News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

गृह मन्त्रालयको विज्ञप्ति विरूद्ध सर्वोच्चमा रिट

'गृह मन्त्रालयको विज्ञप्ति विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारविपरीत'

काठमाडौँ, २३ भदौ । सर्वोच्च अदालतमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिविरूद्ध रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता प्रवेश केसीको रिटमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति नेपालको संविधानले व्यवस्था गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारविपरीत भएको उल्लेख छ ।

रिट निवेदनमा विकास आयोजनाउपर गुण र दोषका आधारमा सचेततापूर्वक विचार निर्माण गर्ने नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख छ । कुनै पनि कुराको समर्थन गर्नुैपर्छ भनेर बाध्य पार्न नपाइने रिटमा छ ।