
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
जनकराज सापकोटा
सुनसरी, २० फागुन । डिजिटल वालेट प्रयोगकर्ताले सामान्य सचेतना पनि नअपनाउँदा भएको एउटा ठगीको घटनामा कसरी नक्कली सिम र सामाजिक सञ्जाल टिकटकको पनि दुरुपयोग हुन्छ भन्ने एउटा घटना सार्वजनिक भएको छ ।
डिजिटल वालेट प्रयोगकर्ताको अज्ञानता र मोबाइल सिम वितरण प्रणालीमा विद्यमान कमजोरीको फाइदा उठाउँदै वीरगन्जका १९ वर्षीय शुभम् साहले ७ लाख २७ हजार ३ सय ४८ रुपैयाँ ठगी गरेको घटनाले आर्थिक अपराधको फेरिँदो आयामबारे बुझाउँछ ।
भक्तपुरमा बस्ने रामहरि स्माइली मगरलाई फोन आयो । डिजिटल वालेट सेवा प्रदायक कम्पनी ई–सेवाको कर्मचारी बताउने वीरगन्जका शुभम् साहले भने, ‘म ई–सेवाबाट बोलेको । तपाईंले आफ्नै खातामा ५० हजार डिपोजिट गर्नुभयो भने २ हजार ५ सय रुपैयाँ बोनस पाउनुहुन्छ ।’ रामहरिले सोचे, ‘आफ्नै खातामा पैसा जम्मा गरेपछि पाउने बोनस किन गुमाउने रु’ ५० हजार डिपोजिट गरेपछि पनि बोनस नआएपछि रामहरिले फोन गरे । फोन बातचितमै १२ कक्षा अध्ययनरत शुभम्ले भने, ‘बोनस दिने प्रक्रिया हुँदै छ ।’ कुरैकुरामा शुभम्ले सोधे, ‘तपाईंको मोबाइलमा एउटा नम्बर आयो होला, त्यो भन्नुस् त ।’ सोझा रामहरिले एसएमएसमा आएको नम्बर दिए ।
रामहरिले दिएको नम्बर ‘ओटीपी’ (वन टाइम युज पासवर्ड) थियो । प्रविधिबारे चलाख शुभम्ले आफ्नो ई–सेवा अकाउन्ट हात पार्ने प्रयास गरेको रामहरिले पत्तै पाएनन् । उनले दिएको ओटीपीकै भरमा शुभम्ले ई–सेवा खाता आफ्नो नियन्त्रणमा लिए । एकैछिनमा शुभम्ले उनको खाताबाट ४ लाख ८८ हजार रुपैयाँ आफ्नोमा सारिहाले ।
शुभम्सँग गोंगबुमा मोबाइल पसल चलाउने जनक बस्नेतको सम्पर्क नम्बर थियो । बस्नेत हरेक रात टिकटकमा लाइभ बस्थे । उनी टिकटक लाइभबाटै सम्भावित ग्राहकको सम्पर्कमा पुग्थे र उनीहरूलाई मोबाइल बेच्थे । टिकटक लाइभको च्याटबाटै शुभम्ले जनकको नम्बर पाएका थिए । उनले जनकलाई फोन गरेर दुईवटा आइफोन १३ प्रो म्याक्स किन्न खोजेको बताए । जनकले आफूसँग त्यस्तो मोबाइल नभएकाले साथीसँग भनेर उपलब्ध गराइदिने बताए । जनकले मोबाइलका निम्ति अर्का मोबाइल पसले साथी सुभाष सिग्देललाई भने । शुभम्ले रामहरिको ई–सेवामा कनेक्ट भएको उनको बैंक खाताबाट १ लाख ९० हजार सुभाषको बैंक खातामा पठाइदिए । शुभम्लाई आइफोन पठाउँदा तीन हजार फाइदा हुने भए पनि सुभाषले न्युरोडस्थित एक पसलबाट मोबाइल झिकाएर जनकमार्फत वीरगन्ज पठाइदिए ।
आफ्नो ई–सेवा ह्याक गरेर बैंकबाट रकम कसैले झिकिरहेको सूचना रामहरिले सम्बन्धित बैंकले गर्ने मोबाइल म्यासेजमार्फत पाइरहेका थिए । उनले हत्तपत्त बैंकमा पुगेर खाता बन्द गराए र उजुरी बोकेर महानगरीय अपराध महाशाखा पुगे । प्रहरीले शुभम्का क्रियाकलापमाथि अनुसन्धान सुरु गर्यो । शुभम्ले रामहरिलाई ठगेजस्तै गरी ई–सेवाको कर्मचारी बनेर अरू व्यक्तिको पनि अकाउन्ट ह्याक गर्दै खातामा अनधिकृत पहुँच काम गर्दै आएका रहेछन् ।
