काठमाडौँ, २२ जेठ । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा चारजना नयाँ मन्त्रीलाई सिफारिस गरेको छ । आज आइतबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ सिफारिस गर्ने निर्णय गरेको हो ।
एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय गरेका छ ।
एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो ।