News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय अन्तर्वार्ता अर्थ-बिजनेश कला/साहित्य क्राईम–न्यूज खेलकुद जन आवाज जीवन शैली ज्योतिष-विज्ञान डन न्यूज खोज धर्म-सस्कृति पर्यटन प्रमुख समाचार प्रवास फोटो फिचर भिडियो मनोरञ्जन यात्रा संस्मरण राजनीति विचार विज्ञान-प्रविधी विविध समाचार सम्पादकीय सुदुर पश्चिम स्वास्थ्य

काठमाडौं उपत्यका आज एकै दिन ३०१ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३० , ललितपुरमा ४७ र भक्तपुरमा २४ जना गरी जम्मा ३०१ जना संक्रमित थपिएका छन् । यअसघि मंगलबार काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना गरी जम्मा २३२ जना संक्रमित थपिएका थिए ।

यसैबीच काठमाडौंमा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आज रातिबाट लागू हुनेगरी निषेधाज्ञा थप एक हप्ता बढाउने निर्णय गरेका छन् ।

यसैबीच उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन गरेपछि तीनै जिल्लाका प्रजिअको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको बारे सूचना सार्वजनिक गरेका छन् ।

मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला सुरक्षा समिति, डिसीसीएमसी र स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुबीच छलफल भएको थियो । छलफलकै क्रममा तीन जिल्लाकै डीसीसीएमसीको संयुक्त बैठकले निषेधाज्ञा बढाउन प्रजिअहरुलाई सिफारिस गरेको थियो । यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिँदै छ ।

काठमाडौंका उपत्यकामा कोरोना संक्रमण तीव्र बन्दै गएपछि निषेधाज्ञा जारी गरिएको थियो । मंगलबार मात्रै काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको थियो । मंगलबार काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मंगलबार साँझसम्म काठमाडौंमा २ हजार ९ सय ५५, ललितपुरमा ४ सय ६३ र भक्तपुरमा तीन सय जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