शुभम्ले जनकसँग जस्तै गरी अर्को मोबाइल पसलमा पनि आइफोन किन्न रकम पठाइसकेका रहेछन् । प्रहरीले ती मोबाइल पसलेलाई मोबाइलको खोलभित्र साबुन राखेर पठाउन अह्रायो । पसलेले प्रहरीले भनेजस्तै गरे । मोबाइलबारे बुझ्न जब शुभम् पुगे, तब प्रहरीले उनलाई पक्राउ गर्यो । महाशाखाका अनुसार शुभम्ले ई–सेवाको खातामा अनधिकृत पहुँच कायम राखेर विभिन्न व्यक्तिबाट ७ लाख २७ हजारभन्दा धेरै ठगेको देखिएको छ । प्रहरीले ठगी कार्यमा शुभम्लाई सघाउने वीरगन्जकै सर्फराज आलमलाई पनि पक्राउ गरेको छ ।
प्रारम्भिक बयानमा शुभम्ले आफूले ठगी नगरेको दाबी गर्दै आएका छन् । किनकि शुभम्ले जुन मोबाइल नम्बरबाट रामहरिसँग कुरा गरेका थिए, त्यो उनले गायब पारिसकेका थिए । प्रहरीले कल डिटेल रेकर्ड (सीडीआर) बाट उक्त सिम शुभम्कै मोबाइलमा प्रयोग भएको निष्कर्ष निकालिसकेको छ । प्रहरी अनुसन्धानले अर्को कुरा पनि पत्ता लगायो कि शुभम्ले ठग्न प्रयोग गरेको एनसेलको सिम नवलपरासीका विष्णु भगवान चौधरीको नागरिकता प्रयोग गरेर निकालिएको देखिन्छ । व्यापारिक प्रतिस्पर्धामा परेर मोबाइल सेवा प्रदायकहरूले प्रामाणिक डकुमेन्टबिना नै सिम वितरण गर्दा त्यस्ता सिमको आर्थिक अपराधमा प्रयोग हुने क्रम बढिरहेको अनुसन्धान अधिकारीहरू बताउँछन् ।
मोबाइल बैंकिङको बढ्दो प्रयोगसँगै यसबाट आर्थिक अपराधका विभिन्न घटना हुने क्रम बढ्दै गएको देखिन्छ । प्राविधिक साक्षरताको कमी, भर्चुअल अपराधका घटनामाथि अनुसन्धान र अभियोजन गर्ने कानुनको अभाव र कमजोर अनुसन्धान प्रणालीको फाइदा शुभम्जस्ता प्रविधिमा सिपालु तन्नेरी पुस्ताहरूले गलत तरिकाले उठाइरहेका छन् ।
महाशाखाका अनुसार पछिल्ला ६ महिनामा मात्रै डिजिटल वालेट सेवा प्रदायक ई–सेवा र खल्तीका खातामा अनधिकृत पहुँच बनाएर भएका ४६ ठगीका घटना प्रहरीमा आएका छन् । जसमा पीडितहरूले ९८ लाख ५९ हजार ५ सय ८६ रुपैयाँ गुमाएका छन् । महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइराला प्रहरीमा नआएका पीडितहरूको संख्या झनै ठूलो हुन सक्ने र देशैभरि यस्ता घटना भइरहेको हुन सक्ने आकलन सुनाउँछन् ।
प्रयोगकर्तालाई प्रलोभनमा पारेर ओटीपी फुत्काउने कामबारे आफूहरू जानकार रहेको ई–सेवाप्रदायक संस्था एफवान सफ्ट ग्र्रुपका निर्देशक सुवास शर्माले बताए । यस्ता घटना रोक्न आफूहरू जनचेतना विस्तारमा लागिरहेको उनको भनाइ छ । आफ्नो सम्पर्कमा आएका पीडितहरूलाई प्रहरीमा रिपोर्ट गर्न अनुरोध गरिरहेको उनले जनाए । प्रलोभन देखाएर वा अन्य तरिकाले ओटीपी हात पार्ने र प्रयोगकर्ताको खाताबाट पैसा चोर्ने प्रवृत्ति निरुत्साहित पार्न आफूहरूले जनचेतना जगाउने काम गरिरहेको मोबाइल वालेट खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउँछन् । ओटीपीको विकल्प केही हुन सक्छ कि भन्नेबारे पनि अध्ययन गरिएको उनको भनाइ छ । ‘हामीले राष्ट्र बैंकसँग हुने छलफलमा पनि यस्तो समस्या समाधान गर्न के गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं,’ उनले भने । -कान्तिपुर दैनिक
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन