
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
शेरबहादुर सिंह
महेन्द्रनगर, १४ भदौ । विसं २०६२/०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालीन सरकारले अघि सा¥यो ।
भारतसँग सिमाना जोडिएको दोधारा चाँदनीमा मुलुककै आर्थिक विकासमा टेवा पुग्ने आयोजना बन्ने खबरले हर्षित सुदूरपश्चिमवासीको यो चाहना भने दशक नाघिसक्दा पनि सुरुआत हुने तरखर छैन । सुरुमा दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा स्थापना गर्ने योजनासहित काम अघि बढे पनि त्यहाँ स्थानीयले विस्थापित हुने डर र उनीहरुको अवरोधका कारण प्रभावित बन्यो ।
केन्द्रबाट आउने अनुगमन र उच्चस्तरका पदाधिकारीले समेत सम्झाउन नसकेपछि आयोजना निर्माणस्थल दोधारा चाँदनीकै मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा प्रस्ताव गरिएको छ । “सुख्खा बन्दरगाह बन्ने भनेपछि यहाँ जग्गाको मूल्य छोइनसक्नुभयो, स्थानीयले पनि सुखद् दिन आउने अनुभूति गरे तर आयोजनाको काम भने फिल्डमा देखिएन ।” दोधारा चाँदनीका स्थानीय प्रेमबहादुर भट्टले भन्नुभयो, “सुख्खा बन्दरगाह बनाउन अब बहानाबाजी बनाएर ढिलाइ गर्नहुन्न् ।” उहाँले सुख्खा बन्दरगाहको निर्माणले दोधारा चाँदनीको मुहार फेरिने बताउनुभयो ।
यहाँ स्थापना हुने सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकीको गुरुयोजनासमेत बनिसकेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले दोधारा चाँदनी सुख्खा बन्दरगाहको काम अघि बढिरहेको जानकारी दिनुभयो । उहाँलले बन्दरगाहको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) का लागि परामर्शदाता छनोट गरिसकेको जानकारीदिनुभयो ।
“हामीले इआइएका लागि परामदर्श दाता छनोट गरेर सम्झौताको चरणमा छौँ ।” उहाँले भन्नुभयो, “साथै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि पनि पदामर्शदाता छनोटको काम अगाडि बढेको छ ।” उहाँले उक्त बन्दरगाहको डिपिआर बनाउन छ महिनादेखि नौ महिनासम्म लाग्ने बताउनुभयो । तीन वर्ष दश महिनाभित्र बन्दरगाह बनाउन लक्ष्य रहेको इन्टरमोडल यातायात विकास समितिको भनाइ छ ।
दुई सय ७८ बिघा क्षेत्रफलमा बन्ने बन्दरगाह निर्माणका लागि रु सात अर्ब लागत अनुमान गरिएको कार्यकारी निर्देशक गजुरेलले जानकारीदिनुभयो । सुख्खा बन्दरगा हबभित्र कष्टम, एडमनि ब्लक, वेट ब्रजि, बैंक कष्टम, ल्याब, वायर हाउस, ट्रक पार्किङ, वाटर ट्र्याक एरिया, डिष्पोजल एरिया, प्रहरी फोर्स, क्वारेन्टाइन ब्लक, रेल्वे प्लाटफम, रेलवे वायर हाउस र कन्टेर यार्डलगायतका संरचना बन्नेछन् ।
बन्दरगाहका रेलमार्ग भने दोस्रो चरणमा तयार गर्ने योजना रहेको छ । बन्दरगाह प्रस्तावस्थल वरपर भने जग्गाको किनबेच निकै बढेको छ । “कुनै बेला लाख रुपैयाँ कट्ठा बेच्न खोेज्दा पनि यहाँ ग्राहक पाउन मुस्किल हुन्थ्यो ।” दोधारा चाँदनी नगरपालिका–१ का विस्ने सुनारले भन्नुभयो, “अहिले त प्रतिकट्ठा रु ८० लाखसम्म पनि किनबेच गाउँमा भएको छ ।”
उहाँले पनि सुदूरपश्चिमको प्रमुख व्यापारिक नाकाका रुपमा हेरिएको क्षेत्रमा बन्दरगाह बने समृद्धिको सपना साकार हुने बताउनुभयो । “सुख्खा बन्दरगाह पछि आएको महाकाली नदीको चार लेन सकिने बेला भइसक्यो ।” उहाँले भन्नुभयो, “विसं २०६४ तिर बनाउने भनेको सुख्खा बन्दरगाह खै कहाँ पुग्यो ? ”
त्यसैगरी यहाँको बेदकोट नगरपालिकामा बन्ने अर्को सुदूरपश्चिमकै ठूलो आयोजना हो, दैजी छेला औद्योगिक क्षेत्र । झण्डै २५ वर्षअघि बेदकोट –२ मा बनाउने भनेको औद्योगिक क्षेत्रको कामको गति पनि सुस्त नै छ । गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रको काम भने अझै सन्तोषजनकरुपमा अघि बढेको छैन् ।
“दुई वर्षभित्र स्थापना गर्ने औद्योगिक क्षेत्र बनाउने भनेको २५ वर्ष भइसक्यो ।” बेदकोटका स्थानीय रघुवीर पन्तले भन्नुभयो, “यहाँ ठूला विकास गर्ने र मुहार फेर्ने विषयमा गफ बढी भए ।” औद्योगिक क्षेत्र स्थापनास्थलमा रुख छपानको काम थालिए पनि त्यो कोरोना कहरले प्रभावित बन्यो । हाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेट क्षेत्रीय कार्यालय नेपालगञ्जले उक्त कामको रेखदेख गरिरहेको छ । सो क्षेत्रको ३०० बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना हुनेछ ।
बेदकोट–२ का वडाध्यक्ष एवं प्रवक्ता नरेशबहादुर सिंहले औद्योगिक क्षेत्रको काम प्रभावकारी नभएको बताउनुभयो । “शिलान्यासपछि रुख छपानको काम केही समय भयो ।” उहाँले भन्नुभयो, “अझै ५० प्रतिशत रुख छपान बाँकी नै छ ।” औद्योगिक क्षेत्र स्थापना गर्ने योजना विसं २०५१ मा सुरु भएको थियो । रासस