
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
०५६ मा एमालेको टिकट लिएर मनोनयन दर्ता नगराई कांग्रेसलाई निर्विरोध बनाएका भीम कार्की अहिले कास्की-२ (१) मा एमालेका उम्मेदवार छन् ।
पोखरा, २९ कार्तिक । प्रजातन्त्र स्थापना भएको १० वर्षपछि ०५६ मा संसदीय निर्वाचन हुने भयो । मुख्य प्रतिष्पर्धी दल अहिलेका नेपाली कांग्रेस र नेकपा एमाले नै थिए । देशैभरी उम्मेदवारी दर्ता गर्ने बेला भयो ।
दलहरु मनाङमा पनि उम्मेदवारी दर्ता गर्ने तर्खरमा लागे । नेपाली काँग्रेसले पाल्तेन गुरुङलाई उम्मेदवार बनाएर पठायो भने नेकपा एमालेले भीम कार्कीलाई ।
स्याङ्जाको टक्सारमा जन्मेका कार्की त्यस बेला एमाले मनाङ सचिव थिए । त्यस बेला एमालेमा कार्यकारी पद सचिव नै थियो, जिल्ला अध्यक्षको व्यवस्था थिएन ।
२०५२ देखि २०६२ सम्म जिल्ला इन्र्चाज भएका कार्की पार्टीलाई घात गर्दा गर्दै पनि थप ६ वर्ष मनाङमै पार्टी प्रमुख भएर बसे । एमालेप्रति आस्था राख्ने मनाङी जनता र एमालेलाई माया गर्ने कार्यकर्तामा एक किसिमको आशा, भरोसा र उत्साह थियो आम निर्वाचनमा ।
तर जब मनोनयन दर्ताको दिन आयो, मनाङका जनता र कार्यकर्ताको आशा, भरोसा र विश्वासमा पार्टी सचिव तथा उम्मेदवार बनाएर पठाइएका कार्कीले घात गरिदिए । उम्मेदवारी दर्ताको दिन उनी निर्वाचन कार्यालय नै गएनन् । कार्कीले उम्मेदवारी दर्ता नगराएपछि कांग्रेसका पाल्तेन गुरुङ निर्विरोध बने । पाल्तेन भन्छन्, ‘एमालेले पनि टिकट दिएर पठाएको थियो भन्ने सुनेको हो तर मनोनयन दर्ता गर्न अरु कोही आएनन्, म निर्विरोध भएँ ।’
कार्कीमाथि पाल्तेनसँग पैसा लिएर उम्मेदवारी नै नदिएको आरोप छ । विगतमा एमालेलाई धोका दिएकाले अहिले पनि कार्कीलाई विश्वास गर्न नसकिने केही एमालेकै कार्यकर्ता बताउँछन् । एमालेको गढ मानिने पोखरा-१७ का केही एमाले कार्यकर्ताले पार्टीलाई यसरी पनि धोका दिनेलाई जिताएर के गर्ने भन्दै प्रश्न गरेका छन् ।
कार्की अहिले प्रदेश सभा अन्तर्गत कास्की-२ (१) बाट निर्वाचन लडिरहेका छन् । तर कार्यकर्ताले भने २०५६ को मनाङको निर्वाचन सम्झिरहेका छन् । ‘२०५६ को भर्भराउँदो पार्टीलाई धोका दिनेले अहिले गठबन्धनको घेराबन्दीमा परेको पार्टीलाई धोका नदेला भन्ने के आधार छ रु,’ एक एमाले कार्यकर्ताले भने ।
ती कार्यकर्ताले अब पार्टीलाई समानुपातिकमा मात्रै भोट हाल्ने सुनाए । २०५६ को निर्वाचनपछि मनाङमा एमालेको उपस्थिति कमजोर छ । गएको निर्वाचनमा वाम गठबन्धन हुँदामात्र एमालेले फाइदा लिएको थियो ।
कार्की ०७६ बाटमात्र कास्कीको जिम्मेवारीमा जोडिएका हुन् । ०७६ मा उनी कास्की सहइन्चार्ज बनेका थिए । मनाङपछि उनको कार्यक्षेत्र स्याङ्जा र एमाले गण्डकी अञ्चल कमिटी थियो । कार्यकर्तामाझ नभिजेका र कास्कीसँग सम्बन्ध नभएकालाई उम्मेदवार बनाएको भन्दै एमाले कार्यकर्ता पंक्तिमा आक्रोश छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा