
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
पोखरा, ५ फागुन । ठगी धन्दामा सक्रिय रहँदै आएका नेकपा एमालेका नेता तथा अधिवक्ता कमलप्रसाद अर्याललाई पोखरा महानगरपालिकाले कानुनी सल्लाहकारबाट पनि हटाएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कानुनी सल्लाहकार अर्याललाई पदमुक्त गरिएको जानकारी गराएका हुन् ।
मेयर जिसीले सामाजिक सञ्जालमा लेखेका छन् : ‘महानगरको कानुनी सल्लाहकार अधिवक्ता कमलप्रसाद अर्यालको बारेमा आएका समाचारहरु प्रति ध्यानाकर्षण भएको छ । घटनाको सत्यतथ्य छानबिनको लागि प्रशासन समक्ष अनुरोध गर्दै घटनाको छानविनमा असहज परिस्थिति सिर्जना नहोस् भन्नको लागि निज अर्याललाई कानुनी सल्लाहकारको जिम्मेवारीबाट पदमुक्त गरिएको व्यहोरा जानकारी गराउँदछु ।’
ठगी धन्दामा सक्रिय रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका कानुन व्यवसायी कमलप्रसाद अर्याललाई मंगलबार पक्राउ गरेको थियो । मुद्दा हारेर पनि जितेको भन्दै कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १० घान्द्रुकका रामबहादुर दमैसँग कानुन व्यवसायी अर्यालले झुक्याएर रकम असुलेका थिए ।
आफू ठगिएको थाहा पाएपछि पीडित दमैले सोमबार नै जिल्ला प्रहरी कार्यालय कास्कीमा वकिल अर्यालका विरुद्धमा ठगी मुद्दामा जाहेरी दिएका थिए । प्रहरीमा दिईएको जाहेरीमा वकिल अर्यालले ठगी गर्ने क्रममा फैसलाको छायाँ प्रति लिदाँ पनि दुईहजार भन्दा बढि रकम असुल्ने गरेको आरोप लगाएका छन् ।
कास्की प्रहरीले कानुन व्यवसायी अर्याललाई पक्राउका लागि कास्की जिल्ला अदालतबाट आदेश लिदैं आज मंगलबार साँझ पोखरा–१७ पार्दीबाट पक्राउ गरेको थियो । गत असोज ७ गते कास्की जिल्ला अदालतले भैंसी रामबहादुर दमैको नभएको फैसला गरेको थियो । दमैको तर्फबाट बहस गरेका अर्यालले बहस गर्नुभन्दा अघि ५ हजार र बहसपछि मुद्दा जितेको भन्दै थप ५ हजार रुपैयाँ लिएका थिए । मुद्दा जितेकोमा दमैलाई बधाई दिदैं ढाप मारेका वकिल अर्यालले फैसलाको छायाँकपि दिन पनि दमैका आफन्तसँग दुईहजार रुपैयाँ असुलेका थिए । तर अदालतको आदेश पढ्दै जाँदा आफूले मुद्दा हारेको र वकिल अर्यालबाट आफू ठगिएको थाहा पाएपछि दमैले प्रहरीमा उजुरी गरेका हुन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !