
१२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
३कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
४स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
५नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
६रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
७सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
११गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१२तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
मिडिया हाउसले माग सम्बोधन नगरे मिडिया मालिकहरुका घर घेराउ गर्ने र त्यसपछि पनि सुनुवाइ नभए सत्याग्रह थाल्ने महासंघले घोषणा गरे अनुरुप सशक्त रुपमा आन्दोलन अघि बढ्ने”
काठमाडौं । नेपाल पत्रकार महासंघले तीन सञ्चारगृहमा मंगलबार दुई/दुई घण्टा धर्ना दिएको छ । अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रा.लि., कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रा.लि. र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन प्रा.लि.मा कालो ब्यानर सहित दुई घण्टा धर्ना दिईएको हो ।
कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स–सम्मान पुर्नवहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पाँच दिने अल्टिमेटम दिएको महासंघले आज ती सञ्चार गृहमा एउटै समयमा विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएको हो ।

अन्नपूर्ण पोष्ट दैनिकमा भएको धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समस्याग्रस्त सञ्चारगृहका सञ्चालकसँग पटक–पटक औपचारिक अनौपचारिक छलफल गर्दा पनि पत्रकारका माग पुरा नगरेको भन्दै महासंघ आन्दोलन गर्न बाध्य भएको बताए । उनले माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताए ।
नेपाल प्रेस यूनियनका कोषाध्यक्ष सरोज अधिकारीले पत्रकारका जायज माग पुरा गर्नुपर्ने बताए । अन्नपूर्ण पोष्ट दैनिकमा भएको कार्यक्रमको नेतृत्व महासंघका सचिव उदय जिएम र लक्ष्मी पुनले गरेका थिए ।
कारोबार दैनिकमा महासंघका सचिव प्रकाश थापाको नेतृत्वमा भएको कार्यक्रमा महासंघका उपाध्यक्ष विपुल पोखरेलले श्रमजीवी पत्रकारलाई पारिश्रमीक नदिने, बेतलवी बिदामा राख्ने जस्ता कार्यले पत्रकारलाई अन्याय भएको भन्दै तत्काल समस्याको समाधान गर्न सञ्चालकलाई आग्रह गरेका थिए ।
त्यस्तै राजधानी दैनिकमा महासंघका सचिव शीतलप्रसाद महतोले गरेको धर्नामा महासंघका सचिव रामप्रसाद दाहालले सम्बोधन गरेका थिए । प्रेस संगठनका बाग्मती प्रदेश इन्चार्ज विश्वमणि सुवेदीले श्रमजीवी पत्रकारमा पक्षमा महासंघले गर्ने आन्दोलनमा संगठनको साथ रहने बताए ।

नेपाल पत्रकार महासंघले नेतृत्व गरेको आन्दोलनमा प्रेस संगठन नेपाल, नेपाल प्रेस यूनियन, क्रान्तिकारी पत्रकार संगठन, नेपाल, प्रेस नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, फोटो पत्रकार क्लब, पत्रकार विद्यार्थी संगठन, नेपाल लगायत १३ वटा प्रेस सम्बद्घ संघरसंगठनको ऐक्यद्धता जनाएको महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवद्र्धन समितिका सह–संयोजक जन्मदेव जैसीले जानकारी दिए । केन्द्रीय सदस्य समेत रहेका जैसीले मिडिया हाउसले माग सम्बोधन नगरे मिडिया मालिकहरुका घर घेराउ गर्ने र त्यसपछि पनि सुनुवाइ नभए सत्याग्रह थाल्ने महासंघले घोषणा गरे अनुरुप सशक्त रुपमा आन्दोलन अघि बढ्ने बताए ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन