
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका-४ बलियामा महिलामाथि सामूहिक बलात्कार भएको छ । इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जना फरार छन् ।
प्रहरीका अनुसार बेलबारी नगरपालिका-४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम गर्न थालेकी थिइन् । काम सकेर साँझमा उनी गछियास्थित बहिनीको घर फर्कदै थिइन् । उनी इटहरीबाट बस चढेर शुक्रबार साँझ करीब ६ बजे गछियासम्म पुगिन् । तर बहिनीको घरसम्म पुग्ने बाटो बर्सिइन् ।
बाटो सोध्दा रामबहादुर नेपालीले बहिनीको घरसम्म पुर्याइदिने भन्दै प्रदेश २-०१-००१ च २२७ नम्बरको गाडीमा चढाए । तर उनले गाडी घुमाउँदै सुन्दरहरैचा-४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगे ।
सोही लजमा ती महिलामाथि रातभर सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । बला’त्कृत महिलाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर छ । उनलाई कोसी अस्पताल विराटनगरमा भर्ना गरेर उपचार जारी छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जील मुकारुङले अनुसार घटनामा संलग्न भएका होटल सन्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परेका छन् ।
सोही होटलमा काम गर्ने आरती श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ । बलात्कारको घटनामा संलग्न भएको भनिएका २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपाली फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।
शनिबार बिहान महिलाले बहिनीलाई खबर गरेकी थिइन् । बहिनी होटलमा पुगेर अस्पताल लगेकी थिइन् । अस्पताल लैजाँदा होटल सन्चालक अर्जुन पनि सँगै आएका थिए । उनलाई अस्पतालबाटै नियन्त्रणमा लिइएको हो । होटल सञ्चालक श्रेष्ठमाथि पीडित महिलाकी बहिनीलाई पनि दुर्व्यवहार गरेको आरोप छ ।
पीडित महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् । पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेर आएका थिए । उनका श्रीमान् २ महिनाअघि पहाड घर खोटाङ गएका थिए ।
दुई छोरीलाई गछियास्थित बहिनीको घरमा छाडेर काम गर्न गएकी उनलाई कामबाट फर्कने क्रममा अपहरण शैलीमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा महिलालाई बेहोस बनाएर करणी गरेको देखिएको प्रहरीले बताएको छ ।
शुक्रबार रातभर सम्पर्कविहीन भएकी महिलाले शनिबार बिहान साढे ८ बजे बहिनीलाई घटना बारेमा जानकारी गराएकी थिइन् । बहिनीलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार बलात्कृत भएको कोठा रगताम्य थियो । उनलाई अस्पताल ल्याउन प्रयोग गरिएको गाडीको सिट पनि रगताम्य देखिएको प्रहरीले बताएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !