News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

रुपा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

रुपागाउँपालिका, ३ भदौं । कास्कीको रुपा गाउँपालिकामा शनिवार साँझ सडकबाट करिब ८०/९० मिटर तल मोटरसाइकल आफैं खस्दा दुई युवाको ज्यान गएको छ । रुपा गाउँपालिका वडा नं. ६ निगालझाँप्रास्थित भित्रीसडकबाट प्रदेश नं. ३–०२–००९ प ५२०५ नम्बरको मोटरसाईकल तल्लो बाटोमा खसेको थियो ।

दुर्घटनामा लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

दुर्घटनालगत्तै घाइतेलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याइएको थियो ।

अस्पताल पु¥याउने वित्तिकैं चिकित्सकले चेकजाँचका क्रममा दुवै जनाको घटनास्थलमा नैं मृत्यु भईसकेको जानकारी दिदैं मृत घोषणा गरेका थिए ।