बुटवल, २३ फागुन । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा र त्यसपछि पटकपटक जबरजस्ती करणी गरी गर्भपतनसमेत गराएको जाहेरीमा उल्लेख छ ।
मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी अमर थापाका अनुसार ती शिक्षकलाई प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।