News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं, १७ असार । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । सञ्चारकर्मी रवि लामिछानेले असार ७ गते सो पार्टीको घोषणा गर्दै निर्वाचन आयोगमा दर्ता गराएका थिए । दल दर्ता भएसँगैं स्वतन्त्र पार्टीले चुनाव चिन्ह गोलाकारभित्र घन्टी पाएको छ ।

राजनीतिक दलको नाममा स्वतन्त्र शब्द राख्न नपाइने भन्दै कतिपयले निर्वाचन आयोगमा उजुरी दर्ता गर्दै विरोध गर्दै आईरहेका थिए । २१ जनाको केन्द्रीय समिति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी विधिवत रुपमा दर्ता भएसँगै औपचारिक रुपमा नै छिट्टै नै अन्य सदस्यहरुको पनि नाम सार्वजनिक गर्ने पार्टी संयोजक रवी लामिछानेले जानकारी दिएका छन् ।