
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
टेकराज थामी
काठमाडौं, ६ माघ । घरभित्र दन्किएको आगो छलेर ललितपुर महानगरपालिका– १४ कुसुन्तीका ७० वर्षीय खड्कबहादुर लिम्बू श्रीमती सुष्मासहित मुस्किलले बरन्डामा निस्किए । चिच्याएर गुहार मागे । छिनभरमै छरछिमेक घरअगाडि सडकमा जम्मा भए । भिडमा थिए १९ वर्षीय विप्लव अधिकारी पनि । दुई तलामाथिको बरन्डामा उकुसमुकुस भएका ‘हजुरबा–हजुरआमा’को क्रन्दनले विप्लव थामिन सकेन । सरासर घरभित्र छिरे । आगोको मुस्लो छिचोल्दै वृद्धवृद्धालाई जीवितै उद्धार गरे । तर, दुर्भाग्य १ आफू बाँच्न सकेनन् ।
घटना २३ माघ साँझ ८स्३० बजेको हो । प्रत्यक्षदर्शी विप्लवकी काकी धन भण्डारीले भनिन्, ‘हामी सँगै थियौँ । छिमेकबाट गुहार–गुहार भन्दै चिच्याएको आवाज आयो । हामी सबै घरबाट निस्किएर सडकमा पुग्यौँ । माथि आगो दन्किरहेको रहेछ । बाबु मसँगै थियो । ऊ हत्तपत्त घरभित्र छिर्यो । वृद्धवृद्धालाई बाहिर निकाल्यो ।’
विप्लवका बुबा ठाकुर अधिकारी भन्छन्–छोराको मानवता सम्झिएर मन बुझाउँछु

अधिकारी भन्छन्–’छोराको मानवता सम्झिएर मन बुझाउँछु’ :
उद्धारमा लाग्दा छोरा गुम्यो । छोराको मानवता र साहसी काम सम्झिएर आफ्नो मन बुझाउँछु । तर, शोकमा डुबेको परिवारलाई सम्झाउन सकिरहेको छैन । अरूभन्दा पनि श्रीमती र वृद्ध अवस्थाका आमाबुबालाई सम्झाउन समस्या छ ।
वृद्धवृद्धालाई बचाएपछि उनी आगो नियन्त्रण गर्न भन्दै फेरि घरभित्रै छिरे । काकी धनले अगाडि भनिन्, ‘बाबु घरभित्रै हुँदा ठूलो आवाज आयो । ग्यास सिलिन्डर विस्फोट भएको रहेछ । त्यसैबाट निस्किएको आगोले उसलाई भेटेछ ।’
आगोले ढाड, टाउको, पिँडुला र खुट्टामा भेटेपछि विप्लव बेहोस भएर ढलेका थिए । बाहिर निस्किन नसकेपछि उनको शरीरका विभिन्न अंगमा आगो सल्कियो र गम्भीर घाइते भए । ‘बाबु घोप्टो परेर लडेको अवस्थामा थियो । आगोले शरीरको पछाडिपट्टिको भाग बढी जलेको थियो,’ धनले भनिन् । परिवारले उपचारका लागि अस्पताल लगे पनि विप्लवलाई जोगाउन सकेन । घटनाको सात दिनपछि १ फागुनमा उनको देहान्त भयो ।
आगो लागेको सूचना प्रहरीलाई धनले नै दिएकी थिइन् । सूचना पाएको केहीबेरमै प्रहरी घटनास्थल पुगेको थियो । घाइते विप्लवलाई प्रहरीले नै तत्काल गणेशमान अस्पताल पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्निङ अस्पताल लगिएको थियो । त्यहीँ उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार खड्कबहादुरको घरमा ग्यासचुलो लिक भएर आगलागी सुरु भएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले भने, ‘ग्यास लिक भएर आगलागी भएको रहेछ । घरमा दुई वृद्धवृद्धा बस्दै आएका थिए । गुहार मागेपछि विप्लव घरभित्र छिरेछन् । उनले वृद्धवृद्धाको उद्धार गरे । पुनः कोठाभित्र छिर्दा ग्यास सिलिन्डर विस्फोट भयो । आगोको लप्काले उनलाई भेट्यो । सोही कारण उनको मृत्यु भएको देखिन्छ ।’
पुत्र वियोगले विप्लवकी आमा अर्धचेत छिन् । वृद्धवृद्धा हजुरबुबा र हजुरआमाको आँखा ओभाउन सकेको छैन । परिवार शोकमा डुबेको छ । विप्लवका बुबा ठाकुर अधिकारी शोकाकुल परिवारका सदस्यलाई सम्झाउनुपर्ने कठिन मोडमा छन् ।
कुसुन्तीस्थित किरियापुत्री घरमा भेटिएका उनले भने, ‘उद्धारमा लाग्दा छोरा गुम्यो । छोराको मानवता र साहसी काम सम्झिएर आफ्नो मन बुझाउँछु । तर, शोकमा डुबेको परिवारलाई सम्झाउन सकिरहेको छैन । अरूभन्दा पनि श्रीमती र वृद्ध अवस्थाका आमाबुबालाई सम्झाउन समस्या छ ।’
बिएचएम पहिलो वर्षका विद्यार्थी विप्लव सानैदेखि सहयोगी भावनाका थिए । केही वर्षअघि टोलमै रहेको कवाडी कारखानामा पनि आगलागी भएको थियो । त्यतिवेला पनि उनी आगो नियन्त्रणमा अग्रसर भएर खटिएका थिए । त्यतिवेला पनि मजदुरको कुशलतापूर्व उद्धार गरेका थिए । जल्न लागेका सामग्री जोगाएका थिए । त्यो घटना सम्झिँदै ठाकुरले भने, ‘छोरा सहयोगी भवनाको थियो । यसअघि पनि टोलको कवाडी कारखानामा आगलागी भएको कताबाट थाहा पाएछ, उद्धार गर्न गयो । धेरै धनमाल जल्नबाट जोगियो । त्यतिवेला जोगिएको छोरो अहिले बाँच्न सकेन ।’
यसअघि पनि आगलागीबाट जोगाएका थिए मजदुर
बिएचएम पहिलो वर्षका विद्यार्थी विप्लव सानैदेखि सहयोगी भावनाका थिए । केही वर्षअघि टोलमै रहेको कवाडी कारखानामा पनि आगलागी भएको थियो । त्यतिवेला पनि उनी आगो नियन्त्रणमा अग्रसर भएर खटिएका थिए । त्यतिवेला पनि मजदुरको कुशलतापूर्वक उद्धार गरेका थिए । जल्न लागेका सामग्री जोगाएका थिए । -नयाँ पत्रिका
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई