News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

लागूऔषध गाँजासहित पावरहाउसबाट राजन विक पक्राउ

पोखरा, ६ असोज । राजन विकलाई लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । पोखरा–२१, कृस्ती घर भई हाल वडा नं. १५ फुलबारी गैह्रगाउँ बस्ने विकको साथबाट प्रहरीले दुईकेजी एकसय ७० ग्राम गाँजा बरामद गरेको थियो ।

पावरहाउसस्थित ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा विकलाई पक्राउ गरेको हो । कास्की जिल्ला अदालतबाट विकलाई लागूऔषध सम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।