
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
०५६ मा एमालेको टिकट लिएर मनोनयन दर्ता नगराई कांग्रेसलाई निर्विरोध बनाएका भीम कार्की अहिले कास्की-२ (१) मा एमालेका उम्मेदवार छन् ।
पोखरा, २९ कार्तिक । प्रजातन्त्र स्थापना भएको १० वर्षपछि ०५६ मा संसदीय निर्वाचन हुने भयो । मुख्य प्रतिष्पर्धी दल अहिलेका नेपाली कांग्रेस र नेकपा एमाले नै थिए । देशैभरी उम्मेदवारी दर्ता गर्ने बेला भयो ।
दलहरु मनाङमा पनि उम्मेदवारी दर्ता गर्ने तर्खरमा लागे । नेपाली काँग्रेसले पाल्तेन गुरुङलाई उम्मेदवार बनाएर पठायो भने नेकपा एमालेले भीम कार्कीलाई ।
स्याङ्जाको टक्सारमा जन्मेका कार्की त्यस बेला एमाले मनाङ सचिव थिए । त्यस बेला एमालेमा कार्यकारी पद सचिव नै थियो, जिल्ला अध्यक्षको व्यवस्था थिएन ।
२०५२ देखि २०६२ सम्म जिल्ला इन्र्चाज भएका कार्की पार्टीलाई घात गर्दा गर्दै पनि थप ६ वर्ष मनाङमै पार्टी प्रमुख भएर बसे । एमालेप्रति आस्था राख्ने मनाङी जनता र एमालेलाई माया गर्ने कार्यकर्तामा एक किसिमको आशा, भरोसा र उत्साह थियो आम निर्वाचनमा ।
तर जब मनोनयन दर्ताको दिन आयो, मनाङका जनता र कार्यकर्ताको आशा, भरोसा र विश्वासमा पार्टी सचिव तथा उम्मेदवार बनाएर पठाइएका कार्कीले घात गरिदिए । उम्मेदवारी दर्ताको दिन उनी निर्वाचन कार्यालय नै गएनन् । कार्कीले उम्मेदवारी दर्ता नगराएपछि कांग्रेसका पाल्तेन गुरुङ निर्विरोध बने । पाल्तेन भन्छन्, ‘एमालेले पनि टिकट दिएर पठाएको थियो भन्ने सुनेको हो तर मनोनयन दर्ता गर्न अरु कोही आएनन्, म निर्विरोध भएँ ।’
कार्कीमाथि पाल्तेनसँग पैसा लिएर उम्मेदवारी नै नदिएको आरोप छ । विगतमा एमालेलाई धोका दिएकाले अहिले पनि कार्कीलाई विश्वास गर्न नसकिने केही एमालेकै कार्यकर्ता बताउँछन् । एमालेको गढ मानिने पोखरा-१७ का केही एमाले कार्यकर्ताले पार्टीलाई यसरी पनि धोका दिनेलाई जिताएर के गर्ने भन्दै प्रश्न गरेका छन् ।
कार्की अहिले प्रदेश सभा अन्तर्गत कास्की-२ (१) बाट निर्वाचन लडिरहेका छन् । तर कार्यकर्ताले भने २०५६ को मनाङको निर्वाचन सम्झिरहेका छन् । ‘२०५६ को भर्भराउँदो पार्टीलाई धोका दिनेले अहिले गठबन्धनको घेराबन्दीमा परेको पार्टीलाई धोका नदेला भन्ने के आधार छ रु,’ एक एमाले कार्यकर्ताले भने ।
ती कार्यकर्ताले अब पार्टीलाई समानुपातिकमा मात्रै भोट हाल्ने सुनाए । २०५६ को निर्वाचनपछि मनाङमा एमालेको उपस्थिति कमजोर छ । गएको निर्वाचनमा वाम गठबन्धन हुँदामात्र एमालेले फाइदा लिएको थियो ।
कार्की ०७६ बाटमात्र कास्कीको जिम्मेवारीमा जोडिएका हुन् । ०७६ मा उनी कास्की सहइन्चार्ज बनेका थिए । मनाङपछि उनको कार्यक्षेत्र स्याङ्जा र एमाले गण्डकी अञ्चल कमिटी थियो । कार्यकर्तामाझ नभिजेका र कास्कीसँग सम्बन्ध नभएकालाई उम्मेदवार बनाएको भन्दै एमाले कार्यकर्ता पंक्तिमा आक्रोश छ ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा