जग्गा नामसारी भयो । पासाङको नाममा लगेको जग्गा १६ फागुनमा मालपोत कार्यालयका नासु महेन्द्र पराजुलीकी श्रीमती कविता पराजुलीको नाममा नामसारी भएको देखिन्छ ।
पराजुलीले आफ्नै घरमा भाडामा बस्ने पासाङ शेर्पालाई फसाएको तथा त्यसको आवश्यक कागजात मिलाउने र लेखापढी गर्ने काम अनिश गुरुङले गरेको भेटिएको डिएसपी सुवेदीले बताए । लेखापढी व्यवसायी गुरुङले वडाध्यक्ष किङसाङ भोटेको वारिसनामामा समेत हस्ताक्षर गरेको देखिएको उनको भनाइ छ ।
‘कसैले थाहा पाउला र योजना विफल बन्छ कि भनेर उनीहरूले रातारात काम गरेको देखिन्छ । मृतकको हकदाबीपछि ३५ दिने सूचना आह्वान गर्नुपर्नेमा तत्कालै जग्गा नामसारी भएको छ,’ सुवेदीले भने । बिममायालाई तीन दिन खाँदबारीमा राखेर काम सकेपछि सुरेन्द्रले वृद्धभत्ताबापतको रकम भन्दै २० हजार रुपैयाँ थमाएर घर पुर्याइदिएका थिए ।
अनि भयो घटनाको पर्दाफास
केही समयअघि बिममायाका भदा पर्ने एकजना फुपूको जग्गाबारे सोधपुछ गर्दै वडा कार्यालय पुगे । वडाध्यक्ष किङसाङलाई भेटेर केही जानकारी लिन खोजे । तर, किङसाङले थर्काएर लखेटे । उनले यो घटना बिममायालाई भेटेर सुनाए । त्यतिवेलासम्म बिममायालाई आफ्नो जग्गा अरूले पास गरे होला भन्ने थाहै थिएन । तर, शंका लागेपछि उनी तिनै भदालाई लिएर मालपोत कार्यालय खाँदबारी पुगे । तर, मालपोत कार्यालयले कागजात हेर्नै दिएन । उनीहरूलाई अझै शंका लाग्यो । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराए । पछि खोजी हुँदा जग्गा ठगीकाण्डको रहस्य खुलेको हो । -नयाँ पत्रिका
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश