News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय अन्तर्वार्ता अर्थ-बिजनेश कला/साहित्य क्राईम–न्यूज खेलकुद जन आवाज जीवन शैली ज्योतिष-विज्ञान डन न्यूज खोज धर्म-सस्कृति पर्यटन प्रमुख समाचार प्रवास फोटो फिचर भिडियो मनोरञ्जन यात्रा संस्मरण राजनीति विचार विज्ञान-प्रविधी विविध समाचार सम्पादकीय सुदुर पश्चिम स्वास्थ्य

सम्धीलाई राष्ट्रिय वाणिज्य बैंकको नियुक्ति दिइएकोबारे रक्षामन्त्री ईश्वर पोखरेलको भनाई

काठमाडाैं । रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय वाणिज्य बैंकमा आफ्ना सम्धीलाई नियुक्ति गरेको भनी आएका सूचनाहरूको खण्डन गरेका छन्। उनले सो सम्बन्धी भएको निर्णयको बचाउसमेत गरेका छन्।

सोमबार अर्थमन्त्री युवराज खतिवडाले पोखरेलका सम्धी प्रा.डा. उपेन्द्र कोइरालालाई वाणिज्य बैंकको सञ्चालक सदस्य नियुक्त गरेका थिए। पोखरेलका सम्धीले बारम्बार सरकारी नियुक्ति पाउने गरेको भन्दै सञ्चारमाध्यमले सम्प्रेषण गरिरहेका छन्।

‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा म सितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कानुनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन,’ उनले बुधबार विज्ञप्ति जारी गरी भनेका छन्। पोखरेलले सरकारले गरेका काम विधिसम्मत, पारदर्शीतासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएको भन्दै नियुक्तिको बचाउ गरेका छन्।

‘कहीँकतै पनि मेरो अवाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु। यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु,’ पोखरेलले भनेका छन्, ‘ मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका/ गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु।’

यता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा ‘फेक अकाउन्ट’ खोलेर सामाजिक सञ्जालमा गलत सूचना दिइएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् घिसिङले आफूले एउटा मात्रै सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको र त्यसबाहेक अन्य आधिकारिक अकाउन्ट नभएको स्पष्ट पारेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘मेरो फेक अकाउन्ट खोली विभिन्न समाचारहरु सम्प्रेषण भएकाले मेरो योबाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउदछु,‘ मंगलाबार उनको विषयलाई लिएर सामाजिक सञ्जालहरुमा गलत सूचना भाइरल भएको थियो ।

मंगलबार कुलमान घिसिङ नामको फेक ट्वीटर ह्याण्डलबाट आफुलाई मन्त्रिपरिषदको बैठकले पुनः विद्धुत प्राधिकरणको प्रमुख बनाएको भन्दै ट्वीट गरिएको थियो । उक्त ट्वीटपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले कुलामान पुनः प्राधिकरण प्रमुख बनेको भन्दै बधाई दिएका थिए भने केहि अनलाइनहरुले समाचार नै सम्प्रेषण गरेका थिए ।

त्यस्ता भ्रमाक समाचार बाहिरिएपछि ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् ।

विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताए । कुलमानलाई पुनः प्राधिकरणमा निरन्तरता दिने निर्णय गर्नुभएको हो भन्ने रातोपाटीमा प्रश्नमा उनले भने, ‘कुनै निर्णय भएको छैन ।’

मंगलबार मन्त्रीपरिषद बैठक सुरु भएलगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले कुलमानलाई पुन: प्राधिकरण प्रमुखमा नियुक्त गरिसेको भन्दै व्यापक हल्ला चलेका थिए । उक्त हल्लापछि उर्जा मन्त्रालयले मुख खोलेको हो ।

तर प्राधिकरणको प्रमुखमा पुनः कुलमान घिसिङ नै नियुक्त हुने लगभग पक्कापक्कीजस्तै भएको स्रोत बताउछ । ४ वर्ष घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको भन्दै कुलमानलाई दोहोर्याउनुपर्ने ब्यापक माग जनस्तरमा उठेको छ । यस बिषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका २ अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि छलफल भएको बुझिएको छ ।

उक्त छलफलका क्रममा कुलमानलाई नै प्राधिकरणमा दोहोर्याउने बिषयमा ओली सहमत भएको स्रोतले बतायो । प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको भन्दै जनस्तरमा व्यापक अभियान चलेको र अहिले जनमतको बिरुद्धमा गए सरकार झनै नागिँने भन्दै प्रचण्डले ओलीलाई सुझाएका छन् ।

भदौ २९ गतेदेखि उनको ४ वर्षे कार्यकाल सकिन लागेको हो । तात्कालिन उर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको एघारौँ तहका कर्मचारीको रुपमा कार्यरत घिसिङलाई २०७३ साल भदौ २९ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरषद्को बैठकबाट निर्णय गराएर प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा ल्याएका थिए । उनले भदौ ३० गते पदभार ग्रहण गरेका थिए ।

कार्यकाल सकिन लागेपछि प्राधिकरणमा अर्को कार्यकालमा निरन्तरता दिनुपर्छ भन्ने माग एकातिर हुँदा उनलाई फेरि सोही पदमा दोहोरिन नदिन चौतर्फी रुपमा चलखेल पनि जारी छ। कुलमानलाई नदोहोर्याउन र सो ठाउँमा आफू अनुकुलका व्यक्तिलाई ल्याउन यतिबेला उच्च राजनीतिक तहमा सक्रियता बढ्न थालेको छ ।

कुलमानलाई वर्षौंदेखिको लोडसेडिङलाई चामत्कारिक रुपमा ६ महिनाभित्रै अन्त्य गरेको जस जान्छ । लोडसेडिङ अन्त्यसँगै वर्षौंको घाटालाई अन्त्य गरेर प्राधिकरणलाई नाफामा लैजान र वर्षौंदेखिको सिञ्चित घाटालाई कम गर्दै जान सफल भएको जस पनि जान्छ सोही कारण अर्को कार्यकालमा पनि उनलाई प्राधिकरणमा निरन्तरता दिनुपर्ने जनमत बलियो छ ।

प्रतिक्रिया