News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

अमृत पोख्रेलको अध्यक्षतामा पोखरा इलेक्ट्रिक क्लबको नयाँ कार्य समिति चयन

पोखरा, २७ कार्तिक । पोखरा इलेक्ट्रिक क्लबको अध्यक्षमा अमृत पोख्रेल निर्वाचित भएका छन् । क्लबको २५ औं साधारण सभा तथा आठौं अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो ।

सचिवबाट अध्यक्ष बनेका पोख्रेलको कार्यसमितिको उपाध्यक्षमा यमप्रसाद भट्टराई, सचिव कृष्णप्रसाद अधिकारी, सहसचिवमा प्रकाशकुमार कटुवाल र कोषाध्यक्षमा माधव आचार्य रहेका छन् । सदस्यमा दोलराज लम्साल, दानबहादुर श्रेष्ठ, नवीन हमाल र विनोद लिगल छन् । पोख्रेल यसअघि क्लबको सचिव थिए ।

उद्घाटन सत्रका प्रमुख अतिथि नेपाल विद्युत व्यवसायी महासंघका केन्द्रीय सदस्य केशवराज ढकाल, पोखरा इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष नारायण सुवेदी र पोखरा इलेक्ट्रिक एसोसिएसनका तृतीय उपाध्यक्ष नीलबहादुर भुजेल लगायतले क्लबको नेतृत्व सम्हाल्ने नयाँ कार्य समितिलाई सफल कार्यकालको अग्रिम शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष पोख्रेलले संस्थाले रजतजयन्ती मनाई रहँदा र आफूले क्लबको नेतृत्व पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले इलेक्ट्रिक व्यवसायीको हकहितका लागि आफू नेतृत्वको कार्यसमिति लागिपर्ने प्रतिवद्धता जनाए ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा भएकोे कार्यक्रमको सञ्चालन सचिव अमृत पोख्रेलले र स्वागत मन्तव्य उपाध्यक्ष दीपक बास्तोलाले गरेका थिए । साथै क्लबको उद्देश्य र भएका गतिविधिहरुका बारेमा सहसचिव प्रकाशकुमार कटुवालले जानकारी गराएका थिए । ‘दक्ष जनशक्ति आजको आवश्यकता, गुणस्तरीय सेवा हाम्रो प्रतिवद्धता’ भन्ने उद्घोषका साथ २०५६ सालमा क्लबको स्थापना गरिएको थियो ।